+977 9854027065 | akulpdsah@gmail.com

क्यान महासंगको सातौं सधारण सभा सम्पन्न

5 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1197 Views

मिथिला जागरण समाचारदाता
जनकपुरधाम, माघ ३० गते । कम्प्युटर एसोशिएशन नेपाल महासंघ (क्यान ) धनुषाको सातौं साधारण सभा सम्पन्न भएको छ ।
क्यानका धनुषा संस्थापक अध्यक्ष प्रविण साह ले सातौं साधाराण सभाको उद्घाटन मन्तव्य राख्दै उहाँले आफ्नो इन्स्ट्यिुटमा ७ जना जेहन्दार गरिब विद्यार्थीलाई निःशुल्क डिपलोमा कोर्ष गराईने बताउनु भयो । जनकपुरधाम उप–महानगरपालिका को सभाकक्षमा आयोजना भएको उद्घाटन सत्रमा उहाँले सो कोर्ष गराउनको लागि क्यान धनुषाले सिफारिस गरेका उम्मेदावरलाई दिईने बताउनुभयो ।
क्यानका धनुषा संस्थापक अध्यक्ष प्रविण साह ले आफ्नै अमेरिकन कम्प्युटर एण्ड ल्यांगेज का संस्थापक समेत रहनुभएको साह ले डिपलोमा कोर्षको फि १० हजार रहेको जानकारी दिनुभयो ।
जनकपुरधाम उद्योग बाणिज्य संघ का अध्यक्ष ललित साह ले सो साधारण सभा को प्रमुख आतिथ्य गर्दै आजको समयमा कम्प्युटर शिक्षा सबैलाई आवश्यको बताउँदै प्रविधिको विकासका लागि सरकारले रकम विनियोजन गर्नुपर्ने हो भनि थप्नुभयो ।
नेकपाको बहुमतको सरकार भएपनि सत्ताको खिचातानीले ३ वर्षमै मध्या विधि चुनाव हुनलागेको बरो दुखःकुरा हो भन्नुभयो । उहाँले कुसमयमा हुन लागेको निर्वाचन खर्च हामी सर्वसाधारण जनतकै ठाउकोमा आउने भएको ले यसको विरोध हुनपर्छ भन्नुभयो ।
केन्द्रिय सचिव दिपेन्द्र सिंह ले क्यानको तीन तहमा संरचना रहेको जानकारी गराउँदै हालसम्म ५४ जिल्लामा कमिटी निर्माण भईसकेको हो भन्नुभयो । उहाँले अगामी एक बर्ष भित्रमा ७७ वटै जिल्लामा संगठन निर्माण गर्ने योजना रहेको जानकारी दिनुभयो । उहाँले क्यान समक्ष दक्ष प्राविधि रहेको बताउँदै धनुषा जिल्लाले तालिम संचालन गर्न चाहेमा हामी सहयोग गर्छौं भन्नुभयो ।
क्यानका जिल्ला अध्यक्ष संजय साहको अध्यक्षतामा आरम्भ भएको साधारण सभामा प्रदेश नं.२ उपाध्यक्ष अकुल प्रसाद साह,प्रदेश २ सचिव धनन्जय महतो,गौतम जयसवाल,सिबुसी नेटका मैनेजर शंभुनाथ झा ले शुभकामना मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

1 दिन पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

28 दिन पहिले

मधेशमा धोती दिवस मनाइयो

कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..

1 महीना पहिले

राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..

कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र  जानकी ..

2 महीना पहिले

धनकौलका उखु किसान धर्नामा

सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..

3 महीना पहिले