+977 9854027065 | akulpdsah@gmail.com

प्रक्रिया मिचेर नयाँ सदस्यता तथा नवीकरणबारे केन्द्रिय समितिमा सिफारिस र सच्याउन माग

5 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1109 Views

रश्मि पटेल, रौतहट
रौतहट, माघ २६ गते । नेपाल पत्रकार महासंघ प्रदेश २ ले विधि, विधान र प्रक्रिया मिचेर नयाँ सदस्यता तथा नवीकरणबारे केन्द्रिय समितिमा सिफारिस गरेको भन्दै ७ वटा जिल्ला शाखाका अध्यक्षहरुले अविलम्ब सच्याउन माग गरेका छन् ।
शनिबार जनकपुरधाममा प्रदेश २ का ७ वटा जिल्ला शाखाका अध्यक्षहरुको भेलाबाट २ बुँदे निर्णय गर्दै पत्रकार महासंघ प्रदेश २ ले केन्द्रिय समितिमा गरेको सिफारिस फिर्ता लिई नसच्याए फागुन १ गते हुने भनिएको प्रादेशिक साधारणसभामा सहभागी नहुने चेतावनी समेत दिएका छन् ।
नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष अनिल मिश्रको अध्यक्षतामा भएको भेलाबाट नेपाल पत्रकार महासंघ प्रदेश २ को समितिले शाखाहरुको अधिकारलाई कुण्ठित गरी विधान विपरित सदस्यता वितरण, नविकरण र थपघट गर्ने काम गरेकोले त्यसलाई अविलम्ब सच्याउन माग गर्ने एवं प्रदेश समितिको आगामी फागुन १ गते वीरगञ्जमा हुने दोश्रो अधिवेशन अगावै सदस्यता वितरण र नविकरणको सन्दर्भमा देखिएका समस्याहरु समाधान नभए अधिवेशनमा आफूहरुको सहभागिता नरहने विज्ञप्तिमा उल्लेख छ ।
नेपाल पत्रकार महासंघका ७ वटा शाखाका अध्यक्षहरुको भेला पछि संयूक्तरुपमा जारी गरिएको प्रेस विज्ञप्तिमा धनुषाका अध्यक्ष अनिल मिश्र, रौतहटका अध्यक्ष रविन्द्र साह, सप्तरीका अध्यक्ष जितेन्द्र खड्गा, सिरहाका अध्यक्ष दिनेश्वर गुप्ता, बाराका अध्यक्ष कमल उपाध्याय, पर्साका अध्यक्ष श्याम बञ्जारा र सर्लाहीका अध्यक्ष विश्वनाथ ठाकुरले संयूक्तरुपमा हस्ताक्षर गरेका छन् ।
भेलाबाट भएको निर्णयहरु पत्र सहित नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष केसी लामिछाने, महासचिव किरण कर्ण र केन्द्रिय सदस्य अवधेश झालाई समेत हस्तान्तरण गरी अविलम्ब सच्याउन माग गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

1 दिन पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

28 दिन पहिले

मधेशमा धोती दिवस मनाइयो

कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..

1 महीना पहिले

राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..

कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र  जानकी ..

2 महीना पहिले

धनकौलका उखु किसान धर्नामा

सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..

3 महीना पहिले