धनुषामा नवनिर्वाचित नगर प्रमुख तथा अध्यक्षहरू आजबाट पदभार ग्रहण गरियो
कमल साह
जनकपुरधाम,जेष्ठ ११ गते । धनुषा जिल्लाका १८ वटै पालिका नगर प्रमुख तथा अध्यक्षहरूले आजबाट पदभार ग्रहण गर्नुभएका छन ।
धनुषाका मुख्य निर्वाचन अधिकृत एवं न्यायाधिश ब्रजेश प्याकुरेलले नवनिर्वाचित जनप्रतिनिधिहरूलाई जनकपुरधाम उपमहानगरपालिकाको अष्टावक्र सभा हलमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो ।
धनुषा जिल्लामा रहेको १८ पालिकामा एक उपमहानगरपालिका, ११ नगरपालिका र ६ वटा गाउँपालिका रहेका छन । सो पालिकाका नवनिर्वाचित नगर प्रमुख तथा अध्यक्षहरूले शपथ ग्रहण गर्नुभएका हुन ।
नवनिर्वाचित प्रमुख तथा अध्यक्षहरुलाई सम्बन्धित पालिकाका प्रशासकीय अधिकृतहरुले लिएर आजैबाट कार्यभार सम्भाल्न लगाएका छन । नवनिर्वाचित मेयर तथा अध्यक्षहरुले अबको ७ दिन भित्रमा आ–आफ्नो पालिकाका उपमेयर, उपाध्यक्ष सहित वडाध्यक्ष र सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउन निर्वाचन निर्देशिकामा उल्लेख रहेको मुख्य निर्वाचन अधिकृत प्याकुरेलले जानकारी दिनुभयो ।
पालिकाहरुको अनुगमण गर्दा न्यायिक समिति कम्जोर रहेको बताउँदै मुख्य निर्वाचन अधिकृत ले सुझाब दिनुभयोे, नवनिर्वाति मेयर तथा अध्यक्षहरुले आफ्नो कार्यकालमा न्यायिक समितिलाई सक्षम बनाउनु होस् ।
सो समथ समारोमा धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्न प्रसाद उपाध्याय, प्रदेश निर्वाचन कार्यालयका प्रमुख श्रीधर पन्थीले नवनिर्वाचित नगर प्रमुख तथा अध्यक्षहरूलाई जनताको पक्षमा काम गर्न शुभकामना दिनुभयो ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
13 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
1 महीना पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
3 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
