+977 9854027065 | akulpdsah@gmail.com

विवाहपंचमी महोत्सवको अर्को रौणकता तिलोक्तसव मनाईयो

3 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1488 Views

रामसागर पण्डित ,

जनकपुरधाम, पुस २ गते । त्रेता युगमा राम र सीता बीच सम्पन्न विवाह कार्यक्रमलाई सम्झानागर्दै विहिबार तिलकोत्सव मनाइयो ।
विविहपंचमी दिन भन्दा तीनदिन अघि विहिबार तिलकोत्सव सम्पन्न भएको छ । भोली शुक्रबार मटकोर कार्यक्रम रहेको छ ।
तिलोकत्सवको अवसरमा जानकी दरबारबाट दही,च्युरा, खजुरीया, ठकुवा,खाजा,पिरुकीया, पुवा,मलपुवा,गाँजा,कसार (भुसुवा), पुरी,च्युरा लाई, मुडही लाई, सुन्तला,सेव,केरा लगायतका १०१ भारसंगै महंथ रामतपेश्वर दास वैष्णव, साधुशन्त,धर्म अनुरागी राम दरबारमा पुगेका छन । जानकी दरबारबाट निस्केको तिलोकत्सव समारोहमा सहभागीहुनेहरु नगरपरिक्रमा गर्दै राम दरबारको एक फन्को लगाएर तिलकोतसव स्थलमा प्रवेश गरेका छन ।
राम मंदिरमा आयोजित तिलोकत्सव कार्यक्रमको सम्पूर्ण व्यवस्था यहाँका महावीर युवा कमिटीले गरेका थियो । महावीर युवा कमिटीका सदस्य बलराम साह ले तिलोकत्सव आयोजन गर्नुभएको थियो। त्यहाँ राम मंदिरका महंथ राम गिरी र जानकी मन्दिरका महंथ रामतपेश्वर दास वैष्णव सम्धीको रोलमा एक अर्कालाई अंगालो मार्दै मिलन गर्नुभयो ।
विवाह पञ्चमी महोत्सवको तेस्रो दिन बुधबार साँझ जानकी मंदिरको आंगनमा धनुष यज्ञ सम्पन्न भयो । त्यहाँ राम जी ले धनुषलाई उचाल्नु भयो ।
त्यस्तै रामजानकी विवाह पञ्चमी महोत्सवको दोस्रो दिन फूलवारी लीला कार्यक्रम सम्पन्न भयो । सप्ताहव्यापी विवाह पञ्चमी अन्तर्गत जानकी मन्दिरसंगै रहेको विवाह मण्डपमा सीताले फूल टिप्न गएको बेलामा रामसँग भएको पहिलो भेटको सम्झना स्वरुप फूलबारी हुने गरेको छ ।
जानकी मन्दिरबाट सीता र भगवान रामको प्रतीकात्मक स्वरुपलाई विवाह मण्डपको बगैंचामा लगेर फूलवारी लीला मनाईयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

6 दिन पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

16 दिन पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

29 दिन पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

1 महीना पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

2 महीना पहिले