+977 9854027065 | akulpdsah@gmail.com

सर्लाहीको मलङ्गवा मा “प्रबुद्ध नागरिक गोष्ठी तथा साहित्य परिचय कार्यक्रम“ सम्पन्न

2 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

796 Views

राजाराम दास,
काठमाण्डौ, बैशाख ११ गते । हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान द्वारा सर्लाहीको मलङ्गवा मा “प्रबुद्ध नागरिक गोष्ठी तथा साहित्य परिचय कार्यक्रम“ सम्पन्न भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानन्यायाधीश गोपाल पराजुली ले जनतालाई झुक्याएर षड्यन्त्र पुर्वक लेखिएको धर्म निरपेक्षता लाई संविधान संशोधन गरेर हिन्दू राष्ट्र लेखिनुपर्ने माग गर्नु भएको छ। जनगणना मार्फत हिन्दूलाई ११ ठाउमा विभक्त गरेर ५०% भन्दा कम देखाउन सकेमा हिन्दू राष्ट्र को मुद्दालाई समाप्त पार्न कालागि ठूलो षड्यन्त्र भैरहेको आरोप लगाउदै पूर्व प्रधानन्यायाधीश ले विश्वको उत्कृष्ट धर्म र राष्ट्र को संरक्षण गर्न आह्वान समेत गर्नु भएको थियो ।
अभियानको केन्द्रीय सदस्य तथा नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक कल्याण तिम्सिना ले हिन्दू राष्ट्र को माग राजनीतिक नभई सास्कृतिक रहेको बताउनु भएको छ। नेपालको धर्म, संस्कृति, परम्परा, जनसङ्ख्या, भाषा र भेषभुषा इत्यादि सबै सिध्याउन कालागि षड्यन्त्र भइरहेको चर्चा गर्दै उन्ले धर्म निरपेक्षता को विषयमा जनमत सङ्ग्रह स्वीकार्य नहुने बताएर जसरी हिन्दू राष्ट्र हटाइयो त्यसैगरी पुनर्स्थापित हुनुपर्ने माग गर्नु भयो ।
कार्यक्रम संयोजक तथा पूर्व मन्त्री रामचन्द्र राय ले हिन्दू राष्ट्र को पहिचान बेच्ने हरूलाई गद्दारको संज्ञा दिदै अहिले देश तिनकै हातमा रहेको भनेर आक्रोश व्यक्त गर्नु भएको थियो। धर्मान्तरण नै राष्ट्रान्तरण हुने तर्फ सचेत हुन आग्रह गर्दै उन्ले सो कार्यक्रमबाट देश र धर्म रक्षाको लागि जागृत हुनुको विकल्प नरहेको जिकिर गरेका थिए ।
राष्ट्रिय मधेसी आयोग की सदस्य आभा सेतु सिंह ले मन्तव्य दिने क्रममा संविधानबाट धर्म निरपेक्षता हटाउन सफल हुने शुभकामना व्यक्त गर्नु भएको थियो। सह–संयोजक राम स्वरूप राय यादव रहेको उक्त कार्यक्रम मा स्वागत मन्तव्य डा पुरुषोत्तम झा द्वारा प्रस्तुत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

कविता : स्वार्थ व्यवहार

       कविता स्वार्थ व्यवहार लेखक ः मनोज पण्डितबिदेह न.पा. ७,वेलापटटी, धनुषा     सोचु सोचु बाबु भैया बरहु अ..

5 दिन पहिले

कविता : नववर्षको शुभकामना

      कविता नववर्षको शुभकामना   लेखक ः मनोज पण्डितबिदेह न.पा. ७,वेलापटटी, धनुषा     रहौ खुशी रहौं हर्ष ।आनन..

6 दिन पहिले

जनकपुरमा चैते छठ लगायत तीन पर्वको चहलपहल

कमल साह जनकपुरधाम,वैशाख १ गते । प्राचिन मिथिलाको राजधानी तथा मधेश प्रदेशको राजधानी जनकपुरधाममा अचेल चैते छठ लगाय..

6 दिन पहिले

बेलाकुटीको त्रिचालिसवटा कित्ता जग्गा अतिक्रमण भएको वडा..

कमल साह जनकपुरधाम,वैशाख १ गते । रामजानकी दुलहा भगवान बेलाकुटीको ४३ कित्ता जमिन अतिक्रमण भएको तथ्याँक चैत्र २८ गत..

6 दिन पहिले

छुरा प्रहार गरि प्रीन्स महासेठको हत्या

निरंजन साह, जनकपुरधामजनकपुरधाम, चैत्र २६ गते । जनकपुरमा छुरा प्रहार गरि एक युवकको हत्या भएको छ । सोमबार दिउँसो जन..

11 दिन पहिले