+977 9854027065 | akulpdsah@gmail.com

शैलेश–जननी फाउण्डेसनद्वारा हरिवनका चारजाना छात्रालाई छात्रवृत्ति प्रदान्

4 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1235 Views

सन्जु कर्ण, सर्लाही,
सर्लाही, असोज ९ गते । शैलेश–जननी फाउण्डेसनले सर्लाहीको हरिवन ८ मा रहेको महादेव जनता नमूना माध्यमिक विद्यालयका चार छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ ।


mाउण्डेसनले कक्षा ११ र १२ मा अध्ययनरत दुई÷दुई जना गरी चार जना छात्रालाई विद्यालयमा बुझाउनुपर्ने सम्पूर्ण शुल्क बुझाइ पूर्ण छात्रवृत्ति प्रदान गरेको हो । विद्यालयको कक्षा ११ मा अध्ययनरत अम्बिका कुमारी खत्री र निका मल्ल आले तथा कक्षा १२ मा अध्ययनरत ज्योति विक र मन्दिरा थापालाई विपन्न अनि जेहेन्दारको हिसाबले छात्रवृत्ति प्रदान गरिएको फाउण्डेसनले जनाएको छ ।


विद्यालयका प्रधानाध्यापक जयशङ्कर सिंहको अध्यक्षता तथा हरिवन नगरपालिका ८ का वडाध्यक्ष तथा बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष प्रज्वल ढुङ्गानाको प्रमुख आतिथ्यतामा छात्रवृत्ति प्रदान गरिएको फाउण्डेसनका सहयोगी युवराज भण्डारीले जानकारी दिनुभयो । कार्यक्रममा भरतकुमार कार्की, धनराज बुढाथोकी, सुकदेव कार्की, नारायण कार्की, विप्लव कार्की लगायतको उपस्थिती रहेको थियो ।
यसै वर्षदेखि छात्रवृत्ति प्रदान गर्न थालेको फाउण्डेसनले कक्षा ११ की अम्बिका र निकाको कक्षा ११ तथा १२ दुवै कक्षाको शुल्क र कक्षा १२ मा अध्ययनरत ज्योति र मन्दिरको कक्षा १२ मा लाग्ने सम्पूर्ण खर्च आज (आइतबार) एक कार्यक्रमका बीच विद्यालयलाई प्रदान गरेको हा । हरिवन नगरपालिका–११ घरभइ हाल अमेरिकामा बस्ने समाजसेवी शैलेश मैनालीले विपन्न समुदायको छात्रालाई अध्ययनमा टेवा पुगोस् भन्ने उद्देश्यले शैलेश(जननी फाउण्डेसन स्थापना गरी अब बर्सेनि यसैगरी चार जना छात्रालाई छात्रावृत्ति प्रदान गर्ने भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

13 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

1 महीना पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

3 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले