नेपालका प्रथम राष्ट्रपति डा. यादव द्वारा प्रेस स्वतन्त्रता सेनानी नेपाली पत्नि प्रति श्रद्धांजलि
जनकपुरधाम, पुस २ गते । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव ले प्रेस स्वतंत्रता सेनानी, वरिष्ठ पत्रकार, जनकपुर वौधिक समाजका अध्यक्ष तथा मुर्धन्य व्यक्तृत्व श्री राजेश्वर नेपाली को पत्नि र दैनिक विश्व जागरणका सम्पादक राघवेंद्र साह आमा प्रति आज श्रद्धांजति व्यक्त गरेका छन ।
पूर्व राष्ट्रपति डा. यादव आज वरिष्ठ पत्रकार श्री नेपाली को पुर्खाैली घर जनकपुरधाम उपमहानगरपालिका २३ बेला गाउँमा पुगेर प्रजातन्त्रका सच्चा सिपाही श्री नेपाली का पत्नी प्रति श्रद्धांजलि व्यक्त गरेका छन ।
वरिष्ट पत्रकार श्री नेपाली र जनकपुर धामबाट प्रकाशित दैनिक विश्व जागरणका सम्पादक राघवेन्द्र साह को आमा सरस्वती देवी भाद्र ३१ गते निधन भएको थियो ।
पूर्व राष्ट्रपति डा. यादव सो वेला काठमाण्डौमै रहनु भएको थियो । यता, आफ्नो कर्मभूमि जनकपुरधाम आउँदा वरिष्ट पत्रकार श्री नेपाली को घरमै पुगेर एक प्रजातन्त्रका योद्धा पत्नि साह प्रति श्रद्धासुमन व्यक्त गर्दै सम्वेदना प्रकट गर्नु भएको छ ।
पूर्व राष्ट्रपति यादवले जनकपुरका दुई बरिष्ट पत्रकार कमशः कमल साह को काकी र श्री नारायण साह का सासु माँ समेत रहनु भएकी ७० वर्षिय सरस्वती देवी को मृत्यु वारेमा जिज्ञासा गर्नुभयो । उहांले दिवंगत आत्मा को चिर शान्ति मिलोस भनि कामना पनि गर्नुभयो ।
डा.यादव ले सो अवसरमा चुरेको संरक्षण नभए आउँदो ३० वर्षमा तराई क्षेत्र बन्झर हुने संकेत दिनुभयो । उहाँले चुरेमा हुँदै आएको विनासले नै अन्नको भण्डार मानिदै आएको तराई क्षेत्रमा पानीको अभाव सृजना हुने विचार व्यक्त गर्नुभयो ।
त्यस्तै महामारी कोरोनाको वारेमा पनि चर्चा गर्नुभयो । पूर्व राष्ट्रपति यादवले कोरोनाको कहर देश विदेश सबै ठाउँमा जारी रहेको बताउँदै यो भाइरस चिनी,प्रेसर,मृगौला लगायतका विरामी तथा वृद्धको लागि काल भई प्रस्तु हुँदै आएको ले सचेत रहन सबैलाई आग्रह गर्नुभयो ।
कमेन्ट गर्नुहोस्
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
1 दिन पहिले
रमौलवाली रीना यादवको योगदानले मैथिली संस्कृतिमा नयाँ ऊ..
भागचरण यादब, जनकपुरधाम, जनकपुरधाम, कार्तिक १५ गते । रमौलवाली रीना यादव, जो बीस वर्षदेखि मैथिली कला र संस्कृतिसँग ..
3 दिन पहिले
जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..
कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..
4 महीना पहिले
नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..
4 महीना पहिले
गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..
कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..
4 महीना पहिले
संवाददाता
