नेपालका पिछड़ा वर्ग (ओ बि सी) को राष्ट्रीय महाधिवेशन सम्पन्न

राकेश यादब (सौगात), जनकपुरधाम
जनकपुरधाम, माघ ११ गते । नेपाल का पिछड़ा वर्ग (ओ बि सी) को राष्ट्रीय महाधिवेशन यहाँ माघ १० गते सम्पन्न भएको छ. ।
जनकपुरधाम उद्योग बाणिज्य संघ को राजर्षि जनक सभा कक्षमा आरम्भ भएको उदघाटन सत्र को प्रमुख अतिथि प्रदेश नम्बर २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले पिछडा वर्ग ओबीसीको विकास बिना यो प्रदेश समृद्ध नहुने बताएका छन् ।
उहांले पिछडावर्ग ओबीसी महासभालाई सम्बोधन गर्दै भन्नुभयो ओबीसीको विकास बिना प्रदेश २ मा कुनै काम गर्न सम्भव नहुने बताउनु भएको छ ।
मंत्री साह ले हाम्रो मुलुकमा विभिन्न किसिमको आन्दोलन भएको हो, तर जनताको अनुभव भइराखेकेको छैन बिचार राख्दै थप्नुभयो, प्रदेश २ मा ओबीसीकै सरकार रहेको बताउँदै मन्त्री साहले भने, ‘संविधानमा हाम्रो हक छ तर सिस्टममा गएको छैन ।’
ओबीसीलाई अधिकार दिन मूलधारमा ल्याउँदा राम्रो हुने उनको भनाइ छ । कार्यक्रममा प्रदेश २ का आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवहा ले भने, ‘ओबीसी २२ वर्षदेखि संघर्ष गर्दै आएको छ अहिलेसम्म उपलब्धि पाउन सकेको छैन । दुःख लाग्छ ।’
सविधानमा पाँच वटा धारामा ओबीसीको चर्चा रहेको र ओबीसीका विचार धेरै राम्रो रहेको उनले बताए । पिछडा वर्ग प्रतिष्ठानको पनि व्यवस्था गर्नु पर्नेमा मन्त्री कुशवहाले सल्लाह दिए ।
प्रदेश २ का प्रदेश सभाकी सदस्य निरा साहले जनगणनाको आधारमा जबसम्म हाम्रो संगठन हुँदैन तबसम्म हामीहरुको माग पूरा नहुने बताए ।
आयोजक पिछडावर्ग महासभा केन्द्रीय कार्यसमिति राष्ट्रिय अध्यक्ष राजकुमार महतोले मेचीदेखि महाकालीसम्म ओबीसीको टिम बनाएको र २१ वटा जिल्ला समितिसमेत बनाएको बताए । उनले आउने दिनमा प्रदेश सरकारबाट सहयोग हुने आशा राखेको बताए ।
कमेन्ट गर्नुहोस्

जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..
कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..
4 घन्टा पहिले
नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..
4 घन्टा पहिले
गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..
कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..
12 दिन पहिले
जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..
मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..
12 दिन पहिले
नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..
मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..
12 दिन पहिले
संवाददाता
संवाददाता

