+977 9854027065 | akulpdsah@gmail.com

एमालेको वहिस्कारसंगै जनकपुरधाममा सपथग्रहण लाईण्डफिल्ड साईट र राजर्षि जनक क्याम्पसबारेमा बोलेनन् निधी

3 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1038 Views

कमल साह
जनकपुरधाम,जेष्ठ १४ गते । जनकपुरधाम उपमहानगरपालिकाको सपथग्रहण समारोह वहिस्कार बीच विहिवार सम्पन्न भएको छ ।
एमाले पार्टीबाट निर्वाचित वडाध्यक्षहरुसंग परामर्श नगरिकन सपथग्रहण समारोहको प्रमुख अतिथी नेपाली कांग्रेसका पूर्व उपाध्यक्ष विमलेन्द्र निधीलाई प्रमुख अतिथी बनाईदिएको कारण देखाउँदै एमालेबाट निर्वाचित वडाध्यक्षहरु वहिस्कार गर्न पुगेका छन ।
टन्टलापुर घाम बीचमा सम्पन्न भएको सपथग्रहण समारोह अलि फितलो हुन पुगेका छन । हुनत, एमालेबाट निर्वाचित वडाध्यक्षहरुले मेयरको कार्यकक्ष मै गएर विहिवार नै सपथ खाएका छन ।
समारोहका प्रमुख अतिथी विमलेन्द्र निधीले नवनिर्वाचित मेयर,उपमेयर,वडाध्यक्ष र सदस्यहरुलाई सफलताको शुभकामना दिंदै जनकपुरधामको जनकपुरको विकास बारेमा बताउनु भयो । तर, पूर्व उपप्रधान मंत्री निधीको सक्रियतामा स्थापना भएको राजर्षि जनक विश्वविद्यालय बारेमा केहि बोल्नु भएन ।
राजर्षि जनक विश्वविद्यालय ले हालसम्म जग्गा पाएको छैन। जबकि प्रमुख अतिथी निधीले मनिहारी चौरमा लाईण्डफिल्ड साईट होईन राजर्षि जनक विश्वविद्यालयको संकाय निर्माण हुने पटक पटक जनाउनु हुन्थ्यो ।
जनकपुरधाम उप महानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख मनोज कुमार साह ले उपमेयर किशोरी साह,वडाध्यक्ष र वडासदस्यहरुलाई पद तथा गोपनियाताको सपथ खुवाउंदै सडक,स्वास्थ्य र शिक्षा क्षेत्रसंगै खेलकुदको विकास गर्ने बाचा गर्नुभयो ।
उहाँले खेलकुद विकासका लागि जनकपुरको दक्षिणी क्षेत्रका सात विगहा क्षेत्रफल भएको ठाउँमा स्टडियमको चाँडै शिलान्यास हुने बताउनु भयो ।
आउट रिंगरोड ३० फिट चौडाईको सडक ५ वर्ष भित्रमा निर्माण गर्ने प्रतिबद्धता संगै उहाँले पांच सयप्रतिशतले वृद्धि भएको घरजग्गा करलाई कम पार्ने र एडिवी परियोजना लगायतका सडक निर्माण पर्न गएको जमिनको लागत कटा गराउने बताउनु भयो ।
वडाहरुमा रहेको वर्थिंग सेन्टहरुलाई संचालनमा ल्याउने मेयर साह ले बताउँदै थप्नुभयो,‘ पाँचवर्षमा बन्न नसकेको जनकपुरधाम उपमहानगरको कानूनलाई चाँडो भन्दा चाँडो बनाउने छु ।
निर्वमान मेयर लालकिशोर साह के देखेर स्थानिय तहको कानून ल्याउन असक्षम हुन गएको थियो ।
यो भन्दा अघि मंगलबार नगरप्रमुख मनोज साहले पदभार ग्रहण गर्नुभए पछि जनकपुरधामको फोहोर व्यवस्थापन गर्ने जिम्मा वडा कार्यालयहरुलाई जिम्मा लगाउने निर्णय गरेका छन् । उपमहानगरपालिका कार्यालयले आफैें फोहोर व्यवस्थापन गरिरहेका छन ।


वडा कार्यालयलाई थप जवाफदेही बनाउँदै फोहोर व्यवस्थापनका लागि जिम्मेवारी विकेन्द्रीकरण गर्ने निर्णय मेयर साहले गरेका छन्।
फोहोर व्यवस्थापनका लागि उपमहानगरपालिकाका सबै वडा कार्यालयलाई ट्याक्टर र सफाइ कर्मचारी उपलब्ध गराइने उहाँले भन्नुभयो ।
जनकपुरधामको शहरी क्षेत्रमा फोहोर व्यवस्थापन प्रमुख चुनौती रहेको छ । बजार क्षेत्रमा सरसफाइ हुने गरे पनि टोलटोलमा सम्भव हुनसकेको थिएन’ प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्न उपाध्यायले भनेका छन ।
नवनिर्वाचित नगरप्रमुखले कार्यभार सम्हालेसँगै गरेका ३ वटा निर्णय मध्ये यो एउटा निर्णयले मनै छोयो । मंगलबार नवनिर्वाचित नगरप्रमुख मनोज साहले पदभार ग्रहणपछि जनकपुरको फोहोर व्यवस्थापन वडा कार्यालयमार्फत गराउने निर्णय लिनु भएको थियो। यसअघि उपमहानगरपालिका कार्यालय आफैंले फोहोर व्यवस्थापन गर्ने गरेको थियो।
उहाँले नगरपालिकाका जुन कर्मचारीको दरबन्दी जहाँ कायम भएको हो त्यही काम गर्नुपर्ने निर्णय समेत लिनु भयो ।
मंगलबाका दिन त्यो भन्दा अघि धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले नवनिर्वाचित जनप्रतिनिधिहरूलाई जनकपुरधाम उपमहानगरपालिकाको अष्टावक्र सभा हलमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो ।
धनुषा जिल्लाका एक उपमहानगरपालिका, ११ नगरपालिका र ६ गाउँपालिका रहेका छन । सो पालिकाका नवनिर्वाचित नगर प्रमुख तथा अध्यक्षहरूले शपथ ग्रहण गर्नुभएका हुन ।
नवनिर्वाचित प्रमुख तथा अध्यक्षहरुलाई सम्बन्धित पालिकाका प्रशासकीय अधिकृतहरुले लिएर सोहिदिनबाट कार्यभार सम्भाल्न लगाएका लगाएका थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..

कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..

7 दिन पहिले

नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न

सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..

7 दिन पहिले

गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..

कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..

19 दिन पहिले

जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..

मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..

19 दिन पहिले

नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..

मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..

19 दिन पहिले