+977 9854027065 | akulpdsah@gmail.com

जनकपुरधाम निर्माणका लागि मेयर पदमा जानकीरामको उम्मेदवारी घोषणा

3 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1250 Views

निरंजन साह, जनकपुरधाम
जनकपुरधाम, बैशाख २ गते । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा जनप्रतिनिधिको रुपमा आफूलाई अघि सार्दै आफ्नो नाम घोषणा गर्न थालेका छन् । राजनीतिक तथा प्रशासनिक मुख्य केन्द्रविन्दु मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि औपचारिकरुपमा जनकपुरधाम वडा नम्बर ७ का वडाअध्यक्ष जानकीराम साहले बिहीबार आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
साहले भने,आम जनकपुरधामवासीको साथ, समर्थन र सहयोग प्राप्त भए आफूले आगामी पाँच वर्षमा आमूल परिवर्तन गर्ने गरेको साहले बताए ।
जनकपुरधाममा बिहीबार निर्वाचनका लागि एकैपटक पाँच ठाउँमा सम्पर्क कार्यालयको उद्घाटन गर्दै साहले मेयर पदमा आफ्नो उम्मेदवारी रहने घोषणा गर्दै समग्र विकासका लागि आफ्नो उम्मेदवारी रहेको जानकारी गराए।
जनकपुरधाम मधेस प्रदेशको राजधानी भइसकेपनि यहाँको विकास र परिवर्तनले गति लिन नसक्नुमा नेतृत्वपंक्तिको ठूलो गल्ती रहको आरोप समेत लगाएका छन् ।
नयाँ जोश, नयाँ सोच, नयाँ परिवर्तन र नयाँ जनकपुरधाम निर्माणका लागि मेयर पदमा आफ्नो दावेदारी रहेको साहले बताए ।
विगत पाँच वर्षमा जनकपुरधामले खासै कुनै प्रगति गर्न नसकेको बताउँदै शिक्षा, स्वास्थ्य, भौतिक निर्माणलगायत अधिकांश क्षेत्रको अवस्था अझै पनि जर्जर रहेको बताए ।
साहले नयाँ जनकपुरधाम बनाउनका लागि युवाको नेतृत्व आवश्यक रहेकोले आफूलाई यसपालि सहयोग गर्न सबैसँग आग्रह समेत गरे ।
समग्र विकासका लागि सबभन्दा पहिले पवित्र मन, दृढ संकल्प, अर्जुन दृष्टि र व्यवहारमा कार्यान्वयन गर्न इच्छाशक्ति अत्यन्त आवश्यक रहेकोे जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..

कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..

8 दिन पहिले

नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न

सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..

8 दिन पहिले

गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..

कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..

19 दिन पहिले

जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..

मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..

20 दिन पहिले

नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..

मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..

20 दिन पहिले