+977 9854027065 | akulpdsah@gmail.com

नेता विमलेन्द्र निधी ले किन समानुपातिक रोजे

2 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

539 Views

कमल साह, जनकपुरधाम
जनकपुरधाम, भाद्र २९ गते । नेपाली कांग्रेसका केन्द्रिय उपाध्यक्ष रहिसक्नु भएका नेता विमलेन्द्र निधिले मंसिर ४ गते हुने प्रतिनिधी सभाको प्रत्यक्ष निर्वाचनबाट पछाडी हट्नु भएको छ । उनि समानुपातिक सुचिमा आफ्नो नाम सुचिकृत गराएका छन् ।
२०७४ मा भएको निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महत्तोसँग ३ हजार २२ बढी मत पराजित हुनुभएको थियो निधी । महत्तो पुनः यसै क्षेत्रबाट चुनाव लडने भएको ले निधी आफु पछाडी हट्नु भएको त होईन भनि आशंका गरिन्छ ।
धनुषा क्षेत्र नं. ३ बाट क्षेत्रीय समितिले निधिको नाम प्रतिनिधिसभाको समानुपातिक सुचिमा सिफारिससमेत गरिसकेको छ ।
नेपाली काँग्रेस ले धनुषा क्षेत्र नं.३ बाट चार्टर एकाउन्टेण्ड परमेश्वर महासेठको नाम सिफारिश गरिसकेको छ । महासेठको एक मात्र नाम क्षेत्र नं. ३ बाट सिफारिश हुँदा समाजिक संजालबाट कार्यकर्ताहरुले बेसरी बिरोध जनाएको देखिन्छ ।
तर, नेपाली काग्रेस ले महासेठको नाम सिफारिश गर्नुपर्ने बाध्यता बन्न गएको छ । नेता निधीले सर्वप्रथम प्रदेश सांसद रामसरोज यादवलाई प्रतिनिधिसभा सदस्यको अभिभारा उठाउन भनेको थिए । तर, यादवले प्रदेश सभा मै रहने बताए ।
त्यसपछि निधीले स्मृती नारायण चौधरीलाई भने । चौधरीले पनि समानुपातिक तर्फबाट इच्छा व्यक्त गर्नुभयो ।
निधी किन पछि हटे
निधीको सहस्त्र हातहरु मध्ये प्रमुख मनिदै आएका रामसरोज यादव र जिवनाथ चौधरी अचेल बिमुख भएका छन । उनिहरु स्थानीय निर्वाचनबाट देउवा लगिमा गईसकेका छन । उनिहरुले चुनावमा सघाउन सट्टा विगार्न तर्फ लाग्ने आशंका गर्न थालेका थिए ।
यसले गर्दा ने.कां. नेता निधी राजेन्द्र महत्तोलाई टक्कर दिनमा आफु हल्को महसुश गर्दै समानुपाति तर्फ लाग्नुभयो । र चार्टर एकाउन्टण्डे प्रमेश्वर महासेठलाई आफ्नो क्षेत्रमा ल्याउनु भएको छ ।
धनुषा क्षेत्र नं. ३ मा पुनः राजेन्द्र महत्तो आएपछि एमाले ले महत्तो लाई सघाउने अनुमान गरिन्छ । साथै एमाले का जुलि महत्तो लाई प्रदेश सभा क्षेत्र ३ को ख बाट उम्मेदवारी दिलाउन सक्ने अनुमान भईरहेछ ।
मधेश सरकारका मन्त्री रामसरोज यादबको नाम सिफारिस धनुषा क्षेत्र नं. ३(१) बाट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

होटल होलिडे एण्ड गेष्ट हाउसमा एक महिला र पुरुष मृत भेटिए

मिथिला जागरण समाचारदाताजनकपुरधाम, बैशाख ११ गते । जनकपुरधाममा रहेको रामानन्दचोकको होटल होलिडे एण्ड गेष्ट हाउसमा..

2 दिन पहिले

मोटरसाइकल दुर्घटना हुँदा पत्रकार विनय कुमार यादवको मृत..

मिथिला जागरण समाचारदाताजनकपुरधाम, बैशाख ११ गते । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा पत्रकार विनय कुमार यादवको मृ..

2 दिन पहिले

कमिशनको मातमा रहेका प्रमुख महतो खुशीको जिवन बिताउनमा मस..

रंजित चौरसिया, वीरगंज ८ बैशाख । पर्सा जिल्लाको दोश्रो सदरमुकामको रुपमा चिनिने पोखरिया नगरपालिका भ्रष्टाचारजन्य..

6 दिन पहिले

कविता : स्वार्थ व्यवहार

       कविता स्वार्थ व्यवहार लेखक ः मनोज पण्डितबिदेह न.पा. ७,वेलापटटी, धनुषा     सोचु सोचु बाबु भैया बरहु अ..

12 दिन पहिले

कविता : नववर्षको शुभकामना

      कविता नववर्षको शुभकामना   लेखक ः मनोज पण्डितबिदेह न.पा. ७,वेलापटटी, धनुषा     रहौ खुशी रहौं हर्ष ।आनन..

12 दिन पहिले