जनकपुरधामको मेयर पदका लागि प्रथम निर्दलिय उम्मेदवार बलराम महतो

कमल साह
जनकपुरधाम,चैत्र २७ गते । जनकपुरधामको मेयर पदका लागि प्रथम निर्दलिय उम्मेदवार बलराम महतो बन्नुभएको छ ।
स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उप–महानगरपालिकाको मेयर पदका लागि शनिवार पत्रकार सम्मेलन गरेर उहाँले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । रमण कन्स्ट्रक्सनका संचालक रहनु भएको बलराम महतो ले आफ्नो सम्पूर्ण कारोबार उत्तराधिकारीलाई सुम्पिदै आफु आफ्नो माटो पानीको सेवा गर्नको लागि स्वतन्त्र उम्मेदवारी दिन लागेको घोषणा उहाँले गर्नुभयो ।
उहाँले आफुलाई पार्टीहरुबाट अफर आएको बताउँदै तर, आफु पार्टीको नेता हैन स्थानीय विकासमा समर्पित जन सेवक बनन् चाहेको मेयर पदका लागी स्वतन्त्र उम्मेदवारी घोषणा गरेको छु थप्नुभयो ।
जनकपुरधामको समुचित विकासका लागि आफूले कन्स्ट्रक्सनको काम नयाँ पुस्तालाई हस्तान्तरण गरेर जनकपुरधामको मेयर पदकालागी स्वतन्त्र उम्मेदवारी घोषणा गरेको बताउँदै म(महतो)लाई मेयर पदमा चुनौ भने मुल नाराका साथ मिडिया मार्फत जनसमक्ष उपस्थित भएर अह्वान गर्दछु महतो ले थप्नुभयो ।
पत्रकार सम्मेलनमा बोल्दै महत्तोले, कुनै पनि दलमा लागेपछि समाजसेवा गर्न सक्ने अवस्था नदेखेपछि आफूले स्वतन्त्रबाटै चुनाव लड्ने मनसाय बनाएको संचारकर्मी समक्ष बताउनु भयो ।
उहाँले अब आफ्नै नगरलाई सफा, सुन्दर र आकर्षक बनाउने अभिप्रायले स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभयो ।
उनि यो भन्दा अघि शुक्रबार यहाँका प्रशिद्ध मन्दिरहरु मध्ये एक राजदेवी मन्दिर पुगेर माताबाट अर्शिवाद समेत प्राप्त गर्नुभएको छ ।
कमेन्ट गर्नुहोस्

जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..
कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..
8 दिन पहिले
नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..
8 दिन पहिले
गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..
कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..
19 दिन पहिले
जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..
मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..
20 दिन पहिले
नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..
मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..
20 दिन पहिले
संवाददाता
संवाददाता

