+977 9854027065 | akulpdsah@gmail.com

शहीदनगरमा अवैध नियुक्ति भएको शिक्षिकालाई हटाउन उर्दि

1 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

385 Views

कमल साह
जनकपुरधाम, वैशाख २ गते । शहीदनगरपालिका अन्तर्गत विद्यालयमा कार्यरत १६ जना बाल विकास कोटाका शिक्षिकाहरुलाई हाजिर नगर्न नगराउनकालागि पालिकाको उर्दि जारी भएको छ ।
वाल विकास कोटामा नियुक्त भएकी ७२ जना शिक्षिकामा ५६ जनाले तलब पाउँदै आएको हो । त्यसमध्ये १६ जना तलब पाउनबाट बँचित रहँदै आएको थिइन । उनिहरु सात महिनादेखि तलब पाई नरहेको ले चैत्र २६ गतेदेखि शहीदनगर नगरपालिकामा धर्ना बस्दै आएकी थिईन । तर, त्यसमा कतिपय शिक्षिकाले मेरो नियुुक्ति अवैधानीक तरिकाबाट भएको थाह पाएर उनिहरु आन्दोलनमा न अउने र विद्यालयमा उपस्थित पनि नहुने गरेकी थिईन ।
शहीदनगर नगरपालिकाले चैत्र ३० गते एक बैठक गरेर अवैधानिक तरिकाबाट बालविकास कोटामा नियुक्त गरिएका सबै शिक्षिकाहरुलाई हाजिर नगर्न नगराउनकालागि पत्र काटेको हो ।
शहीदनगर नगरपालिकामा कुल १५ वटा सामुदायिक विद्यालय संचालित छन । त्यसमा १६ शिक्षिकालाई अवैधानिक तरिकाबाट नियुक्ति दिएको शिक्षा विकास तथा समन्वय ईकाई धनुषाले उल्लेख गर्दै उनिहरुलाई हाजिर नगराउनको लागि निर्देहन दिएपछि । उनिहरु वर्खातिमा परेका छन ।
शहीदनगर नगरपालिकाका प्रमुख दिनेश प्रसाद यादवले बाल विकासका शिक्षिकाहरुको नियुक्त गरिएको बेलामा १६ जनाको अवैधतरिकाबाट नियुक्त गरिएको भन्दै निजहरुलाई हाजिर नगर्नभन्दै आवश्यक कारबाही गर्न भने बमोजिम यस्तो निर्णय गरिएको बताउनु भयो ।


नियुक्ति पाएर काम गर्दै आएकी शिक्षिकाहरुलाई पटक पटक सत्यापनकालागि बोलायौं तर,उनिहरुले सक्कल कागज उपलब्ध गराउन नसकेको ले बाध्य भएर कार्यवाही अगाडी बढाएको उहाँले बताउनु भयो ।
मेयर यादवले उनिहरुलाई सत्यापनका लागि ३÷३ पटक ताकेता गर्यौँ, तर कोही सक्कल कागज लिएर नआएपछि बाध्यभएर सम्बन्धित विद्यालयका शिक्षिकाहरुलाई हाजिर नगर्न नगराउनका लागि पत्र काटेको बताउनु हुन्छ ।
शहीदनगर नगरपालिकामा ५६ वटा बाल विकासको कोटा रहेको छ । त्यसमा ७२ जनाको नियुक्ति गरेर १६ शिक्षिकाको अवैधानिक नियुक्ति रहेको ठहर शिक्षा विकास तथा समन्वय ईकाई धनुषाले गरेको छ ।
नगरप्रमुख यादव भन्नुहुन्छ, ‘आफु कार्यकाल सम्हालेपछि विद्यालयहरुको फाइल अध्ययन गरेपछि मात्रै थाहा पायौँ १६ जना शिक्षिकाहरुको फाइल पालिकामा उपलब्ब्ध छैन ।’ त्यसपछि ती शिक्षकाहरुको फाइल खोजी कार्यमा लाग्दा उनीहरुको नियुक्ति कहिं पाउन नसकेको उहाँ थप्नुहुन्छ ।
यता आन्दोलनमा रहेकी शिक्षिकाहरुले राजनीतिक प्रतिशोध साध्नकै लागि नगरप्रमुखले हामीलाई हटाएको आरोप लगाउं छिन । उनिहरु दैनिक नगरपालिका अगाडी नगरप्रमुख बिरुद्ध प्रदर्शन गर्दै आईरहेकी छन् ।
शिक्षिका संजिला कुमारी यादवले भनिन्’ हामीसंग सक्कल कागजात नरहेकाले फोटोकापी बुझायौँ ।’ सक्कल कागजात त विद्यालय संग छ बताउँदै संजिलाले प्रधानाध्यापकसंग हाम्रो सक्कल कगजात मांग गर्नु पथ्र्यो ,तर हामीसंग माग्यो ।
नगरप्रमुख यादवले शिक्षामा हुँदै आएको भ्रष्टाचार नियन्त्रणका लागि यस्तो निर्णय हामी लिएका बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

कविता : स्वार्थ व्यवहार

       कविता स्वार्थ व्यवहार लेखक ः मनोज पण्डितबिदेह न.पा. ७,वेलापटटी, धनुषा     सोचु सोचु बाबु भैया बरहु अ..

2 दिन पहिले

कविता : नववर्षको शुभकामना

      कविता नववर्षको शुभकामना   लेखक ः मनोज पण्डितबिदेह न.पा. ७,वेलापटटी, धनुषा     रहौ खुशी रहौं हर्ष ।आनन..

2 दिन पहिले

जनकपुरमा चैते छठ लगायत तीन पर्वको चहलपहल

कमल साह जनकपुरधाम,वैशाख १ गते । प्राचिन मिथिलाको राजधानी तथा मधेश प्रदेशको राजधानी जनकपुरधाममा अचेल चैते छठ लगाय..

3 दिन पहिले

बेलाकुटीको त्रिचालिसवटा कित्ता जग्गा अतिक्रमण भएको वडा..

कमल साह जनकपुरधाम,वैशाख १ गते । रामजानकी दुलहा भगवान बेलाकुटीको ४३ कित्ता जमिन अतिक्रमण भएको तथ्याँक चैत्र २८ गत..

3 दिन पहिले

छुरा प्रहार गरि प्रीन्स महासेठको हत्या

निरंजन साह, जनकपुरधामजनकपुरधाम, चैत्र २६ गते । जनकपुरमा छुरा प्रहार गरि एक युवकको हत्या भएको छ । सोमबार दिउँसो जन..

8 दिन पहिले