+977 9854027065 | akulpdsah@gmail.com

जनकपुरधाममा त्रिपक्षीय प्रतिस्पर्धा गठबन्धनका उम्मेदवार धेरै पछाडी

2 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

690 Views

कमल साह
जनकपुरधाम, वैशाख २७ गते । आसन्न स्थानीय तहको निर्वाचन हुने अब ३ दिन बाँकी छ । आज मध्यराती देखि मौन अबधी आरम्भ हुँदैछ । इलेक्ट्रोनिक प्रविधिबाट भईरहेको चुनावी प्रचार प्रसार पनि आजबाट समाप्त हुँदैछ ।
पाँचदलीय गठबन्धन एकातर्फ उभिएको र अर्का तर्फ एमाले पार्टी सिंग खडा भएको चुनावी मैदानको परिणम मतदानभएको एक या दुई दिन पछि आउने छन । त्यसले दुधको दुध र पानी पानी नै हुनेछन । तर, बजारमा चलिरहेको चर्चा परिचर्चामा जनकपुरधाम उपमहानगरपालिका माथि केन्द्रि हुँदै छ । मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकामा मेयर पदमा उम्मेदवारी दिनेहरुमा त्रिपक्षीय त्रीपक्षिय प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ । भने पाँचदलीय गठबन्धनको उम्मेदवार त्यो रेशमा खडा उत्रन सकिरहेको छैन् । गठबन्धनले जनभावनालाई कदर गर्न नसकेर सिधै लादने कार्य जनतामाथि गरेको हुनाले जनता सिधै अस्विकार गरिरहेको पाईन्छ । मधेश प्रदेशको राजधानी जनकपुरमा यदी गठबन्धनको उम्मेदवार यदी हारियो भेन त्यो पार्टी जनता समक्ष कसरी खडा हुने हो त्यो उनिहरुको चासोको विषय भएको हो ।
जनकपुरधाम उप–महानगरको पछिल्ला इतिहास हेर्दा यहाँबाट प्रायः स्वतन्त्र उम्मेदवारनै जितेको छ । र आजको दिनमा पनि जनकपुरधाम उपमहानगरमा स्वतन्त्र उम्मेदवारहरुको पलड़ा भारी देखिएको छ । एकजना स्वतन्त्र उम्मेदवार बलराम महतो ,अर्का स्वतन्त्र उम्मेदवार मनोज साह र नेकपा एमालेका उम्मेदवार शिवशंकर साह (हिरा) बीच कडा प्रतिस्पर्धा हुने आँकलन यहाँका चिया पसलदेखि चौक चौराहामा भईरहेको देखिन्छ ।
निर्माण व्यावसायी आफ्नो छोरालाई सम्झाउँदै समाजसेवामा लाग्नु भएका बलराम महतो एकाएक राजनितिमा आएपछि र उनको भौतिक पूर्वाधारको कार्यक्षमतालाई लिएर जनकपुरधामवासीमा उनी प्रति आकर्षण देखिन्छन । उनको घरदैलो कार्यक्रमदेखि शक्ति प्रदर्शनमा समेत आम नागरिकको व्यापक सहभागिता ले सहजै अनुमान लगाउन सकिन्छ ।
महतो लामो समय देखि भौतिक पूर्वाधारको क्षेत्रमा धरहरा जस्तो गौरवको पूर्वाधार निर्माणपछि देशभरी उनलाई चिनाएको छ । उनि जनकपुरधामको धार्मिक, प्राकृतिक तथा सांस्कृति सम्पदाको महत्व जोगाउन समेत अग्रणी भुमिका निर्वाह को गरिरहेको प्रयासलाई जनकपुरधामवासीले यस पटक निर्वाचनमा मत दिएर जिताउने सम्भावना प्रबल देखिन्छन । बलराम महतो राजनीति भन्दा पृथक मानिस हुनुहुन्छ, उहाँमा जनकपुर बनाउने दृढ संकल्प देखिएको ले जनता उहाँको समर्थनमा आइरहेका छन ।
अर्का उम्म्ेदवार एमालेबाट शिवशंकर साह हिराको जीत्ने सम्भावनालाई नकार्न सकिदैन । जनकपुर उद्योग वाणिज्य संघ, मधेश प्रदेश वाणिज्य महासंघमा आफ्नो कुशल नेतृत्व देखाई सकेका हिरासंग जनकपुरधामको व्यापारीहरुका साथै उनको व्यक्तिगत छविका कारण जनकपुरधामको स्थानीय समेतमा उनको छवि राम्रै छ । पछिल्ला निर्माचनमा एमाले पाटीको उम्मेदवारल ल्याउनु भएको मत रामै्र थियो । त्यसले यो निर्वाचनमा एमाले का उम्मेदवार हिरा निर्वाचनको बाजी मार्ने दौरकम रहेको देखिन्छ ।
प्रतिस्पर्धामा रहेको अर्का स्वतन्त्र उम्मेदवार मनोज कुमार साह रहेका छन । उनी गत स्थानिय निर्वाचनमा नेपाली काँग्रेसबाट उम्मेदावरी दिनु भएको थियो । मधेश आन्दोलनको क्रममा राजनीतिक दलहरुले देखाएको मधेश प्रतिको दुर्भावनाको लहरले मधेशवादी दलका उम्मेदवारीलाई उनि पछियाउन सकेको थिएन । तर, यसपाली उनि नेपाली कांग्रेसको संगठन पोख्त बनाएपनि नेपाली काँग्रेसले टिकट पाउनबाट चुकेको देख्दै उनि पार्टी परित्याग गरेर निर्वाचनमा होमिएका छन ।
काँग्रेको गढ जनकपुरधाम भएपनि यहाँबाट पछिल्ला इतिहास हेर्दा स्वतन्त्रले ले वाजी मार्दै आएका छन । गठबन्धन भित्रका कांग्रेसी मत गठबन्धनका उम्मेदवारलाई नपर्ने भएको देखिन्छ । त्यो मत स्वतन्त्र उम्मेदवार मनोज कुमार साहका साथै अन्य उम्मेदवारलाई पर्ने भएकाले उनी पनि प्रतिस्पर्धामा छन् । यस्तो स्थितिमा गठबन्धनको उम्मेदवारभन्दा दुई जना स्वतन्त्र उम्मेदवार र एक जना एमालेको उम्मेदवार मध्ये कुनै एक उम्मेदवारले बाजी मार्न सक्ने सम्भावना बढी देखिन्छ ।
गठबन्धनको उम्मेदावर लालकिशोर साह ले जनकपुरधामको सडक विस्तार गर्दा आज चिटीक भएको छ । तर, सडकमा जसको जग्गा गएको छ । उनलाई मुआब्जाको लागि सरकार समक्ष पत्र नलेखेको,सडकमा गएको जग्गाको लगत कटाई नदिएको, जनकपुरधामलाई सफा सुघर बनाउनको लागि ल्याण्डफिल्डको व्यवस्था गर्न नसकेको आरोप जनताले लगाई रहेका छन ।
जनता पर्टीहरुलाई देखिसकेका छन, उनिहरु आफ्नो उद्येश्य पूर्तिको लागि जेसुकै गर्ने तयार रहेको भन्छन । तस्र्थ जनता पार्टीको चुनावी घोषणालाई पत्याई रहेका छैनन। उनिहरु भन्छ, मेरो पार्टी उस्तो भनेर, जनकपुरधामलाई यो गरि दिन्छु, त्यो गरिदिन्छु भनेर भन्छन् तर पाँच वर्षको अवधिमा कसले के ग¥यो भनेर हेरिसकेको भन्दै यस निर्वाचनमा स्वतन्त्र उम्मेदवारको पलर भाखि देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

होटल होलिडे एण्ड गेष्ट हाउसमा एक महिला र पुरुष मृत भेटिए

मिथिला जागरण समाचारदाताजनकपुरधाम, बैशाख ११ गते । जनकपुरधाममा रहेको रामानन्दचोकको होटल होलिडे एण्ड गेष्ट हाउसमा..

13 घन्टा पहिले

मोटरसाइकल दुर्घटना हुँदा पत्रकार विनय कुमार यादवको मृत..

मिथिला जागरण समाचारदाताजनकपुरधाम, बैशाख ११ गते । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा पत्रकार विनय कुमार यादवको मृ..

13 घन्टा पहिले

कमिशनको मातमा रहेका प्रमुख महतो खुशीको जिवन बिताउनमा मस..

रंजित चौरसिया, वीरगंज ८ बैशाख । पर्सा जिल्लाको दोश्रो सदरमुकामको रुपमा चिनिने पोखरिया नगरपालिका भ्रष्टाचारजन्य..

4 दिन पहिले

कविता : स्वार्थ व्यवहार

       कविता स्वार्थ व्यवहार लेखक ः मनोज पण्डितबिदेह न.पा. ७,वेलापटटी, धनुषा     सोचु सोचु बाबु भैया बरहु अ..

10 दिन पहिले

कविता : नववर्षको शुभकामना

      कविता नववर्षको शुभकामना   लेखक ः मनोज पण्डितबिदेह न.पा. ७,वेलापटटी, धनुषा     रहौ खुशी रहौं हर्ष ।आनन..

10 दिन पहिले