+977 9854027065 | akulpdsah@gmail.com

१८ औं मानव सेवा आश्रम शाखाको स्थापना

4 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1020 Views

कमल साह
जनकपुरधाम,जेष्ठ १५ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाममा मानव सेवा आश्रमको १८ औं शाखा शनिवार देखि विधिवत रूपमा संचालन भएको छ ।
मधेश प्रदेश का प्रदेश प्रमुख हरिशंकर मिश्राले एक समारोहका विच मानव सेवा आश्रमको समुदघाटन गर्नुभएको छ ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि प्रदेश प्रमुख मिश्राले मानव सभ्यता जोगाउनका लागि स्थापित मानव सेवा आश्रमलाई सबै ले सहयोग गर्नुपर्ने कुरा मा जोड दिनुभयो ।
सो कार्यक्रममा बोल्दै अधिकांश वक्ताहरुले मानव सेवा सर्वोत्तम सेवा रहेको ले मानव सेवा आश्रमको पवित्र मानव प्रबर्द्धन महाअभियानमा सहभागी बन्न सबैलाई आग्रह गर्नुभयो ।
मानव सेवा आश्रम का संस्थापक अध्यक्ष बरिष्ठ समाजसेवी रामजी अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सरकारका मन्त्री रामसरोज यादव , प्रदेश सांसद रामअशिष यादव,जनकपुरधाम उपमहानगरपालिका का उपप्रमुख किसोरी साह,, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, स्वर्गद्वारी जनकपुरधाम का निर्माता पवन कुमार सिंघानिया, बरिष्ठ हास्य कलाकार मनोज गजुरेल, मारवाडी सेवा समिति का अध्यक्ष निर्मल चौधरी, जनकपुरधाम उधोग बाणिज्य संघ का अध्यक्ष जितेन्द्र साह सहितका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका छन् ।
जनकपुरधामको रा रा ब क्याम्पस को पुर्व जलाद नदीको नजीक गणेश पार्टी प्यालेस मा स्थापित मानव सेवा आश्रममा असाह, बेसहारा, सडक पेटीमा जीवन यापन गर्न बाध्य भएका १ दर्जन भन्दा बढी व्यक्तिहरु मानव सेवा आश्रममा आश्रय लिइ रहेको कुरा मानव सेवा आश्रम का अभियन्ता सुमन बर्तौलाले बताए।
वरिष्ठ समाजसेवी रामजी अधिकारीको परिकल्पनामा २०७९ सालमा मकवानपुर जिल्लाको हेटौडामा मानव सेवा आश्रमको मुख्यालय स्थापना भैइ अहिले देशमा १८ वटा शाखा स्थापना भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

3 दिन पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

1 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

2 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

2 महीना पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

2 महीना पहिले