+977 9854027065 | akulpdsah@gmail.com

कमला नपाको आन्दोलन स्थगित नगराईनको जारी

3 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

742 Views

कमल साह
जनकपुरधाम,मंसिर २५ गते । कमला नगरपालिकामा शिक्षकहरुले गरेको आन्दोलन स्थगित भएको छ । तर,नगराइन नपाका सम्पूर्ण कर्मचारी आन्दोलनमा उत्रेका छन ।
धनुषा जिल्लाका कमला रनगराइन नगरपालिकाको सधारण सभा अहिल्येसम्म हुन नसकेको ले नपाका सम्पूर्ण कर्मचारीले पछिल्ला पांच महिनादेख तलब पाएका छैन ।
पाँच पाँच महिनसम्म तलब नपाएको नगराईन नपाका सम्पूर्ण कर्मचारी आन्दोलनमा उत्रेका छन भने कमला नपाका मात्र शिक्षकहरु आन्दोलनमा उत्रेका थिए । कमला नपाले गत बुधबार बोर्डको बैठक गरेर आन्दोलनलाई मथर पार्न सफल भएको हो । तर, नगराईन नपाका बोर्डले यसमाथि उदासिन्ता देखाएको ले समस्या समाधान हुन सकेको छैन ।
कमला नपाका मेयर विशेश्वर यादव यसलाई सक्रियता पूर्वक लिई गत बुधबारबैठक गरियो । बैठकबाट चाँडौ भन्दा चँडौ सधारण सभागरी तलब खुवाउने सहमति भएको थियो ।
शिक्षकहरु सहमतिको अधारमा काममा फर्केका छन । संयुक्त शिक्षक संघर्ष समितिका अध्यक्ष अशोक कुमार मण्डल संग बुधबार भएको सम्झौता अनुसार विहिवारदेखि शिक्षकहरु आ–आफ्नो विद्यालय फर्केका छन ।
कमला नपा अन्तर्गत संचालित १९ वटा विद्यालयका १४० जना शिक्षकले संयुक्त शिक्षक संघर्ष समिति गत मंसिर १४ गते गठन गरेको छ । उनिहरुको एकमात्र मांग तलब मिल्नुपर्ने मांग राख्दै पालिकामा धर्ना बसेका थिए ।
त्यस्तै नगराईन नपाका कर्मचाहरुले तलब पाउनुपर्ने मांग राख्दै आन्दोलन गर्दै आएका छन ।
यस्लेगर्दा नगारईन नपा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य, कृषि, पशुस्वास्थ्यमा कार्यरत कर्मचारीले पछिल्ला पाँच महिनादेख तलब नपाएपछि उनिहरु बाध्य भएर गत शुक्रबारदेखि कार्यालयमा तालाबन्दी गरेर आन्दोलनमा उत्रेका छन ।
नगराइन नपाको विकासका लागि आन्तरिक तथा बाहय रकमको बजेट विनियोजन गरेर काम गर्ने जनप्रतिनिधीहरुको कारण सम्पुर्ण कर्मचारी आन्दोलनमा उत्रेका छन ।
यसले गर्दा आईतवारदेखि पालिका भरीका सम्पूर्ण शैक्षिक संस्थाहरु, स्वास्थ्य शाखाहरु प्रभावित हुनेछ ।
जनप्रतिनिधीहरु बीच आरम्भ भएको जुंगका लडाईमा कर्मचारीहरुसमेत पिल्सने गरेको ले उनिहरु बाध्य भएर आन्दोलनमा उत्रेका छन ।
संयुक्त संघर्ष समितिका अध्यक्ष राकेश कुमार लाभ द्वारा हस्ताक्षरित ज्ञापन पत्र विहिवार नगराई नगरपालिका नगर प्रमुख विनय कुमार यादव, जिल्ला प्रशासन कार्यलय धनुषा, जिल्ला समन्वय समिति धनुषा, शिक्षा विकास तथा समन्वय इकाई धनुषा समेतलाई बुझाई सकेको बताउनु हुन्छ ।
उहाँ भन्नुहुन्छ, गत श्रावण महिनादेखि कर्मचारीहरुले तलब रत भत्ता खान पाएको छैन । तलब भत्ता खुवाउनको लागि मौखिक रुपमा पटक पटक ताकेदा गर्दै आएको थिए । तर, त्यसलाई कसैले वास्ता नगरको हुनाले हामी आईतवारदेखि बाध्य भएर आन्दोलनमा उत्रेका छौं ।
नगराई नगरपालिका अन्तर्गत विभिन्न सेवा प्रदान गर्दै आएका झण्डै तीन कर्मचारी हडतालमा जाने भएको उहाँले बताउनु भयो ।
नगरको विकास गर्न सपथ खाएर आउनु भएको झण्डै दुई महिना पछि जनप्रतिनिधी बीच जुहारी शुरु भएको बुझिन्छन । यसले गर्दा पालिका अन्तर्गत संचालित सम्पुर्ण सेवाहरु आईतवार देखि अवरुद्ध हुनेछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..

कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..

12 घन्टा पहिले

नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न

सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..

12 घन्टा पहिले

गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..

कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..

12 दिन पहिले

जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..

मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..

12 दिन पहिले

नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..

मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..

12 दिन पहिले