+977 9854027065 | akulpdsah@gmail.com

जानकी मन्दिरमा फुलमाला बेच्नेलाई लक्ष्मण मन्दिरको पसल कबलमा बसाउने

2 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

748 Views

कमल साह
जनकपुरधाम,फागुन २२ गते । जानकी मन्दिर परिसरमा रहेको लक्ष्मण मन्दिरको पसल कबल खाली गराएर फुलमाल गर्नेेलाई व्यवस्था मिलाईने भएको छ ।
विश्वका हिन्दुहरूको आस्थाको केन्द्र जानकी मन्दिर परिसरमा फुलमाला तथा सिन्दुर बिक्री गर्नेहरुबाट अव्यवस्थित हुँदै आएका हुन्छन । यसलाई समेत व्यावस्थित पार्न प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले निर्णय लिनु भएको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दहालको अध्यक्षतामा विहिवार अधिकृत संगमको सभाकक्षमा आयोजित सर्वपक्षीय बैठकबाट उक्त निर्णय गरिएको छ ।
साथै जानकी मन्दिर परिसरमा जानकी मन्दिरको आयोजनामा हुने धार्मिक तथा सांस्कृतिक कार्यक्रम बाहेक अन्य कुनै कार्यक्रम गर्नमा निषेध गरेको छ ।
तर, मिथिला नाट्य कलापरिषदले हरेक वर्ष जानकी मन्दिर परिसरमा आयोजना गर्दै आएको दुई दिने होरी महोत्सवलाई यसपालीको लागि अबरोध गरिएको छैन । तर, मिनापले अगामी वर्षबाट सो कार्यक्रम गर्न पाउने छैनन् ।
जानकी मन्दिर परिसरमा होली महोत्सव होस्, या केहि दिन अघि सम्पन्न भएको जनकपुर साहित्य महोत्सव लगायतका कार्यक्रम गर्नमा निषेध गरेको छ ।
जानकी मन्दिरमा कार्यक्रम गर्दा मन्दिर फोहर हुनुका साथै सुरक्षा चुनौती बढ्ने भएको भन्दै कुनै पनि कार्यक्रम गर्न नपाउने निर्णय सर्वपक्षीय बैठकले गरेको छ ।
जानकी मन्दिरले परम्परा देखि आयोजना गर्दै आएको विवाहपञ्चमी, रामनवमी जस्ता धार्मिक कार्यक्रमहरू गर्नमा कुनै प्रकारको अवरोध नहुने बैठकले निर्णय गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी दहालले जानकारी गराउनुभयो ।
सो बैठकमा जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साह, जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव, वृहत्तर जनकपुर विकास क्षेत्र परिषदका अध्यक्ष शितल साह, जनकपुरधाम उमनपा २३ का वडाध्यक्ष राघवेन्द्र साह, सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।
जानकी मन्दिर परिसरमा कार्यक्रम गर्दा हालै मात्र लगाइएको मार्बल फुट्ने गरेका छन् ।
धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जनाए अनुसार यहाँका अर्का धार्मिक महत्वको स्थल जनक मन्दिर बारेमा पनि चर्चा भएको छ ।
विद्युत् महसुल नबुझाएको ले जनक मन्दिरमा विद्युत् लाइन काटिएको लाई हालका लागि जडान गरिदिने निर्णय भएको छ । साथै सो मन्दिर माथि भएको बाँकी बक्यौता विषयमा आवश्यक प्रतिवेदन पेश गर्नका लागि जिल्ला प्रशासन कार्यालय, प्रहरी, गुठी संस्थान, विद्युत् प्राधिकरण, जनकपुरधाम उपमहानगरपालिकाका प्रतिनिधि सहितको कार्यदल गठन गर्ने निर्णय गरेको छ । कार्यदलले समस्या समाधानका लागि प्रतिवेदन पेश गर्ने निर्णय भएको जनाएको छ ।
नेपाल विद्युत् प्राधिकरणको महसुल विभिन्न मठ मन्दिर, कार्यालय तथा जनकपुरधाम उपमहानगरपालिकाको सडक बत्ती बापत बक्यौता रहेको भन्दै प्राधिकरणले पटक पटक महसुल माग गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

हंसपुर नगरपालिकामा ८४ करोड भन्दा बढी बेरुजु

मिथिला जागरण समाचारदाताजनकपुरधाम, बैशाख २० गते । हंसपुर नगरपालिकामा ८४ करोड भन्दा बढी बेरुजु रहेको छ । महालेखापर..

8 दिन पहिले

खुलेआम अवैध रूपमा नदीजन्य सामग्री उत्खनन सम्बन्धीत निक..

धिरेश दत्तजनकपुरधाम, बैशाख १८ गते । धनुषाको मिथिला नगरपालिका–५ स्थित औरहीबाबा सामुदायिक वन क्षेत्रबाट दिउँसो..

10 दिन पहिले

पुर्ब राजा ज्ञानेन्द्रलाई काशिको पुजारी बन्न सुझाए – मन..

रश्मि पटेल, रौतहटरौतहट, चैत्र १९ गते । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एब्म पुर्ब मन्त्री योगेन्द्र यादवल..

1 महीना पहिले

पत्रकार रजकको हत्या विरोधमा रैली

कमल साहजनकपुरधाम ,चैत्र १६ गते । नेपाल पत्रकार महासङ्घ धनुषाले एभिन्युज टेलिभिजनका क्यामरा पर्सन सुरेश रजकको शु..

1 महीना पहिले

हंसपुर नगरपालिकामा माओवादीको तालाबन्दी

कमल साहजनकपुरधाम,चैत्र १५ गते । हंसपुर नगर प्रमुखलाई गुठीको जमिनमा निर्माण भएको घर भत्काउन दबाबको लागि मओवादीका ..

1 महीना पहिले