जनकपुरधामलाई सफा राख्नको लागि विकेन्द्रिकरण गर्ने – निवनिर्वाचत नगरप्रमुख साह

कमल साह
जनकपुरधाम,जेष्ठ ११ गते । जनकपुरधाम उपमहानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख मनोज कुमार साहले पद तथा गोपनीयताको शपथ ग्रहण लगतै आबाट पदभार ग्रहण गर्नुभएको छ ।
उहाँ एकदिन पछि विहिवारको दिन उपमेयर,वडा अध्यक्ष तथा सदस्यहरुलाई सपथ गराउने कार्यक्रम रहेको छ ।
नवनिर्वाचि मेयर साह ले पदभार ग्रहणगर्दै यसअघि सरसफाइलाई वडामा नदिएर उपमहानगरपालिकामा राखेकोमा अव उपरान्त वडाहरूलाई नै दिने गरी अधिकार हस्तान्तरण गर्ने निर्णय साहले गर्नुभएको छ । उहाँले सरसफाइलाई प्रभावकारी बनाउन को लागि उपमहानगरका २५ वडालाई अधिकार दिने बताउनु भयो ।
नगरपालिकाका शाखा–शाखाको कामकाजलाई जनतामैत्री तथा प्रभावकारी बनाउन कर्मचारीहरूलाई खटाएको शाखामा नै खट्ने गरी व्यवस्था मिलाउने निर्णय पनि नगर प्रमुख साहले गर्नुभएको छ ।
नगरपालिकाको कामकाजलाई प्रभावकारी एवं पारदर्शी तथा जनतामैत्री बनाउन सूचनाको हकको पूर्ण कार्यान्वयन गर्नका लागि सूचना शाखालाई मजबुत बनाएर हेल्प डेस्क राख्ने निर्णय पनि उहाँले गर्नुभयो । कुनै पनि सूचना बढीमा १५ दिनमा उपलब्ध गराउने निर्णय जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख साहले गर्नुभएको छ ।
कमेन्ट गर्नुहोस्

जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..
कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..
7 दिन पहिले
नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..
7 दिन पहिले
गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..
कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..
19 दिन पहिले
जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..
मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..
19 दिन पहिले
नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..
मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..
19 दिन पहिले
संवाददाता
संवाददाता

