मानव सेवा आश्रमलाई हरिवन नगरपालीकाका प्रमुख द्धारा सहयोग
सन्जु कर्ण, सर्लाही
सर्लाही, माघ ३ गते । हरिवनमा रहेको मानव सेवा आश्रमलाई हरिवन नगरपालीकाका प्रमुख द्धारा सहयोग हस्तान्तरण गरिएको छ ।
आश्रमको लागी प्रत्येक दिन १० रुपैया सहयोग अभियान अन्तरगत एक बर्षको ३ हजार ६ सय ५० हुन्छ त्यसमा ३ सय ५० थपेर रु.४ हजार हरिवन नगरपालीकाका प्रमुख गणेश प्रसाईले आश्रमका अध्यक्ष धर्म प्रसाद पौडेल (संतोष) लाई हस्तान्तरण गर्नु भएको हो ।
यसैबिच हरिवन १० मा रहेको सम्पुर्ण देबि बचत तथा ऋण सहकारी संस्था लि.ले १५ हजार ५ सय सहयोग गरेको छ । प्रमुख अतिथी हरिवन नगरपालीकाका प्रमुख गणेश प्रसाई वडा नं.९ का अध्यक्ष सिताराम पोखरेल, १० का अध्यक्ष शम्भु मैनाली, ११ का अध्यक्ष शेष मेहबुब रेजा, हरिवन उद्योग बाणिज्य संघका अध्यक्ष मोहन लाल श्रेष्ठ, ब्यबसायी नवराज घिमिरे लगायतको आतित्यथामा सम्पुर्ण देबिका अध्यक्ष उद्यव उप्रेती उपाध्यक्ष गंगा भण्डारी, कोषध्यक्ष बिजय भट्टराई, ऋण संयोजक ज्ञानु सुबेदि, सल्लाहकार सदस्य उमेश खरेल, सदस्य सम्झना थापा, प्रबन्धक ज्ञान प्रसाद कोईराला लगायतको उपस्थितीमा सहयोग हस्तान्तरण गरिएको हो ।
आश्रमका अध्यक्ष पौडेलले यसैगरी अरु सहयोग जुट्ने अपेक्षा सहित सहयोगी हातहरु लाई धन्यबाद ज्ञापन गर्नु भएको छ ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
2 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
5 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
19 दिन पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
2 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
2 महीना पहिले
संवाददाता
