धनुषामा बहुजन एकता पार्टी नेपालले संगठन बिस्तार एबं प्रशिक्षण कार्यक्रम गर्दै
सन्जु कर्ण, सर्लाही,
सर्लाही, श्रावण १४ गते । धनुषामा बहुजन एकता पार्टी नेपालले संगठन बिस्तार एबं प्रशिक्षण कार्यक्रम धमाधम गरिरहेको छ ।
यसैबिच बहुजन एकता पार्टी नेपालले शुक्रवार पनि धनुषाको २ वटा वडामा प्रशिक्षण कार्यक्रम गरेको छ । जिल्लाको धनुषाधाम नगरपालिका वडा नम्बर १ मखनपुर र वडा नम्बर ५ नौसयमा पाटीले प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।
धनुषाधाम नगरपालिका वडा न ५ को नौसय मा बहुजन एकता पार्टी नेपाल का वडा अध्यक्ष सन्जीब चमार को अध्यक्षमा तथा वडा नम्बर १ मखनपुरमा पार्टीका उपाध्यक्ष रामपुकार सदाको अध्यक्षतामा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको हो ।
पार्टीका बरिस्ट नेता तथा राष्टिूय संगठन प्रभारी राजाराम पासवानको प्रमुख आतिथ्यतामा भएको प्रशिक्षण कार्यक्रममा पार्टीका उपाध्यक्ष रामपुकार सदा, सह(महासचिव दुर्गा बिश्वकर्मा, महिला नेत्री बुधनीदेवी राम, धनुषाधाम नगरपालिका प्रमुख केसर मुखिया, झगरु सदा, बद्री मुखिया लगाएतले मन्तब्य राखेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी एवं पार्टीका बरष्टि नेता पाशवानले पार्टीको निति, सिद्धान्त, रणनीति र आगामी चुनावको तयारी लगाएतका बारेमा आफ्नो धारणा राख्नुभएको थियो ।
साथै उहाँले कार्यक्रममार्फत सबै बर्ग, समुदायमा बहुजन बिचार धारा पु¥याउन पनि अपिल पनि गर्नुभएको पार्टीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
13 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
1 महीना पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
3 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
