+977 9854027065 | akulpdsah@gmail.com

सर्लाहीमा माओवादीका बागीले गठबन्धनलाई धोका

3 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

680 Views

सन्जु कर्ण, सर्लाही,
सर्लाही, कार्तिक २३ गते । सर्लाही क्षेत्र नम्बर ३ को प्रदेशसभा (क) मा माओवादी केन्द्रबाट बागी उठेका उम्मेदवारले पाँचदलीय गठबन्धनका उम्मेदवारलाई अप्ठ्यारो अवस्था सिर्जना गरेका छन ।
सत्तारुढ गठबन्धनबाट सर्लाही ३ को प्रतिनिधिसभामा माओवादी केन्द्रबाट नरेन्द्र साह र प्रदेशसभातर्फ (क) मा नेकपा एकीकृत समाजवादीका डिल्ली उप्रेती तथा (ख)मा नेपाली कांग्रेसका हरेशप्रसाद महतो उम्मेदवार छन् । तर, प्रदेशसभाको (क)मा गठबन्धनका उम्मेदवार उप्रेतीविरुद्ध माओवादी केन्द्रबाट जबाहरलाल कुशवाहाले बागी उम्मेदवारी दिएपछि गठबन्धनको मत विभाजन हुने अवस्था सिर्जना भएको छ ।
गठबन्धनको मत प्रभावित हुन नदिन मंगलबार माओवादी केन्द्रका दुईजना स्थायी समिति सदस्य र दुई जना पोलिटब्यूरो सदस्यसहित गठबन्धन दलका एकदर्जन नेताले हरिवन नगरपालिका ८ को वडा भेलामा उपस्थित भएर गठबन्धनको पक्षमा मत मागेका छन् ।
कार्यक्रममा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा मधेश प्रदेश इन्चार्ज गणेश साह, अर्का स्थायी समिति सदस्य प्रल्हाद बुढाथोकी, पोलिटब्यूरो सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज अच्युतम काफ्ले र पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री रामेश्वर राय यादव लगायतका नेताले एकै स्वरमा गठबन्धन दलका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका हुन ।
उनीहरुले आफ्ना पार्टीका स्थानीय नेता कार्यकर्ता र मतदातालाई संघ र प्रदेश दुवैतर्फ गठबन्धन दलका साझा उम्मेदवारलाई मतदान गर्न र बागीको भ्रममा नपर्न आग्रह गरे ।
माओवादीबाट प्रदेशसभामा बागी उठेका कुशवाहालाई माओवादी केन्द्रबाट निर्वाचित हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकी र बागमती नगरपालिकाका मेयर भरत थापाले साथ दिएको गठबन्धनका अन्य दलको आरोप छ ।
सर्लाही ३ को प्रदेशसभा (क)मा सत्तारुढ गठबन्धनबाट उप्रेती, एमाले नेतृत्वको गठबन्धनबाट हरिवन नगरपालिकाका पूर्वमेयर गणेश प्रसाइँ र माओवादीबाट बागी उठेका स्वतन्त्र उम्मेदवार कुशवाहबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । यसअघि एमालेबाट हरिवन गाविसको उपाध्यक्ष र अध्यक्ष भैसकेका उप्रेती प्रेदशसभामा दोस्रो जीतको खोजीमा छन्। ०७४ सालको निर्वाचनमा उनी एमाले माओवादी गठबन्धनबाट प्रदेशसभामा विजयी भएका थिए ।
हरिवन नगरपालिकाका पूर्वमेयर प्रसाइँ भने गएको स्थानीय तह निर्वाचनमा हरिवन नगरपालिकाको मेयरमा दोहोरिन नपाएपछि प्रदेशसभाको उम्मेदवार बनेका हुन्। गएको ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा एमालेको तर्फबाट मेयरको उम्मेदवार बनेका प्रसाइँ माओवादी केन्द्रका बुढाथोकीसँग पराजित बनेका थिए ।
कुशवाहा भने स्थानीय तहको निर्वाचन लगत्तै नेपाली कांग्रेस परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका नेता हुन्। प्रचण्डको हातबाट टीका लगाएर माओवादीमा प्रवेश गरेका कुशवाहाले प्रदेशसभामा टिकट नपाएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..

कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..

16 घन्टा पहिले

नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न

सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..

16 घन्टा पहिले

गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..

कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..

12 दिन पहिले

जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..

मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..

12 दिन पहिले

नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..

मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..

13 दिन पहिले