+977 9854027065 | akulpdsah@gmail.com

बर्दियाका‘मधेशी र थारुले सुरक्षाको माग गर्दा उल्टै गोली खानुपर्ने स्थिति’ तमलोपा

4 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

966 Views


कमल साह
जनकपुरधाम, २५ जेठ । तराई मधेश लोकतान्त्रिक पार्टीले बर्दियामा गोली प्रहार गरी किशोरी नविना थारुको हत्या गरेको भन्दै सुरक्षाकर्मीमाथि कारबाहीको माग गरेको छ ।

तमलोपाले मंगलबार विज्ञप्ति जारी गरी बर्दियाको मधुवन नगरापलिका–२ ओराली बजारमा हिंस्रक वन्यजन्तुबाट सुरक्षालागि भएको प्रदर्शनका क्रममा प्रहरीले नविना थारुको हत्या गरेको ठहर गर्दै यस्तो माग गरेको हो ।

तमलोपाले मधेशी र थारु जनताले सुरक्षाको माग गर्दा उल्टै गोली खाएर मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य हुन नसकेको कुरा यो घटनाबाट पुनः प्रमाणित भएको पनि बताएको छ ।

पार्टीका अध्यक्ष विषेशचन्द्र लालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकार र प्रहरीको मानसिकता पुनः एकपटक जनसमक्ष आएको छ । मधेशी र थारु जनतालाई सुरक्षा जस्तो अनिवार्य र न्यायोचित अधिकारको सुनिश्चितताको माग गर्दैसम्म अधिकार नभएको र यसो गर्दा सीधै गोली खाने स्थिति रहेको यस घटनाबाट पुनः प्रमाणित भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

6 दिन पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

17 दिन पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

30 दिन पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

1 महीना पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

2 महीना पहिले