उम्मेदवारलाई विजयी बनाउन भेला

कमल साह
जनकपुरधाम,असोज ३० गते । पाँचदलिय गठबन्धनका उम्मेदवार विजयी बनाउन जनकपुरधाम नगर कार्य समितिले एक वृहत्त भेला आयोजना गरेको छ ।
धनुषा क्षेत्र नं. ३ मा सत्ता गठबन्धनका अधिकारी उम्मेदवार लोकतान्त्रिक समाजवादी नेपाल(लोसपा) दुई जना छन भने एक जना नेपाली काँग्रेसबाट छन । पाँच दलको अधिकारीक उम्मेदवार बारेमा बाहेरिया उम्मेदवारलाई भोट नदिने लगायतका भ्रामक सूचना लाई मेटाउनको लागि यो भेला आयोजना गरिएको छ ।
गठबन्धन को ईच्छा विपरीत नेपाली काँग्रेसका कार्यकर्ताहरुबाट सुनिएको भ्रमक खबरलाई चिर्न सो भेला आयोजना गरिएको आयोजकले बताएका छन ।
क्षेत्र नं.३ बाट प्रतिनिधी सभा सदस्यमा लोसपाका नेता अनिल झा ले उम्मेदवारी दर्ता गराउनु भएको छ । त्यस्तै क्षेत्र ३ (ख) बाट लोसपा का प्रमेश्वर साह ले उम्मेदवारी दर्ता गराउनु भएको छ । साह २०७४ को निर्वाचनमा प्रदेश सभा सदस्यमा यसै निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए ।
उनि निर्वाचित भएपछि यस क्षेत्रका गाउँ गाउँमा बजेट विनियोजन गरेर विकास निर्माण गराउनु भएको ले प्रदेश क्षेत्रका युवादेखि वृद्धसम्ममा लोकप्रिय रहेका छन ।
त्यस्तै क्षेत्र ३ (क ) बाट पाँचदलिय अधिकारीक उम्मेदवार भएर मनोनयन दर्ता पूर्व प्रदेश मंत्री रामसरोज यादव गराएका छन ।
लोसपाका नगर अध्यक्ष मनोज कुमार चौधरीको अध्यक्षतामा आरम्भ भएको भेलामा दुई दर्जन भन्दा बढी वक्ताहरुले अधिकारीक गठबन्धन बाहेकका उम्मेदवारको मुख नहेर्नको आग्रह गर्नुभएका छन ।
कमेन्ट गर्नुहोस्

जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..
कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..
24 घन्टा पहिले
नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..
1 दिन पहिले
गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..
कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..
12 दिन पहिले
जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..
मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..
13 दिन पहिले
नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..
मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..
13 दिन पहिले
संवाददाता
संवाददाता

