धनुषाका पालिकाहरु मतगणना जारी स्थगित निर्वाचन आइतबार हुने

कमल साह
जनकपुरधाम बैशाख ३१ गते । धनुषा जिल्लाको १८ वटै पालिकामा मतगणना कार्य आरम्भ भएको छ । जिल्लाका सदरमुकाम एवं मधेश प्रदेशका राजधानी जनकपुरधाम उपमहानगरपालिकाको पनि मतगणना आज विहानबाट भएको छ । जनकपुरधाम उपमहानगर पालिकाको वडा नं. १ बाट मतगणना आरम्भ भएको छ । यो समाचार लेख्दासम्म नगर प्रमुख पदमा स्वतन्त्र उम्मेदवार मनोज साह अगाडी छन ।
यहाँ अर्कौ वडाको मतगणना हालसम्म सुरु भएको छैन ।
वैशाख ३० गते को स्थानिय तह निर्वाचन विभिन्न कारणले स्थगित हुन गएको ठाउँमा आईतवार निर्वाचन पुन हुनेछ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ स्थित जनता मावि हरिराहा मतदानस्थलको स्थगित गरिएको दुई वटा मतदान केन्द्रको मतदान आइतबार हुने भएको छ । डाक्नेश्वरी नगरपालिकाका निर्वाचन अधिकृत शम्भुनाथ मगरको उपस्थितिमा मतदानस्थलमै शुक्रबार बसेको बैठकले स्थगित भएको मतदान आइतबार बिहान ७ बजेदेखि गर्ने निर्णय गरेको हो । ‘क’ केन्द्रका मतदान अधिकृत विपिन यादवमाथि स्थानीयवासीले कुटपिट गर्नुका साथै मतपेटिका तोडफोड गरेपछि कानून मन्त्रालयका सहसचिव फणिन्द्र गौतम, निर्वाचन अधिकृत मगर, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्ले, सशस्त्र प्रहरी नायब उपरीक्षक श्यामशर्मा पौडेल घटनास्थल पुगेका थिए ।
मतदानस्थलमा उनीहरुको उपस्थितिमा बसेको सर्वदलीय बैठकले उत्पन्न कुटपिट र तोडफोडपछि स्थगित भएको मतदान कार्य आइतबार गर्ने निर्णय भएको हो । अशक्त महिला मतदाताले इच्छाएको जसपाको चुनाव चिह्नमा छाप लगाउनुपर्नेमा मतदान अधिकृत यादवले कांग्रेसको चुनाव चिह्नमा छाप लगाएको भन्दै स्थानीयवासीले यादवलाई कुटपिट गर्नुका साथै मतपेटिका समेत तोडफोड गरेपछि निर्वाचन स्थगित गरिएको थियो ।
मतदान अधिकृतलाई प्रहरीले जोगाउन खोज्दा स्थानीयवासीले मतपेटिका तोडफोड गर्दै मतपत्र च्यातेर छरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक काफ्लेले बताए । घटनाका बेला ‘क’ केन्द्रमा १३६ मत र ‘ख’ केन्द्रमा १६० मत खसेको थियो । आइतबार पुनःनिर्वाचन गर्ने निर्णयमा निर्वाचनमा सहभागी राजनीतिक दल, जिल्ला निर्वाचन कार्यालयका कुलानन्द बिराजी, मतदान केन्द्र ‘ख’का मतदान अधिकृत मुसहरु साह, सहायक मतदान अधिकृत जाकिर हुसेन, मतदान केन्द्र ‘क’का सहायक मतदान अधिकृत सुरेन्द्रकुमार यादवसमेतको उपस्थिति रहेको छ । राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचाररत मतदान अधिकृत यादवले दलका प्रतिनिधिको निर्णयअनुसार आफूले अशक्त महिलाले औँलाले देखाएकै रुख चिह्नमा छाप लगाएको बताए ।
कमेन्ट गर्नुहोस्

जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..
कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..
7 दिन पहिले
नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..
7 दिन पहिले
गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..
कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..
19 दिन पहिले
जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..
मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..
19 दिन पहिले
नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..
मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..
19 दिन पहिले
संवाददाता
संवाददाता

