मल उपलब्ध गराउन माग गर्दै सर्लाहीमा राप्रपाको धर्ना
सन्जु कर्ण, सर्लाही,
सर्लाही, असार २५ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार सर्लाही सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ ।
किसानलाई सहज रुपमा मलखाद उपलब्ध गराउन माग गर्दै सो पार्टीले जिल्ला प्रशासन कार्यालयको मुलगेटमा धर्ना दिएको हो ।
अहिले धान रोपाइँको समयमा रसायनिक मल नपाउँदा किसानले महँगो मूल्य तिरेर गुणरस्तरहीन भारतीय मल खरिद गरेर हाल्न बाध्य भइरहेकाले यसबारेमा जिल्ला प्रशासन कार्यालयमार्फत सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले धर्ना दिएको राप्रपा सर्लाहीका अध्यक्ष सत्यनारायण यादवले जानकारी दिए ।
धर्नामा सहभागी सो पार्टीका नेता कार्यकर्ताले सरकारविरुद्ध नाराबाजी गर्दै दिनानुदिन बढ्दो मूल्यवृद्धि नियन्त्रण गर्न पनि माग गरेका छन् ।
राप्रपाले मुलुकमा राष्ट्रिय अखण्डता, स्वाधिनता, सनातन धर्म, अर्थतन्त्र एवं प्रजातन्त्रमाथि गम्भीर चूनौति खडा भएको दावी गरेको छ । धर्नामा जिल्लाभरबाट राप्रपाका नेता कार्यकर्ताहरु उपस्थित भएका थिए ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
13 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
1 महीना पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
3 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
