१८ औं मानव सेवा आश्रम शाखाको स्थापना
कमल साह
जनकपुरधाम,जेष्ठ १५ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाममा मानव सेवा आश्रमको १८ औं शाखा शनिवार देखि विधिवत रूपमा संचालन भएको छ ।
मधेश प्रदेश का प्रदेश प्रमुख हरिशंकर मिश्राले एक समारोहका विच मानव सेवा आश्रमको समुदघाटन गर्नुभएको छ ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि प्रदेश प्रमुख मिश्राले मानव सभ्यता जोगाउनका लागि स्थापित मानव सेवा आश्रमलाई सबै ले सहयोग गर्नुपर्ने कुरा मा जोड दिनुभयो ।
सो कार्यक्रममा बोल्दै अधिकांश वक्ताहरुले मानव सेवा सर्वोत्तम सेवा रहेको ले मानव सेवा आश्रमको पवित्र मानव प्रबर्द्धन महाअभियानमा सहभागी बन्न सबैलाई आग्रह गर्नुभयो ।
मानव सेवा आश्रम का संस्थापक अध्यक्ष बरिष्ठ समाजसेवी रामजी अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सरकारका मन्त्री रामसरोज यादव , प्रदेश सांसद रामअशिष यादव,जनकपुरधाम उपमहानगरपालिका का उपप्रमुख किसोरी साह,, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, स्वर्गद्वारी जनकपुरधाम का निर्माता पवन कुमार सिंघानिया, बरिष्ठ हास्य कलाकार मनोज गजुरेल, मारवाडी सेवा समिति का अध्यक्ष निर्मल चौधरी, जनकपुरधाम उधोग बाणिज्य संघ का अध्यक्ष जितेन्द्र साह सहितका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका छन् ।
जनकपुरधामको रा रा ब क्याम्पस को पुर्व जलाद नदीको नजीक गणेश पार्टी प्यालेस मा स्थापित मानव सेवा आश्रममा असाह, बेसहारा, सडक पेटीमा जीवन यापन गर्न बाध्य भएका १ दर्जन भन्दा बढी व्यक्तिहरु मानव सेवा आश्रममा आश्रय लिइ रहेको कुरा मानव सेवा आश्रम का अभियन्ता सुमन बर्तौलाले बताए।
वरिष्ठ समाजसेवी रामजी अधिकारीको परिकल्पनामा २०७९ सालमा मकवानपुर जिल्लाको हेटौडामा मानव सेवा आश्रमको मुख्यालय स्थापना भैइ अहिले देशमा १८ वटा शाखा स्थापना भएको छ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
2 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
6 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
20 दिन पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
2 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
2 महीना पहिले
संवाददाता
