+977 9854027065 | akulpdsah@gmail.com

हरिवनमा स्काउट तालीमको समापन

4 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1509 Views

सन्जु कर्ण, सर्लाही,
सर्लाही, असार ३ गते । सर्लाहीको हरिवनमा स्काउट तालीमको समापन गरिएको छ ।
हरिवन नगरपालीकाको सहयोग तथा नेपाल स्काउट हरिवन नगर कमिटीको आयोजनामा भएको ४९३ औं बिटीसि तथा ३६१ औं पिटीसि तालीममा सहभागी हरुलाई प्रमाणपत्र प्रदान गर्दै दिक्षान्त समारोह समापन गरिएको हो ।
जेष्ठ २८ गत्ते देखी भएको यस तालीममा मधेस प्रदेश भित्रका १८ वटा बिद्यालयका शिक्षक सहित ३६ जाना दिक्षित भएका हुन् । नेपाल स्काउट हरिवन नगर कमिटीका संयोजक सुबास घिमिरेको अध्यक्षतामा भएको यस कार्यक्रममा प्रदेस सभा सदस्य बेचि लुड.गेलीको प्रमुख आतित्यथा रहेको थियो भने नेपाल स्काउट हरिवन नगर कमिटीको संरक्षक समेत रहनु भएका हरिवन नगर प्रमुख रमेश बुढाथोकी (कमल), नेपाल स्काउट राष्ट्रिय तदर्थ समिती सदस्य तथा राष्ट्रिय प्रशिक्षक बिजेन्द्र ध्वजु, पुर्व राष्ट्रिय प्रशिक्षक जितेन्द्र राई, नेपाल स्काउट मधेस प्रदेशका संयोजक सरोज कुमार यादव, नेपाल स्काउट मधेस प्रदेश सदस्यहरु नारायण कार्की, सबिना बादे लगायतको बिशिष्ठ आतित्यथा रहेको कार्यक्रम संचालक पुष्कर बुढाथोकीले बताउनु भयो ।
नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक बिजेन्द्र ध्वजु प्रशिक्षकहरु प्रमोद सिग्देल, शुसिला बिष्ट, अस्मिता श्रेष्ठ लगायतले प्रशिक्षण दिनुभएको कार्यक्रममा सहजकर्ताहरु लाई प्रमाणपत्र दिनुका साथै आतथीहरु लाई मायाको चिनोले सम्मान गरिको कार्यक्रमका सहजकर्ता गोबिन्द बुढाथोकीले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

2 महीना पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

2 महीना पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

4 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

4 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

4 महीना पहिले