+977 9854027065 | akulpdsah@gmail.com

बिन्धीमा वाडा कार्यालय हाम्रो लागि पायक भएन,पायक बनाउ–बेला लादो गाउँबासी

3 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1097 Views

कमल साह
जनकपुरधाम,चैत्र २२ गते । बिन्धी गाउँमा वडा कार्यालय हाम्रो लागि पायक होईन, पायक बनाउ भन्दै बेला लादो गाउँवासीले आज हाल संचालित वाडा कार्यालय अगाडी धर्ना बसेका छन ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ को वडा कार्यालयलाई बिन्धिमा होइन बेलालादोलाई पायक पर्ने ठाउँमा निर्माण हुनुपर्ने टोल विकास समिति र त्यहाँका नागरिक समाजले प्लेकार्ड को साथ आज धर्ना बसेका छन ।
उनिहरुले मेयर साहबे हाम्रो मांग पुरा गरौं,विकास प्रेमी वाडा अध्यक्ष जिन्दाबाट,वाडा बोर्ड बैठकको निर्णय कार्यान्वय गर लगायतका नारा बोकेको प्लेकार्ड प्रदर्शन गरेका छन । उनिहरुले यदि हाम्रो मांग पुरा भएन भने चक्का जाम गर्ने योजना समेत बनाएका छन ।
जनकपुरधाम उपमहानगर पालिका वडा नं. २३ मा बेला,लादो र बिन्धी गाउँ मिलेर बनेको छ । तर, वाडा कार्यालय बिन्धिमा हुनाले बेला र लादो गाउँबासीलाई दुई र तीन किलोमिटर हिडेर जानुपर्ने बाध्यता बन्दै आएको थियो । यो कुरा बेलालादो गाउँबासीले वाडा कार्यालय गठन भएको देखि आबाज उठाउँदै आएको थियो । तर, उनिहरुको कुरा राजनीतिक दलहरु देखि वाडाका जनप्रतिनिधीहरुले सुनेनन् ।
दुई गाउँ एका तिर र एक गाउँ बिन्धि एका तिर रहेको ले वाडा कार्यालय बिन्धीबाट सार्नको लागि हस्ताक्षर अभियान समेत चलेको थियो ।
यता, वडा कार्यालय संचालित ठाउँ वाडाको जिम्मा नरहेको ले वर्तमान वडा अध्यक्ष राघवेन्द्र साह ले उपहानगरपालिकाको पूर्ण स्वामित्यमा वडा कार्यलय निर्माणको लागि पहल गर्दा बिन्धि गाउँका केहि व्यक्तिले विवाद खडा गर्न पुगेको थियो । त्यसको विरुद्धमा आज लादोबेला गाउँबासीले सामुहिक रुपमा उत्रेका छन ।
वडा कार्यालयको लागि विवाद बढ्दै गएपछि वडाध्यक्ष राघवेन्द्र साहले वडावासीको जनभावना अनुसार नै वडा कार्यालय केही दिनका लागि सारेको बताएका छन् ।
जनकपुरधाम २३ बिन्धीमा रहेको वडा कार्यालयकै प्राङ्गणमा रहेको बटेश्वरनाथ महादेव मन्दिरमा सितारामा महायज्ञ भजन किर्तन भईरहेको ले केही दिनका लागि वडा कार्यालय सारिएको वडाध्यक्ष साहले बताएका हुन् । उहाँले भजन किर्तन चलिरहेको समयमा काम गर्ने वातावरण नभएको ले वडाको बैठकबाट सर्वसम्मत निर्णय गरेर चैत ८ गतेदेखि २२ दिनका लागि बेला गाउँमा संचालित गोविन्द सेवा समितिको धर्मशालामा वडा कार्यालय सारेको उहाँले प्रष्ट रुपमा बताउनु हुन्छ ।
उहाँले नाहकमा बिन्धीका केहि व्यक्तिहरुले विबाद सृजना खडा गर्न पुगेको ले हामी वडाकै बैठकबाट अब वडा कार्यालयको आफ्नो भवन निर्माण नभएसम्म गोविन्द सेवा समितिकै धर्मशालामा तत्काल कार्यालय संचालन बताउनु भयो ।
वडाध्यक्ष साहले आफूले कानुनसम्मत तरिकाले वडाको काम सञ्चालन गरिरहेको दाबी समेत गर्नुहुन्छ ।
वडा अध्यक्ष साह ले बिन्धीमा वडा कार्यालयको आफ्नो निजी भवन नहुँदा अव्यवस्थित तरिकाले सञ्चालन भइरहेको ले कार्यालय सञ्चालन गर्न असहजता उत्पन्न भईरहेको बताउनु भयो । उहांले तत्कालका लागि मात्र गोविन्द सेवा समिति दुधमती पुल बेलाबाट कार्यालय सञ्चालन भइरहेको जानकारी दिए ।
अन्तमा उहाँले लादो बेलाका नागरिक समाजले जनकपुरधाम –२३ बेलामा कार्यालय संचालन हुनुपर्ने पक्षमा प्रदर्शन समेत गर्न पुगेको ले जनभावनाको कदर गर्दै वडा कार्यालय दूधमति पूलमा ल्याइएको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

26 दिन पहिले

मधेशमा धोती दिवस मनाइयो

कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..

29 दिन पहिले

राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..

कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र  जानकी ..

1 महीना पहिले

धनकौलका उखु किसान धर्नामा

सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..

3 महीना पहिले

सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न

सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..

3 महीना पहिले