जनकपुरधामलाई सफा राख्नको लागि विकेन्द्रिकरण गर्ने – निवनिर्वाचत नगरप्रमुख साह
कमल साह
जनकपुरधाम,जेष्ठ ११ गते । जनकपुरधाम उपमहानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख मनोज कुमार साहले पद तथा गोपनीयताको शपथ ग्रहण लगतै आबाट पदभार ग्रहण गर्नुभएको छ ।
उहाँ एकदिन पछि विहिवारको दिन उपमेयर,वडा अध्यक्ष तथा सदस्यहरुलाई सपथ गराउने कार्यक्रम रहेको छ ।
नवनिर्वाचि मेयर साह ले पदभार ग्रहणगर्दै यसअघि सरसफाइलाई वडामा नदिएर उपमहानगरपालिकामा राखेकोमा अव उपरान्त वडाहरूलाई नै दिने गरी अधिकार हस्तान्तरण गर्ने निर्णय साहले गर्नुभएको छ । उहाँले सरसफाइलाई प्रभावकारी बनाउन को लागि उपमहानगरका २५ वडालाई अधिकार दिने बताउनु भयो ।
नगरपालिकाका शाखा–शाखाको कामकाजलाई जनतामैत्री तथा प्रभावकारी बनाउन कर्मचारीहरूलाई खटाएको शाखामा नै खट्ने गरी व्यवस्था मिलाउने निर्णय पनि नगर प्रमुख साहले गर्नुभएको छ ।
नगरपालिकाको कामकाजलाई प्रभावकारी एवं पारदर्शी तथा जनतामैत्री बनाउन सूचनाको हकको पूर्ण कार्यान्वयन गर्नका लागि सूचना शाखालाई मजबुत बनाएर हेल्प डेस्क राख्ने निर्णय पनि उहाँले गर्नुभयो । कुनै पनि सूचना बढीमा १५ दिनमा उपलब्ध गराउने निर्णय जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख साहले गर्नुभएको छ ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
13 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
1 महीना पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
3 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
