+977 9854027065 | akulpdsah@gmail.com

जनकपुरका उद्योगी व्यापारीमा चुनाव लाग्यो

4 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1054 Views

कमल साह
जनकपुरधाम,माघ २९ । जनकपुरधाम उद्योग वाणिज्य संघको निर्वाचन समिति सार्वजनिक हुँदै यहाँ का व्यापारी मामm चुनावी सर्गम्रीतातिन गएको छ ।
जनकपुरधाम उद्योग बाणिज्य संघके निर्वाचन चैत्र २८ गते हुने मिति सार्वजनिक हुँदै यहाँ विभिन्न पदमा उम्मेदवारी दिनेहरुको नामबजारमा आउन थालेका छन । कतिपय उम्मेदवारहरु स्वयं आफै व्यापारी माझमा पुगेर बोट माग्न थालेका छन भने कति पयले समाजिक सञ्जाल मार्फत आ–आफ्नो भनाई राख्न थालेका छन ।
जनकपुरधाम उद्योग वाणिज्य संघ का कार्यालय प्रमुख मनोज कुमार महासेठ ले जनाए अनुसार अगामी चैत्र २८ गते निर्वाचन समिति निर्धारण गर्दै निर्वाचन अध्यक्षपदमा संतोष साहलाई सर्वसम्मतिबाट चयनगरिएको छ ।
जनकपुर उद्योग वाणिज्य संघका सदस्यतथा नेपाल जेसीजको महानिर्वाचन गराउन सफल भएका व्यक्तित्व संतोष साहलाई निर्वाचन अध्यक्ष जउबा संघले बनाएको मा कतैबाट विरोधाध भाए आएको छैन ।
जउवा संघको निर्वाचन समिति घोषणा संगै नयाँ नेतृत्वका लागी उम्मेदवारी दिनेहरु आ–आफ्नो गरिकाबाट प्रचार प्रसारमा लागि सकेका छन ।
जउवाको अध्यक्ष पदका लागी यहाँ चर्चामा आउनेहरुमा वर्तमान अध्यक्ष ललित साह पनि छन । उहाँ जउबा संघ को एक कार्यकाल सफलता पूर्वक बिताउनु भएको छ । जउबा संघ का अध्यक्ष साह ले एक पल्ट पुनः सेवागर्न मौका दिन व्यापारीहरु माझमा आफ्नो आवाज राख्दै आएका छन ।
त्यस्तै जउवा संघका वरिष्ट उपाध्यक्ष जितेन्द्र प्रसाद साह ले अध्यक्ष पदमा उम्मेदवारी दिने सार्वजानिक गर्नु भएकोे छ । उहाँ जनकपुरधाम उद्योग वाणिज्य संघको साधारण सभाका दिन नै आफ्नो उम्मेदवारी अध्यक्ष पदमा दिने घोषणा गर्नुभएको थिए ।
उहाँ संघको कोषाध्यक्ष, महासचिव हुँदै बरिष्ठ उपाध्यक्ष सम्मको पद सम्हालेका छन् । यस पटक नेतृत्व लिनका लागि आफू तयार रहेको उनि भन्दै अएका छन् ।
उसैगरी पूर्व महासचिव हुँदै वरिष्ट उपाध्यक्ष पद सम्हालि सक्नु भएका अनिरुद्ध साह, पूर्व कोषाध्यक्ष विकास चौधरी,वर्तमान महा सचिब जितेन्द्र महासेठ अध्यक्ष पदका लागि दावेदारी दिंदै छन ।
उसैगरी वरिष्ट उपाध्यक्ष मा तीन जनाको नाम आईरहेको छ । त्यस्मा जनकपुर जेसीजको अध्यक्ष भईसकेको तथा नेपाल जेसीज मा आफ्नो कार्यक्षमता देखाई सक्नु भएका मनिष रमण साह , जनकपुरधाम उद्योग बाणिज्य संघको उपाध्यक्ष पद सम्हालि सक्नु भएको सुरेन्द्र भण्डारीको नाम पनि चर्चामा रहेको छ । उहाँ यो भन्दा पहिलेको निर्वाचनमा सदस्य पदबाट निर्वाचित भई जउबासंघमा प्रवेश गर्नु भएको थियो ।
भण्डारी समाजिक क्षेत्र संगै राजनिती तर्फ संग संगै बढदै गएका व्यक्तित्व रहेका छन । त्यस्तै अर्का एक जनाको नाम पनि वरिष्ट उपाध्यक्ष पदका लागि आई रहेको छ । प्रशोधित पानीको व्यावसाय गर्दै आउनु भएका संजय साहको नाम वरिष्ट उपाध्यपदका लागि उम्मेदवारी दिने बजारमा चर्चा भईरहेको छ ।
उस्तै उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने चर्चामा आएका नामहरुमा पेट्रोल व्यावसायी लक्ष्मण साह, मोटर पार्ट व्यावसायी अम्बु साह, हार्डवेर व्यावसायी संतोष साह, निर्वाण व्यावसायी रमेश यादव र सुनचाँदी व्यावसायी श्याम साह रहेका छन ।
जउवा संघको विधान अनुसार महिला उपाध्यक्ष पनि रहेको छ । तर, त्यस पदका लागि हालसम्म कसैको नाम चर्चामा आउन सकेको छैन ।
उसैगरी महासचिब पदका लागि उम्मेदवारी दिने चर्चा बजारमा ४ जनाको नाम आईरहेको छ । त्यसमा पेट्रोल व्यावसायी सुधिर पंजिया, औषधि व्यावसायी मनोज साह, निर्माण व्यावसायी राममहासेठ र हालजउवाको कोषाध्यक्ष पद सम्हालनु भएको अशोक चौधरीको नामचर्चा रहेको छ ।
उसैगरी सचिव पदका लागि उम्मेदवारी को लागि चचामा आएको नामहरु मध्ये जउवा संघ काकाका सदस्य एवं गैस व्यावसायी संघ काअध्यक्ष रहनु भएको फुल्देव पण्डित, निर्माण व्यावसायी संतोष महासेठ र रेडिमेड कपडा व्यावसायी गोपी साह छन् ।
त्यस्तै कोषाध्यक्ष पदका लागि २ जनाको नाम चर्चामा रहेको छ । त्यसमा गत निर्वाचनमा कोषाध्यक्ष पदमा पराजित हुनु भएका विजय साह रहेका छन । उहाँको आफ्नो व्यावसाय औषधि रहेको छ । अर्का उम्मेदवार प्रमेश्वर साह रहेका छन ।
त्यस्तै एशोसिएट सदस्य पद का लागि सुन चाँदी व्यावसायी राजिवकुमार साह(चन्द) को नाम हल सम्म चर्चामा रहेको छ । उहाँ जउवा संघको एशोसिएट सदस्य पदमा एक कार्यकाल सम्पन्न गर्दछन ।
जउवा संघको विधान अनुसार सदस्य पदमा ७ जनालाई चयन गर्नु पर्ने रहेको छ । त्यसमा एउटा सदस्य पद महिला सदस्यहरुको लागि आरक्षण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..

कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..

12 दिन पहिले

नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न

सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..

12 दिन पहिले

गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..

कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..

24 दिन पहिले

जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..

मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..

24 दिन पहिले

नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..

मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..

24 दिन पहिले