+977 9854027065 | akulpdsah@gmail.com

शरदीय नवरात्रामा सिंगो जनकपुरधाम बेहुली झैं श्रृंगारियो राममन्दिर क्षेत्र टिकटकको अखाडा

3 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

751 Views

कमल साह
जनकपुुरधाम, असोज १४ गते । शरदीय नवरात्रा सोमवारदेखि आरम्भ भएको एकदिन अघिदेखि सेल्फीसंगै टिकटकको अखाडा भएको छ ।
देवनगर जनकपुरधामको प्रमुख मन्दिर मध्येको एक रामदरबार, स्वर्णमण्डप नामबाट प्रचारित राममन्दिरको अर्को आंगनमा माता राजदेवी विराजमान छिन । माता राजदेवी प्रति आस्था र विश्वास जनकपुरवासीमा उब्जदै आएको ले नै सो क्षेत्र श्रद्धालु भक्तजनको लागि अचेल केन्द्रबिन्दु बन्नगएको हो ।
राममन्दिर क्षेत्रको दक्षिणमा विजारमान वौधि माता र अन्नपूर्णा माता परिसपनि श्रद्धालु भक्तजनलाई टिकटक बनाउने स्थलमा परिणत भएको छ ।
राजदेवी मन्दिर,बौधि मात र अन्नपूर्णा माता क्षेत्रमा यतिखेर किशोर किशोरदेखि युवा युवतिसम्मले ठाउँ पिछै टिकटक बनाउनमा व्यस्त देखिन्छन । माताको मन्दिरमा दर्शन पूजन र टिकटक बनाउने दुईटै मनसायबाट प्रेरित उनिहरु यहाँ आउने गरेकोले भिड निकै लागेका छन ।
बडा दशैं अवसरमा जनकपुरधामको राजदेवी मन्दिर, बौधि माता र अन्नपूर्णा मात श्रद्धालु भक्त जनको लागि प्रमुख केन्द्रबिन्दु बन्दै आएको ले भिडभाडमा सचेत रहन यहाँका महावीर युवा कमिटी, राम युवा कमिटिले वेला बखतमा अपिल गर्दैछन ।
शरदीय नवरात्राको अवसरमा जनकपुरधाम नगर क्षेत्रका युवा क्लबहरुले आ–आफ्ना नजिक रहेको विभिन्न शक्ति पीठहरुलाई गच्छ अनुसार सजाएका छन । यसले समग्र जनकपुरधाम सजिएको तथा भक्तिभावमा डुवेको भान भईरहेको छ ।
राम मन्दिर क्षेत्र अन्तर्गत रहेको राजराजेश्वरी माता (राजदेबी माता) मंदिर तथा परिसरलाई महावीर युवा कमिटीले र राम युवा कमिटी ले अन्नपूर्णा माता र बौद्धि मातालाई बेहुली जस्तै सजाएको छ । माता मंदिरमा पण्डाल बिजुली बत्ती तथा मनोरंजनको व्यवस्था महावीर र राम युवा कमिटीले गरेर नवरात्रालाई उत्साहमय बनाएको हो ।
त्यस्तै जानकी मन्दिर छेउमा रहेको पल्टिमाईलाई यहाँका मिथिला समाजले, तेतरीमाई युवा कमिटीले तेतरीमाई,काली समाजले काली मंदिर, राजदेबी युवा क्लबले देवी चौक स्थितको राजदेबी मंदिर,सीताराम गौशाला स्थित रहेको फुलेश्वरी माई मंदिर,पिररीया समाज ले पिररीया माईलाई, सोना माई लाई सोनामाई युवाद्वारा सजाइएका छन्् ।
उसैगरी जनकपुरधाम– २३ लादो स्थित सोनामाई युवा क्लबले सोनामाई मंदिरलाई, जउमनप २ स्थित सोनावति माता मंदिरको बजरंग युवा कमिटीले सजाइएका छन । रामानन्द युवा क्लबले दुर्गा माताको प्रतिमा बनाएर दुर्गापूजा गर्दैछ ।


त्यसैगरी रजौल स्थित दुर्गा चौक र विद्यापति चौकमा दुर्गा माताको प्रतिमा निर्माण गरी दुर्गा पूजा हुँदैछ ।
राजदेवी मंदिरमा पर्दै आएको बोका वली यहाँका मुख्य आय रहेको बताउँदै बोका काट्ने,खुकुरीमा सान चढाउने, विजुली वत्तीसमेतको खर्च कटाएर महावीर युवा कमिटीको भागमा करिब ९ देखि १० लाख आउने अनुमान गरिन्छ ।
बोका चढाउन आउनेहरुबाट प्रति बोका रु २०० लिईदै आएको छ । त्यसबाट खर्च कटाएर १० प्रतिशत राजदेवी मन्दिर निमार्ण कार्यको लागि र बाँकी रकमबाट राम र महावीर युवा कमिटीले आ–आफ्नो कोषमा आधा आधा रकम जाने प्राब्धान बनाएको छ ।
महावीर युवा कमिटी का अध्यक्ष वलराम साह भन्छन– हाम्रो संस्थामा साढे चार सय सदस्य रहेको बताउँदै त्यसमा चार सय जति युवा व्यवसायी रहेको ले उनिहरु आ–आफ्नो संस्थाबाट समेत सहयोग गर्दै आएको ले यत्रो ठुलो खर्च धान्दै आएका छौं ।
उहाँ महाअष्टमी तिथीको मध्यनजरगर्दै केहि कार्यहरुमा परिर्वतन हुने सम्भावना रहेको बताएका छन । माताको प्रसाद चढाउने तथा दर्शन पूजन माताको दाहिने भएर गर्ने व्यवस्था पहिल्ये जस्तै रहने छ ।
नवरात्राको अवसरमा राजदेवी माताको मंन्दिरमा तोरणद्वार बनाउने, विजुली बत्ति लगाउने, नवरात्रा भरिमा भजन संध्या कार्यक्रम गर्ने र नौ दिनसम्म महाप्रसाद कार्यक्रम योजना अनुसार हुँदैछ ।
त्यस्तै श्रीराम युवा कमिटीले अन्नपूर्णा (अमरखाना) माता र बौद्धी माताको गहवर सजाउने, नित्य पूजा आजा तथा श्रृंगार, भजन संध्या लगायतका कार्यक्रमहरुको निरंतर्ता दिएको छ ।
राम युवा कमिटीका प्रमेश्वर साह ले तोरणद्वार निर्माण, बिजुली बत्ति जडान,भजन संध्या कार्यक्रम तथा बौद्धि माता र अमरखाना मन्दिरमा दैनिक श्रृंगार पूजा आरती संगै मुलद्वारमा विशेषता प्रदान गरिएको बताउनु हुन्छ ।
राम युवा कमिटी का अध्यक्ष साह ले कालरात्रीमा राजदेवी मातामा केहि कारणले बोका चढाउनबाट बँचित हुँदा भोली पल्ट बिहान बौद्धि माताको मंदिरमा बोका वलि प्रदानका लागि ल्याउन भनिरहेका छन । भनिन्छ– राजदेवी माताको सात दिदी बहिनी मध्येको जेठो बौद्धि माता भएको हुनाले उहाँको लागि हरेक वर्ष केहि बोका छुट्ने गरेका हुन्छन् ।
त्यस्तै जनकपुर उप महानगरपालिका वाड नंं ५ महावीर चौकदेखि पश्चिम रहिम पथ छेउमा रहेको माता तेतरीको पुजा भव्य रुपमा मनाइदै छ ।
माता तेतरीको पूजनोत्सवका लागी स्थानीय युवाहरु एकवद्ध भई सजाईएका छन । माता तेतरीको मन्दिर गल्ली भित्र रहेको हुनाले श्रद्धालु भक्तजन तथा दर्शन गर्ने दर्शनार्थीहरुका लागी व्यवस्थित बनाएको छ । नवरात्राका लागी युवाहरुले माता तेतरीको मन्दिर स्थानीय युवाहरुले सफाई गरेका छन ।
जिवको वलि नलिने माता
जनकपुरधामको रामानन्द चोक स्थित नेपाल आपांग संघ हाता भित्रमा मनोकामना माता रहेको छ । प्रभावशाली माता मनोकामना लडु पेडा लगायतका मिष्टान्न तथा फल फूल मात्र चढाईने गरिन्छ ।
माता वैष्णवी भएको हुनाले माता मनोकामनामा खँसी,बोका लगायतका जिव वलि दिने चलन रहेको छैन । विरख कुटी अधिन अन्तर्गत रहेको सो जमिन रहेको हुनाले पहिला पहिला सोही कुटीका पुजारी आएर नित्य पूजा अर्चा गर्दै आएको थियो । तर, अचेल अपांग संघ जनकपुरले पूजा आर्चा गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..

कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..

1 दिन पहिले

नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न

सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..

1 दिन पहिले

गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..

कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..

12 दिन पहिले

जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..

मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..

13 दिन पहिले

नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..

मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..

13 दिन पहिले