रोनिश कार्की स्मृति प्रतिष्ठानद्वारा हष्विनमा छात्रवृति प्रदान

सन्जु कर्ण, सर्लाही,
सर्लाही, आसिन ७ गते । स्वर्गिय रोनिश कार्की स्मृति प्रतिष्ठानले हरिवनका ४ जना छात्राहरुलाई छात्रवृति प्रदान गरेको छ ।
स्वर्गिय रोनिश कार्की स्मृति प्रतिष्ठानले हरिवन ८ मा रहेको महादेव जनता नमूना माविको कक्षा ११ र १२ मा अध्ययनरत ४ जना छात्राहरुलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरी छात्रवृति प्रदान गरेको हो ।
छात्रवृति पाउनेमा कक्षा ११ तर्फ झरना खपाङ्गी र अनिषा मगर र कक्षा १२ तर्फ आकृति कुशवार माझी र कविता वैठा हरेकी छन् । प्रतिष्ठानले उनीहरुलाई वर्षभरीको लाग्ने शुल्क तिरी दिनुका साथै छात्रवृति स्वरुप विद्यालय पोशाक र शैक्षिक सामाग्री प्रदान गरेको हो । प्रतिष्ठानले हरेक वर्ष सो विद्यालयका गरीब, दलित तथा जेहेन्दार छात्राहरुलाई प्रोत्साहन स्वरुप छात्रवृति प्रदान गर्दै आईरहेको छ ।
प्रतिष्ठानका अध्यक्ष विनोद कुमार कार्कीको अध्यक्षता तथा हरिवन नगरपालिकाका मेयर रमेश कुमार बुढाथोकी(कमल)को प्रमुख आतिथ्यतामा छात्रवृति वितरण गरिएको छात्रवृति वितरण कार्यक्रमका सञ्चालक तथा महादेव जनता नमूना माविका शिक्षक गिरीराज रानाले जानकारी दिनुभयो ।
छात्रवृति कार्यक्रममा हरिवन नगरपालिका ८ का वडाअध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रज्वल ढुंगाना, पूर्व अध्यक्ष यज्ञविनोद ढुंगेल, समाजसेवी सुरेन्द्र लामा, चुडामणि वाग्ले, भरतकुमार कार्की, ईन्द्र पाठक, बुक कुमारी थापा, राजकुमार उप्रेती, सिताराम पोखरेल,आरती लामा,सुर्दशन पोखरेल लगायतको उपस्थिति रहेको थियो ।
स्वर्गिय कार्की सोही विद्यालयका शिक्षक समेत रहनुभएका राजन कार्कीको सूपुत्र हुनुहुन्थ्यो । उहाँको २०७५ साल असार १७ गते सडक दुर्घटनामा परी ज्यान गएको थियो ।
कमेन्ट गर्नुहोस्

जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..
कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..
6 दिन पहिले
नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..
6 दिन पहिले
गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..
कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..
18 दिन पहिले
जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..
मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..
18 दिन पहिले
नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..
मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..
18 दिन पहिले
संवाददाता
संवाददाता

