चुरे क्षेत्रमा फलफूलको बिउ छपयो
कमल साह, जनकपुरधाम
जनकपुरधाम, भाद्र २९ गते । चुरे क्षेत्रमा फलफूलको बिउ छरेर वन बिकास गर्ने सानो प्रयास वन कार्यालय धनुषाबाट भएको छ ।
जिल्ला वन कार्यालय धनुषाका प्रमुख शुरेस शर्मा को सक्रियतामा जिल्लाको भाटिघारी सामुदायिक वनमा भाद्र १८ गते फलफूलको बिउ छरिएको छ ।
जिल्ला वन प्रमुख शर्माका अनुसार आंपको बिउ जगदर खोलाको दायाँ बायाँ चुरे क्षेत्रमा छरिएको छ । बिउ छर्ने कार्यको लागि सामुदायिक वनका अध्यक्ष श्याम गोले र मिथिला वल्र्ड लाईफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डल संग छलफल गरिएको थियो । आमको बिउ छर्ने कार्य स्थानीय समूह र वन कर्मचारीको सहकार्यमा सम्पन्न भएको थियो ।
जिल्ला वन प्रमुख शर्मा भन्नुहुन्छ,‘हामी स्वास्थ्य रहनको लागि फलफूल खानुपर्छ । यसरी फलफूल खांदा त्यसको बिउ जथाभावी फालिदिन्छौ । फालिएका बिउ यतिकै संडेर कुहिएर जान्छ । तर, थोरै मात्र मिहिनेत गरिदियौं भने यस धरती र प्रकृतिको पनि सेवा हुनसक्छ सोचेका छौं ?’
उहाँले हामीले फल खाइसकेपछि निस्कने आंप, जामुन लगायतका फलका बिउलाई किचेनको फोहोर संगै नफालेर त्यसलाई सुकाएर जम्मा गरी यात्राको क्रममा संगै लगेर सडक किनारमा, रेल्वे लाइन किनारमा, नहर किनारमा, नदीको तटबन्ध किनारमा वा चुरे क्षेत्रको पैदल यात्रा दौरानमा १÷१ गरेर फाल्दै जाँदा प्रभावकारी हुने बताउनु हुन्छ ।
उहाँले यदी तपाईं यसरी फालेको १०० बिउ मध्ये १० वटा रुख बन्न पुगेछ भने आगामी दिनमा अन्य धेरै वन्यजन्तुले फल प्राप्त गर्न सक्ने बताउँछन । यसले पर्यावरणीय समस्या समाधानको कारक बन्न सक्छन उहाँले अन्तमा थप्नुहुन्छ ।
कमेन्ट गर्नुहोस्
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
1 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
1 महीना पहिले
रमौलवाली रीना यादवको योगदानले मैथिली संस्कृतिमा नयाँ ऊ..
भागचरण यादब, जनकपुरधाम, जनकपुरधाम, कार्तिक १५ गते । रमौलवाली रीना यादव, जो बीस वर्षदेखि मैथिली कला र संस्कृतिसँग ..
1 महीना पहिले
जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..
कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..
5 महीना पहिले
नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..
5 महीना पहिले
संवाददाता
