जेष्ठ नागरिक सेवाबाट बञ्चीत
.jpg)
कमल साह
जनकपुरधाम,माघ २६ गते । जनकपुरधाम उपमहानगरमा झण्डै ३ हजार साढे सात सय जेष्ठ नागरिक लगायतका लाभग्राही पहिलो किस्तामा सेवा पाउनबाट बंचित भएका छन ।
जनकपुरधाम उप–महानगरपालिकाको जनसंख्या झण्डै २ लाख रहेको मा ३ हजार ७ सय ३७ जना लाभग्राहि पहिलो किस्ता पाउनबाट बँचित भएका छन ।
जनकपुरधाम उप महानगरको कतिपय वडा अध्यक्ष को हेलचक्राई ले छुट्न गएको कुरा जनकपुरधाम उपमहानगर कार्यालयमा विभिन्न वडावाट आउने जेष्ठ नागरिकको भनाई बाट बुझिन्छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार जनकपुरधाम उप–महानगरपालिकाको कूल जनसंख्या १ लाख ९५ हजार ४ सय ३८ रहेको छ । त्यसमा झण्डै साढे ३७ सय लाभग्राही पहिलो किस्ता पाउनबाट बंचित भएका छन ।
जनकपुरधाम पंजिकरण शाखाका अनुसार जेष्ठ नागरिक अन्य ४२२,जेष्ठ नागरिक दलित २०६,जेष्ठ नागरिक एकल महिला १२८,विधवा १५५,अपांग (क) २१,अपांग (ख) ३४,बाल बालिका क्षेत्र तोकिएका २१०५,बालबालिका दलित ६६५ र लोपन्मुख जाति १ गरि कुल ३ हजार ७ सय ३७ जना लाभग्राही पहिलो किस्ता बुझनबाट बंचित भएका हुन ।
जेष्ठ नागरिकमा पहिलो किस्ता बुझनबाट बँचित हुनेहरु अधिकांश महिला छिन । त्यसमा पनि ग्रामिण वडाहरुबाट आएका महिलाहरु थिईन ।
जनकपुरधाम उप महानगरपालिकामा ग्रामिण क्षेत्रका वडाहरुमा बिन्धी,बसबिटी, कुर्था, बेंगाशिवपुर, कनकपट्टी, महुवा प्रको, लोहना, देवपुरा रुपैठा र बसहीया रहेका छन ।
गृहमंत्रालयले यी गाविसहरुलाई २०७१ सालमा गाभेर जनकपुर नगर पालिकालाई उप–महानगरपालिका घोषणा गरेको थियो । पछि स्थानिय सरकारले जनकपुरको पछाडी धाम जोडेर जनकपुरधाम उमनपा बनाएको छ ।
पंजिकरण कार्यालयमा कार्यरत एक जना कर्मचरी ले बताए अनुसार पहिलो किस्ता वितरण गर्नुभन्दा अघिसम्म दर्ता नभएको लाई पहिलो किस्ता पाउनबाट बंचित हुनुपर्ने छ ।
वडाकार्यालयमा कार्यरत कर्मचारी जिम्मेवार नभई दिएको हुनाले कतिपय सर्व साधारण लाभग्राही किस्ता पाउनबाट बंचित हुन लागेर देखेर उनिहरु दुखित बन्न थालेका छन ।
यस सम्बन्धमा जनकपुरधाम उप महानगरपालिकाका कार्यालय प्रमुख संग बुझन खोज्दा उनि सम्पर्कमा आएनन् ।
राष्ट्रिय जनगणना ०७८ अनुसार जनकपुरधाम उपमहानगरमा १ लाख ४ सय १७ जना पुरुष र ९५ हजार २१ जना महिला रहेका छन ।
कमेन्ट गर्नुहोस्

गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..
कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..
11 दिन पहिले
जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..
मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..
11 दिन पहिले
नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..
मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..
11 दिन पहिले
होटल व्यवसायीहरुको व्यवसायिक क्षमता अभिवृद्धि गर्ने प्..
नारायण घिमिरेमहोत्तरी, असार ८ गते । मधेस प्रदेशका होटल सञ्चालकहरुको व्यवसायिक क्षमता अभिवृद्धि तथा होटेलको स्त..
13 दिन पहिले
संघीय निजामती सेवा विधेयकमा मधेशी समुदायको समावेशीताको..
प्रेमचन्द्र झा, काठमाडौं, असार ०३ गते । संघीय निजामती सेवा विधेयक, २०८२ मा मधेशी समुदायको निष्पक्ष, समावेशी र न्या..
18 दिन पहिले
संवाददाता
संवाददाता

