प्रेस मंच नेपाल मधेश प्रदेश समितिको अधिवेशन चैत्र १६ गते हुने
.jpg)
रश्मि पटेल, रौतहट
रौतहट, चैत्र ३ गते । मधेश प्रदेस समिती प्रथम बैठक प्रेस मंच नेपालको आयोजनामा भएको छ । जनता समाजवादी पार्टी नेपालको भातृ संगठन प्रेस मंच नेपाल मधेश प्रदेश समितिको अधिवेशन चैत्र १६ गते हुने भएको छ । मधेश प्रदेश समितिको अधिवेशनलाई प्रभावकारी बनाउन आठ जिल्ला मध्ये रौतहट ,बारा र पर्साको अधिवेशन गर्नुपर्ने बाकी रहेको विषयमा छलफल गरिएको हो ।
प्रेस मंछ नेपाल जिल्ला समिती रौतहटको जिल्ला भेला यही चैत्र १३ गते हुने निर्णय समेत गरिएको मधेश प्रदेश समिती अध्यक्ष अमरेन्द्र यादवले बताएका हुन् ।
प्रेस मंच नेपाल मधेश प्रदेश समितीका सप्तरी ,सुनसरी ,धनुषा ,महोत्तरी र सर्लाही जिल्लाको जिल्ला भेलाबाट अधिवेशन भइसकेको ,बाकी बारा पर्सा र रौतहट जिल्लाको मधेश प्रदेश समितीको अधिवेशन अगावै भेला हुने अध्यक्ष अमरेन्द्रले जानकारी गराए।
यही चैत्र १८ गते प्रेस मंच नेपालका केन्द्रिय भेलामा सहभागी संचारकर्मीलाई जनता समाजवादी पार्टी नेपालको राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवद्वारा प्रशिक्षण दिइने भएको छ ।
प्रमुख अतिथी जनता समाजवादी पार्टी नेपाल रौतहटको अध्यक्ष श्यामविहारी यादवले भने देश निर्माणमा पत्रकारले अहमभुमिका खेलिदै आइरहेको जनताको समस्यालाई उजागर गरि समाधान गर्ने निकाय तर्क राखेका हुन् ।प्रेस मंच नेपाल जिल्ला कार्यसमिति रौतहटलाई सबलीकरण तथा नेतृत्वदायी बनाउन हरकदम हातोमालो गरि साथ सहयोग गर्ने जिल्ला अध्यक्ष श्यामविहारी यादवलको प्रतिबद्धता गरेको छ ।
प्रेस मंच नेपाल मधेश प्रदेश समिती अध्यक्ष अमरेन्द्र यादवको अध्यक्षतामा भएको थियो भने मंचका केन्द्रिय उपाध्यक्ष मनोज यादव,केन्द्रिय सदस्य एवं नेपाल पत्रकार महासंघ रौतहट शाखा पूर्व अध्यक्ष रबिन्द्र प्रसाद साह,मधेश प्रदेश समिती महासचिव बंदना झा लगायत रौतहट जिल्लाका पत्रकारहरुको सहभागी रहेका थिए ।
कमेन्ट गर्नुहोस्

गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..
कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..
11 दिन पहिले
जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..
मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..
11 दिन पहिले
नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..
मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..
11 दिन पहिले
होटल व्यवसायीहरुको व्यवसायिक क्षमता अभिवृद्धि गर्ने प्..
नारायण घिमिरेमहोत्तरी, असार ८ गते । मधेस प्रदेशका होटल सञ्चालकहरुको व्यवसायिक क्षमता अभिवृद्धि तथा होटेलको स्त..
13 दिन पहिले
संघीय निजामती सेवा विधेयकमा मधेशी समुदायको समावेशीताको..
प्रेमचन्द्र झा, काठमाडौं, असार ०३ गते । संघीय निजामती सेवा विधेयक, २०८२ मा मधेशी समुदायको निष्पक्ष, समावेशी र न्या..
18 दिन पहिले
संवाददाता
संवाददाता

