+977 9854027065 | akulpdsah@gmail.com

आम जनता पार्टी सर्लाहीको इन्चार्जमा रानाभाट

3 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

872 Views

सन्जु कर्ण, सर्लाही,
सर्लाही, जेष्ठ १२ गते । प्रभु साह नेतृत्वको आम जनता पार्टी सर्लाहीको जिल्ला इन्चार्जमा दीपक कुमार रानाभाट चयन भएका छन् ।

केही समयअघि नेपाली कांग्रेस परित्याग गरी आम जनता पार्टीमा लागेका रानाभाटलाई सुरुमा केन्द्रिय सदस्यको जिम्मेवारी दिइएको थियो । उनलाई अहिले फेरि जिल्ला इन्चार्जको जिम्मेवारी समेत तोकिएको हो ।

रानाभाट कांग्रेस बागमतीको नगर सभापति थिए । कांग्रेसले लामो समयदेखि नगर अधिवशेन समेत गर्न नसकेको र पार्टीभित्र अनेक कलह रहेकाले ती सबैलाई त्यागेर आफू आम जनता पार्टीमा प्रवेश गरेको रानाभाटले बताए ।

बैशाख २७ गते बयलवासमा भएको प्रथम जिल्ला भेलाबाट रानाभाटलाई इन्चार्ज र तुलसी प्रसाद हुमागाईलाई जिल्ला अध्यक्षको जिम्मेवारी दिइएको पार्टीले विज्ञप्ती जारी गरी जानकारी गराएको छ ।

सो पार्टीको १०१ सदस्यीय जिल्ला कमिटीमा सुरेश राय यादव, गंगा भण्डारी र प्रमोद साह उपाध्यक्ष, नवीन साह सचिव, जितेन्द्र सिंह दनुवार सहसचिवसहित अन्य सदस्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

12 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

1 महीना पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

3 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले