सर्लाहीमा बहुजन एकता पार्टी नेपालको प्रशिक्षण कार्यक्रम संपन्न
सन्जु कर्ण, सर्लाही,
सर्लाही, श्रावण २९ गते । सर्लाहीमा बहुजन एकता पार्टी नेपालको प्रशिक्षण कार्यक्रम संपन्न भएको छ ।
आज (आइतबार) सर्लाही जिल्लाको कबिलासि नगरपालिका को पिपरिया मा बहुजन एकता पार्टी नेपालको प्रशिक्षण कार्यक्रम संपन्न भएको हो । अकलु मन्डल को अध्यक्षता एवं पार्टीका वरिष्ठ नेता तथा राष्टिूय संगठन प्रभारी राजाराम पासवानको प्रमुख आतिथ्यमा संपन्न कार्यक्रममा बहुजन समाजका व्यक्तिहरुको सहभागीता रहेको थियो ।
जय प्रकाश ठाकुर, बिरेन्द्र पासवान, सुरेन्द्र माझी लगायतका पार्टी नेताहरुले प्रशिक्षण दिएका थिए । पार्टीको निति , सिद्धांत ,रणनीति बारे ,बहुजन बिचारधारामा अधारित समता ,स्वतन्त्रता ,भाइचारा एवं बन्धुत्वको माध्यमले समाज जागृत गराइ बहुजन बन्चित समाजलाई शासक बनाउन हरेक टोल ,गाउँ ,बस्ती बस्तीमा बिचार प्रचार एवं संगठन निर्माण गर्न कार्यकर्ताहरुलाई आह्वान पनि गरिएको छ ।
जब सम्म बन्चित समाजको हक,अधिकार सुनिश्चित हुँदैन ,तव सम्म बहुजन एकता पार्टी नेपाल संपुर्ण लडाइको लागी तैयार रहेको भन्दै नेता पासवानले गरिब माथी हुने हत्या हिंसा एवं बलात्कारको प्रमुख कारण नश्लवादी चिन्तन एवं जातिवादी हावी राजनीतिक सत्ता रहेको भन्दै त्यसलाई सखाप पारेर बहुजन समाज हुकुमरान बन्नु पर्ने धारणा व्यक्त गर्नु भयो ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
13 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
1 महीना पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
3 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
