वृहत्तर जनकपुरमा फेरी विवाद श्रृजना वृहतर अध्यक्ष शितल साह भन्नुहुन्छ, ‘वर्वाद पारिएको परिषदको शुद्विकरण आवश्यक’

कमल साह
जनकपुरधाम, कात्तिक १४ गते । लुम्बीनिविकास कोष तथा पशुपति विकास कोष जस्तै मिथिला कला संस्कृति समेतको विकासका लागि स्थापना भएको वृहतर जनकपुरधाम क्षेत्र विकास स्थापना कालको पाँच साथ वर्षपछि विबादमै रहँदै आएको छ ।
वृहतर जनकपुरधाम क्षेत्र विकास परिषदा निर्देशक र अध्यक्ष नियुक्त गर्ने राजनीतिक परम्परा रहेको छ ।
त्यहा नियुक्त हुने अध्यक्ष र निर्देशक बीचको अधिकारिक लडाईमा कर्मचारी पक्षपति हुने भएको ले त्यहाँ अनेक किसिमको लडाई हुँदै आएको छ । एक समयमा लेखाको कागजातहरु मेटाउनको लागि आगलागी समेत भएको यहाँका संचारकर्मीहरुलाई अवगत नै छन ।
वृहतर जनकपुरधाम क्षेत्र विकास परिषदका अध्यक्ष भएर पुग्नेहरुले पनि सस्तो लोकप्रियताको लागि मात्र लाग्न पुगेको देखिन्छन ।कसैले कुनै ठोस काम गर्न पहल गर्न लागेको भान भईरहेको छैन । तर काम गर्नेलाई त्यहाँ राख्ने काम पनि भएको छैन । वृहत्तर जनकपुरको तात्कालिन अध्यक्ष रामकुमार शर्माले गुठी संस्थान अधिनमा रहेको पोखरीहरुको डील सफा पार्नु भयो । उहाँलाई बस्न दिएनन नेताहरु । त्यस्तै वर्तमान अध्यक्ष शितल साह ले २० वर्षे दीर्घकालिन योजनालाई अन्तिम चरणमा पु¥याउने क्रममा पुगेको बेला उनमाथि अनेक आरोप प्रत्यारो लगाउने कार्य हुन लागेको छ ।
भ्राक कुराहरु चिर्न वृहतर जनकपुरधाम क्षेत्र विकास परिषदका अध्यक्ष शितल साहले यहाँ शुद्धिकरण को आवश्यकता महसुश गर्नुभएको छ ।
आज मंगलबार नेपाल पत्रकार महासंघ सभा कक्षमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो,वृहत्तर जनकपुर विकास क्षेत्र परिषद भित्रको क्रोनिक (गलत प्रवृति) शुद्विकरण गर्न सकिए पनि आफु सफल भएको महसुश गर्नेछौं ।’
उहाँले परिषद जस्तो पावरफुल संस्थालाई आप्mनो व्यक्तिगत स्वार्थका लागि प्रस्तुत गर्ने र काम गर्न नपर्ने लोभमा सबै कर्मचारीलाई एक गरेर परिषदलाई धारासयी बनाइरहेको समुह अव आफु विरुद्व लागि परेको बताएका छन् ।
नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय कोषाध्यक्ष समेत रहनु भएको साहले जो संग कुरा मिलेन उसै विरुद्व जाइलाग्ने जितेन्द्र कुमार यादव सहितका केहिमात्र कर्मचारीहरुले वृहतरलाई आफु अनुकुल प्रयोग गर्दा आज यो अवस्था आएको बताउनु भयो ।
उहाँले आफु अध्यक्ष भएर आएपछि तत्कालिन कार्यकारी निर्देशक बलराम ठाकुर संगको असन्तुष्टिका कारण ठाकुर विरुद्वका असंख्यक प्रमाणहरु आफुलाई ह्वाट्सएप गरेका जितेन्द्र यादव आफु त्यसको छानविनमा जानै लाग्दा रोक्न खोजेको र आफु अगाडि बढ्न खोजेपछि आफु विरुद्व नै अहिले लागेको स्पष्ट रुपमा बताउनु भयो ।
म संग अझै प्रमाण छ, प्रशासन प्रमुख यादवले नै सबै सुचना मलाई दिएको हो, पछि मलाई यसमा अगाडी नबढनोस भन्न आयो, मैले गलतलाई उजागर गर्नै पर्छ भनेपछि श्रृङखलावद्व रुपमा आफु विरुद्व यादवले सबै कर्मचारीलाई उतारेको अध्यक्ष साह ले बिचार राख्नुभयो ।
उहाले कर्मचारीहरुले लगाएको विभिन्न १० बुँदे आरोपको एक– एक गरि १० बुँदामै खण्डन गर्दै प्रमाणका साथ आफुलाई दोषि सावित गर्न चुनौती पनि दिनुभएको छ । जो तल प्रेस विज्ञप्तिमा उल्लेखित छ ।
कमेन्ट गर्नुहोस्

वरिष्ठ पत्रकार नेपालीको स्मृतीमा टी २० क्रिकेट टुर्नाम..
कमल साहजनकपुरधाम, मसिंर २० गते । प्रेस स्वतन्त्रता सेनानी तथा बरिष्ठ पत्रकार राजेश्वर नेपालीको स्मृतीमा जनकपुर..
1 महीना पहिले
विवाह पंचमी महोत्सवमा ७२ क्वीन्टल अनाज निर्मित श्री सित..
कमल साहजनकपुरधाम, मंसिर २० गते । श्री राम जानकी विवाह पञ्चमी महोत्सवको अवसरमा अनाजबाट निर्माण भएको ११ हजार वर्गफ..
1 महीना पहिले
बेलाको ब्राण्डको घराइसी सामग्रीको शाखा आजबाट जनकपुरधाम..
कमल साहजनकपुरधाम,मंसिर १६ गते । ब्रिटिस ब्राण्ड बेलाको (British brand home appliances) शाखा कार्यालय अजाबाट यहाँ सुभारम्भ भएको छ । ज..
1 महीना पहिले
धनुषा क्षेत्र ३ मा भएको महासमिति निर्वाचनको परिणाम अनुस..
कमल साहजनकपुरधाम, मंसिर १६ गते । नेपाली काँग्रेस महासमिति सदस्य पदका लागि क्षेत्र नं. ३ को निर्वाचन परिणामले आजका ..
1 महीना पहिले
हरिवन नगरस्तरीय हाजिरी जवाफ प्रतियोगतिा सम्पन्न, महादे..
सन्जु कर्ण, सर्लाही, हरिवन, मंसिर १६ गते । हरिवनस्थित महादेव जनता नमूना माध्यमिक विद्यालय नगरस्तरीय अन्तर मावि हा..
1 महीना पहिले
संवाददाता
संवाददाता

