आसन्न निर्वाचनमा दुई क्रीयपुत्र ले मतदान गरियो
कमल साह
जनकपुरधाम,वैशाख ३१ गते । स्थानिय तह निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिका २३ मा क्रीयामा बसेका परिवारले पनि मतदानमा सहभागि भएका छन ।
जनकपुरधाम –२३ बेला गाउँका डा. शम्भु प्रसाद साह क्रीयामा बसेको भएपनि वोटलाई महत्व दिईदै उनि आफ्नो श्रीमति काजल साह लाई लिएर मतदान स्थलपुगी शुक्रबार मतदान गर्नुभयो ।
उहाँ श्रीरामलक्ष्मण राष्ट्रिय प्राथमिक विद्यालयमा पुगेर मतदान गर्नुभयो । डा. साहको पिताश्री समाजसेवी भागवत वित्नु भएको छ ।
त्यस्तै जनकपुरधाम वार्ड २३ बाट स्वतन्त्र भएर वडासदस्यमा उम्मेदवारी दिनु भएका गंगाराम महतो ले मतदान गर्नुभएको छ ।
गंगाराम महतो को आमा खस्नु भएको ले उनि आफ्नो मत माग्नमा समेत सहभागि हुन सकेको थिएन । तर,उनि आफ्नो पत्नी संगै सोही मतदान केन्द्रमा पुगेर मत खसाउनु भयो ।
आसन्न स्थानिय तह निर्वाचनमा मधेश प्रदेशबाट ६७.६९% मतदान भएको छ । त्यसमा जनकपुरधाम उपमहानगरपालिकामा कति मतदान भएको हो भनेर अहिलेसम्म अकिन छैन । तर, जनकपुरधाम उपमहानगर पालिको वार्ड २३ मा २ हजार ७ सय ७० मत खसेको छ । बेला,लादो र बिन्धी गाउँमा कुल मतदाता ३ हजार ८ सय १३ रहेको त्यहाँका स्वतन्त्र उम्मेदवार पत्रकार राघवेन्द्र साह ले बताउनुभयो ।
मतदान परिणमलाई वर्गिकरण गर्दा बेला लादोमा १ हजार ४ सय ४४ मत खसेको छ । त्यो दुई गाउँको कुल मतदाता २ हजार २७ रहेको छ ।
त्यस्तै बिन्धी गाउँका कुल मतदाता १ हजार ७ सय ८६ रहेको मा खसेको मत १ हजार ३ सय २६ रहेको छ ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
27 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
1 महीना पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
1 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
3 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
3 महीना पहिले
संवाददाता
