सुशासन र समृद्धिका लागि सूचना प्रविधि तथा साईवर सुरक्षा

कमल साह
जनकपुरधाम,वैशाख २७ । विज्ञान र प्रविधिको युगमा कुनै राष्ट्रको समुन्नत विकासका लागि सूचना प्रविधिसंगै साईबर सुरक्षालाई पहिलो प्राथमिक्तामा राख्नु पर्दछ । त्यसो भएपछि एउटै व्यक्तिलाई नागरिकता प्रमाण पत्र बनाउन, सबारी साधनको लाईसेन्स लिन , लोकसेवा आयोग लगायतका फारम भर्न पटक पटक साईवरमा जानुपर्ने बाध्यता हट्ने छन ।
यस प्रकारका समस्या समाधानका लागि मधेश सरकार कार्य योजना बनाईरहेको मधेश प्रदेशका शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेश प्रसाद यादवले बताउनु भयो ।
उहाँले विज्ञान प्रविधिको प्रयोग विना कुनै पनि मुलुकको समृद्धि सम्भव नभएको बताउनु हुन्छ ।
कम्प्युटर एशोसिएशन मधेश प्रदेश र कम्प्युर एशोसिएशन धनुषा शाखाको आयोजना तथा सूचना तथा सञ्चार प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणको सहयोगमा विहिवार यहाँ आयोजित साइबर सुरक्षा सम्बन्धि कार्यक्रममा मन्त्री यादवले उक्त बिचार राख्नु भयो ।
मन्त्री यादवले कोरोनादेखि डिजिटल प्रविधिको अधिकत्म प्रयोगमा आएको थप्नु भयो । उहाँले कोरोना कालमा पठन पाठनदेखि राजनीतिक दलहरूको मिटिङहरुसमेत सूचना प्रविधिको अधिकतम प्रयोगबाट भएको स्मरण बताउनुुभयो ।
उहाँ अहिले मोबाइलको दुरुपयोग बढेको बताउँदै यसको दुरुपयोग रोकेर सूचना प्रविधिको क्षेत्रमा युवाहरुलाई डो¥याउन क्यानले विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।
उहाँले मधेश प्रदेश सरकार विद्यालय तहमा कसरी डिजिटल शिक्षा प्रदान गर्न सकिन्छ, कुरा प्रति आफू गम्भीर रहेको बताउनुभयो ।
कम्प्युटर एशोसिएशन नेपालका केन्द्रीय अध्यक्ष रञ्जित पोद्धारले विद्यालयहरूमा सरकारले स्थापना गरेको आइसिटी ल्याबको प्रभावकारिता बढाउनका लागि शिक्षकको व्यवस्थापन जरुरी रहेको बताउनुभयो ।
उहाँले अहिले सूचना प्रविधिको क्षेत्रमा साइबर सेक्युरिटी चुनौती बन्दै आएको ले क्यान प्रदेश प्रदेशले जनचेतनाको लागि यो कार्यक्रम ल्याएको बताउनु भयो ।
सो कार्यक्रमका प्राविधिक प्रशिक्षक हेमन्त बरालले हार्यकर,हाईकिंग,फिसिंग,साईवर विईलिंग,सामाजिक संजालका बारेमा सचेत गराउनु भयो । उहाँ नचिनेका व्यक्तिलाई प्रैmण्ड रिक्वेष्ट नगर्नु,सामाजिक संजालमा अनेकौ ठगि धन्दा भईरहेको बताउँदै ठगहरु प्रलोभन देखाएर धन इज्जत लिनेहरुबाट सावधान थप्नुभयो ।
क्यान मधेश प्रदेशका अध्यक्ष धन्नजय महत्तोको अध्यक्षतामा संचालन भएको कार्यक्रममा नरेश दास ,दिपेन्द्र साह,विनय साह लगायतले मन्तव्य राख्नुभयो । अन्तमा नेपाल पत्रकार महासंघका उपाध्यक्ष अवधेश कामत लगायतका सहभागिहरु संग प्यानल डिस्कर्षण भएको थियो ।
कमेन्ट गर्नुहोस्

गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..
कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..
11 दिन पहिले
जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..
मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..
11 दिन पहिले
नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..
मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..
11 दिन पहिले
होटल व्यवसायीहरुको व्यवसायिक क्षमता अभिवृद्धि गर्ने प्..
नारायण घिमिरेमहोत्तरी, असार ८ गते । मधेस प्रदेशका होटल सञ्चालकहरुको व्यवसायिक क्षमता अभिवृद्धि तथा होटेलको स्त..
13 दिन पहिले
संघीय निजामती सेवा विधेयकमा मधेशी समुदायको समावेशीताको..
प्रेमचन्द्र झा, काठमाडौं, असार ०३ गते । संघीय निजामती सेवा विधेयक, २०८२ मा मधेशी समुदायको निष्पक्ष, समावेशी र न्या..
18 दिन पहिले
संवाददाता
संवाददाता

