हरिवनमा स्काउट तालीमको समापन
सन्जु कर्ण, सर्लाही,
सर्लाही, असार ३ गते । सर्लाहीको हरिवनमा स्काउट तालीमको समापन गरिएको छ ।
हरिवन नगरपालीकाको सहयोग तथा नेपाल स्काउट हरिवन नगर कमिटीको आयोजनामा भएको ४९३ औं बिटीसि तथा ३६१ औं पिटीसि तालीममा सहभागी हरुलाई प्रमाणपत्र प्रदान गर्दै दिक्षान्त समारोह समापन गरिएको हो ।
जेष्ठ २८ गत्ते देखी भएको यस तालीममा मधेस प्रदेश भित्रका १८ वटा बिद्यालयका शिक्षक सहित ३६ जाना दिक्षित भएका हुन् । नेपाल स्काउट हरिवन नगर कमिटीका संयोजक सुबास घिमिरेको अध्यक्षतामा भएको यस कार्यक्रममा प्रदेस सभा सदस्य बेचि लुड.गेलीको प्रमुख आतित्यथा रहेको थियो भने नेपाल स्काउट हरिवन नगर कमिटीको संरक्षक समेत रहनु भएका हरिवन नगर प्रमुख रमेश बुढाथोकी (कमल), नेपाल स्काउट राष्ट्रिय तदर्थ समिती सदस्य तथा राष्ट्रिय प्रशिक्षक बिजेन्द्र ध्वजु, पुर्व राष्ट्रिय प्रशिक्षक जितेन्द्र राई, नेपाल स्काउट मधेस प्रदेशका संयोजक सरोज कुमार यादव, नेपाल स्काउट मधेस प्रदेश सदस्यहरु नारायण कार्की, सबिना बादे लगायतको बिशिष्ठ आतित्यथा रहेको कार्यक्रम संचालक पुष्कर बुढाथोकीले बताउनु भयो ।
नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक बिजेन्द्र ध्वजु प्रशिक्षकहरु प्रमोद सिग्देल, शुसिला बिष्ट, अस्मिता श्रेष्ठ लगायतले प्रशिक्षण दिनुभएको कार्यक्रममा सहजकर्ताहरु लाई प्रमाणपत्र दिनुका साथै आतथीहरु लाई मायाको चिनोले सम्मान गरिको कार्यक्रमका सहजकर्ता गोबिन्द बुढाथोकीले बताउनु भयो ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
2 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
5 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
19 दिन पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
2 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
2 महीना पहिले
संवाददाता
