+977 9854027065 | akulpdsah@gmail.com

जनकपुरको बर्तमान स्वरुप लिपिबद्ध हुनुपर्छ–वक्ताहरु

2 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

585 Views

कमल साह
जनकपुरधाम,फागनु १० गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम प्राचिन मिथिलाको राजधानी एवं धार्मिक पर्यटक नगर जनकपुरधामको जो अहिलेको अवस्थासम्ममा आई पुगेको हो । त्यसलाई लिपिबद्ध हुनु आजको आवश्यकता हो वक्ताहरुले बिचार व्यक्त गर्नुभएका छन ।
सम्बाद सम्बाहकद्वारा आयोजित तथा रङ्गवाटिका नेपालद्वारा संयोजन गरिएको कार्यक्रममा वक्ताहरुले विभिन्न पक्षमाथि धारना राख्दै भन्नुभयो,‘हाल जो अवस्थामा रहेको हो देवनगरी जनकपुरधाम त्यसको विकास बारेमा इतिहास कायम राख्नको लागि लिपिबद्ध हुनुपर्ने बताएका छन ।
समाजका गणमान्य व्यक्तित्वहरुले जनकपुरधामको
वर्तमान जुन स्वरुप होे त्यो बनाउनको लागि थुप्रै जनाले लाग्नु भएको ले उनिहरुको बारेमा लिपिबद्ध हुनुपर्छ बिचारहरु आएका छन ।
प्राचिन जनकपुरधाम महाभुकम्पबाट जोग्न सकेको थिएन । यो क्षेत्र जंगलमा परिणत भएको थियो । तर, जनकपुरको खोजमा निस्कनु भएको दुई सिद्ध संत चतुर्भुज गिरी र सुरकिशोर दास ले पत्ता लगाउनु भयो । रामजानकी भगवानको मुर्ति उत्खनन् गार्नुभयो र नित्य पूजा आरती तथा भोगराग आरम्भ गर्नुभयो ।
आज जुन अवस्थामा जनकपुरधाम आईपुगेको हो, त्यसमा ती दुई सन्तको योगदान रहेको बक्ताहरुले बताउँदै त्यहाँबाट नै जनकपुरधामको लिपिबद्ध हुनुपर्ने मन्तव्य राख्नुभयो ।
जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह ले प्रमुख अतिथिको आसनबाट जानकी मन्दिरलाई विश्व सम्पदा सुचिमा सूचिकृत गराउनको लागि यहाँ जे जस्तो पूर्वाधार बनाउनु पर्ने हो त्यसको लािग हामी कुनै सम्झौता कहिंबाट गर्ने छैनौ सो अवसरमा बताउनु भयो ।
मधेश प्रज्ञाप्रतिष्ठानका अध्यक्ष प्राज्ञ रामभरोष कापडीले जनकपुरधाम बनाउनमा थुप्रै तपश्वी, सिद्धसाधक, समाजक गुणीमुनीको आ–आफ्नै विशेष योगदान रहको लाई साहित्यमा उल्लेख हुनुपर्छ भन्नुभयो ।
त्यस्तै जनकपुरधाम उपमहानगरापलिकाका उपमेयर किशोरी साह ले यहाँ कुन व्यक्तिको कस्तो योगदान रहेको हो त्यस प्रकारको पहिचान परिचय खुल्नेखालका कुनै साहित्य तयार हामी बिचमा नरहेको ले त्यसता कुराहरु खुलाउनको लागि अभिलेखिकरण हुन आवश्यकता हो भन्नुभयो ।
मैथिली विभागका पूर्व विभागा प्रमुख डा पशुपतिनाथ झा ले ५२ कुटी ७२ कुण्डा जनकपुरको सोक्ती हो तर, त्यो सरोवरहरु अचेल विलिन गराईदै आएको प्रति सचेत रहनु आजको आवश्यकता रहेको बताउनु भयो ।
सम्वाद सम्वाहकको आयोजनामा आयोजित कार्यक्रमको सभापतित्व रंगवाटिकाका अध्यक्ष रामआशिष मण्डलले गर्नुभयो ।
कार्यक्रममा सहभागीहरुले अफ्नो धारना राख्दै भन्नुभयो, वर्तमान पुस्ता एवं भावि सन्ततीलाई दीग्भ्रमित हुनुबाट जोगाउनको लागि प्राचीन अवस्थाको विश्लेषण हुनु आवश्यकता हो ।
आधुनिक जनकपुर एवं वर्तमान अवस्थाको लिपीबद्ध इतिहास लेखन गरिदै जानुपर्ने विषयमा प्रायः ले एक मतबाट एकबद्धता प्रकट गर्नुभयो ।
सो कार्यक्रमको विशेष अतिथि बृहत्तर जनकपुरक्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साह, बुद्धिजीवी डा.बिजय कुमार सिंह, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानके अध्यक्ष डा. रामकेवल शाह, साहित्यकार डा. रेवतीरमण लाल,समाजसेवी ई. प्रकाशचन्द्र साह, प्रेसस्वतन्त्रता सेनानी पत्रकार अशोक रौनियार, रामभरत साह, प्रदेश पत्रकार संघके अध्यक्ष राजेशकुमार कर्ण, जनकपुरधाम उपमहानपाका उपप्रमुख किशोरी साह, पत्रकार साहित्यकार रोशन जनकपुरी, उपेन्द्रभगत नागवंशी,नित्यानन्द मण्डल, सुजीतकुमार झा, पत्रकार श्रीनारायण साह, कमल साह, पुरण गुप्ता,राजन कुमार सिंह, कलाकार मदन ठाकुर, युवा उमेश चौधरी,प्रफूल्लराज घिमिरे लगायतको पनि सहभागी रहियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..

कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..

11 दिन पहिले

जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..

मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..

11 दिन पहिले

नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..

मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..

11 दिन पहिले

होटल व्यवसायीहरुको व्यवसायिक क्षमता अभिवृद्धि गर्ने प्..

नारायण घिमिरेमहोत्तरी, असार ८ गते । मधेस प्रदेशका होटल सञ्चालकहरुको व्यवसायिक क्षमता अभिवृद्धि तथा होटेलको स्त..

13 दिन पहिले

संघीय निजामती सेवा विधेयकमा मधेशी समुदायको समावेशीताको..

प्रेमचन्द्र झा, काठमाडौं, असार ०३ गते । संघीय निजामती सेवा विधेयक, २०८२ मा मधेशी समुदायको निष्पक्ष, समावेशी र न्या..

18 दिन पहिले