धनुषा क्षेत्र ३ मा भएको महासमिति निर्वाचनको परिणाम अनुसार निधी नै बल्यो

कमल साह
जनकपुरधाम, मंसिर १६ गते । नेपाली काँग्रेस महासमिति सदस्य पदका लागि क्षेत्र नं. ३ को निर्वाचन परिणामले आजका दिनमा पनि नेता विमलेन्द्र निधी नै बल्यो देखाएको छ ।
प्रत्यक्ष तर्फका ५ र महिला तर्फका ४ महासमिति सदस्य पदमा निर्विरोध निर्वाचन बुधबार भएको थियो । तर, मधेशी कोटा तर्फबाट २ जना सदस्य पदका लागि ४ जनाले मनोनयन दर्ता गराउँदा दुई पक्ष बीचमा निर्वाचनमा टसल भएको थियो ।
नेपाली कांग्रेस धनुषामा पहिला पहिला दुई समुह रहेको थियो । त्यो बेला निधी समुह र डा. रामवरण यादव या लिला कोइराला समुह भनेर कार्यकर्ताहरु बाँडिने गरिन्थ्यो ।
तर, अचेल बिमलेन्द्र निधी कै समुह दुई चिरामा बिभाचित भएको ले महासमितिको सदस्य पदका लागि निर्वाचन गराउनु पर्ने अवस्था श्रृजना भएको छ ।
निधीको बाहु बल भनेर मान्दै आएको रामसरोज यादव देउवा पक्षमा लाग्दा निधी संसदिय निर्वाचनमा समानुपाति तर्फबाट सांसद बन्न रोजेको थियो ।
हिजो शुक्रबार सम्पन्न महासमितिको सदस्य पदको निर्वाचन परिणाम अनुसार क्षेत्र नं. ३ मा आज पनि निधी बल्यो पक्ष सावित भएको छ । यादव पक्ष को पक्ष कमजोर पाएको छ ।
निधि पक्षका किशोरी साहले ३७९ मत पाएर निर्वाचित भएका छन भने शिवचन्द्र चौधरीले ३०२ मत ल्याई पराजित भएका छन । निर्वाचित उम्मेदवार भन्दा चौधरी मात्र १६ मतबाट पराजित भएका छन ।
निधीको विपक्षी मान्ने रामसरोज यादवको विभिन्न प्रकारका गोटी चाले पनि १६ मतबाट मात्र एक जना आफ्नो उम्मेदवार महासमिति सदस्य पदमा निर्वाचित गराउन सफल भएको छ ।
यादवको तर्फबाट जिवनाथ चौधरी ले ३१८ मत ल्याएर महासमिति सदस्य पदमा निर्वाचित भएका छन । त्यस्तै यादव खेमाका अर्का उम्मेदवार एवं राम सरोज यादवमा भाई रामबाबु यादव ले २८९ मत मात्र ल्याउन पाएकोबाट यादव पक्ष क्षेत्र नं.३ मा अहिल्ये पनि कमजोर रहेको देखाउँ छ ।
मधेशी कोटाका दुई जना महासमिति सदस्य पदका लागि उम्मेदवारी दुईटै पक्षबाट दुई दुई जना ले दिनु भएको थियो । नेता निधिको समुहबाट शिवचन्द्र चौधरी र जनकपुरधाम उपमहानगर पालिकाका उप मेयर किशोरी साह हुन ।
त्यस्तै अर्का समुह रामसरोज यादवको तर्फबाट जीवनाथ चौधरी र रामबाबु यादवले उम्मेदवारी दर्ता गराउनु भयो ।
नेपाली काँग्रेसको बिधान अनुसार निर्वाचन क्षेत्र ३ बाट मधेशी कोटामा दुई सिटका लागि चार जनाले बुधबार उम्मेदवारी दर्ता गराएको थियो ।
त्यस्तै प्रत्यक्ष तर्फ बिधान अनुसार महासमिति सदस्य पदका लागि ५ जना पुरुषको उम्मेदवारी दर्ता हुनुपर्नेमा ६ जनाको पर्न गएको थियो । प्रत्यक्ष तर्फको निर्वाचन निर्विरोध नेता निधिले स्वयं आफ्नै उम्मेदवारी फिर्ता लिउनु भयो ।
उम्मेदवारी दर्ता गराउनेहरुमा नेता निधि, रामसरोज यादव, स्मृतिनारायण चौधरी, गणेश तिवारी, प्रफुल्ल घिमिरे र संजय गुप्ता गरी ६ जना रहेका थिए । नेता निधि ले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएपछि उनिहरु निर्विरोध निर्वाचित भएका छन ।
त्यस्तै महिला सदस्यमा नेता निधिकी श्रीमती अनामिका निधि र पूर्व सभासद मिनाक्षी झा तथा मधेशी महिलामा निलम कर्र्ण निर्विरोध निर्वाचित भएका छन् । दलित महिला तर्फबाट प्रमिला दास निर्बिरोध निर्वाचित भएकी छन ।
धनुषा निर्वाचन क्षेत्र नम्बर तीनका विभिन्न ३८ वटा वडामा करिव साढे ६ सय डेलिगेट सदस्यहरु रहेका छन् ।
कमेन्ट गर्नुहोस्

गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..
कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..
9 दिन पहिले
जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..
मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..
10 दिन पहिले
नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..
मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..
10 दिन पहिले
होटल व्यवसायीहरुको व्यवसायिक क्षमता अभिवृद्धि गर्ने प्..
नारायण घिमिरेमहोत्तरी, असार ८ गते । मधेस प्रदेशका होटल सञ्चालकहरुको व्यवसायिक क्षमता अभिवृद्धि तथा होटेलको स्त..
11 दिन पहिले
संघीय निजामती सेवा विधेयकमा मधेशी समुदायको समावेशीताको..
प्रेमचन्द्र झा, काठमाडौं, असार ०३ गते । संघीय निजामती सेवा विधेयक, २०८२ मा मधेशी समुदायको निष्पक्ष, समावेशी र न्या..
16 दिन पहिले
संवाददाता
संवाददाता

