+977 9854027065 | akulpdsah@gmail.com

काँग्रेसको मधेश सम्मेलनले के दिन्छ एकताको सन्देश

4 महीना पहिले प्रकाशित

Akul Prasad Sah

136 Views

कमल साह, जनकपुरधाम
जनकपुरधाम, पुस ६ गते । नेपाली कांग्रेस पार्टीलाई सुदृढ तथा संगठीत पार्न मधेश प्रदेश कार्यालय संकल्पित छ । त्यो कुरा सातवटै प्रदेशमा सबै भन्दा अघि ऐतिहासिक सम्मेलन गर्न सफल भएको बाट नै यो कुरा स्पष्ट भईरहेको छ ।
त्यसमा केन्द्रिय समितिको कोर्डिनेशनको अभावको कारण एकताको सन्देशमा धाँजो हालिएको महशुस स्थानीय नेताहरुले गुनाशो गरिहरेका छन । उनिहरुले उद्घाटन कार्यक्रमा शेखर कोईराको उपस्थिति नहुनु र बिमलेन्द्र निधीलाई मंचमा प्रोटोकलको हिसाबले नबोलाउनु र प्रदेशको निर्वाचनमा अपोजिशनमा रहनु भएको प्रदेश सांसद रामसरोज यादव संग सल्लाह विमर्स नगर्नु नै कुरालाई जबरदस्त रुपमा उठाई रहेका छन ।
उनिहरु भन्छन, विहिवारको उद्घाटन सत्रमा भएको कमि कमजोरीहरुलाई शुक्रबारको बन्द सत्रमा प्रतिनिधीहरुले अवश्य उठाउँछ होला । तर, त्यो कुराहरु शुक्रबार साँझ पछि छताछुल हुने सम्भावना रहेको छ ।
पुस ५ गते देवनगरी जनकपुरधामको ऐतिहासिक स्थल तिरहुतिया गाछीमा आयोजित उद्घाटन कार्यक्रमा सहभागि पूर्व उपभापति तथा पूर्व गृहमन्त्री विमलेन्द्र निधि कार्यकर्ताहरुको माझमा नै बसि रहेका थिए । उनलाई प्रदेश सभापति कृष्ण यादवले पटक पटक बोलाउँदा पनि मञ्चमा गएनन् ।
नेता निधिको गृहनगर जनकपुरधाममा भएको यस्तो भव्य कार्यक्रममा निधी मञ्चमा नजानु यहाँ एक चर्चाको विषय बनेको छ ।
मधेश प्रदेश समितिले वरियता क्रममा उनलाई उपसभाति पछि होईनकी केन्द्रीय सदस्यको लाइनमा राख्न गएको ले उनी भित्रबाट चिढीएको हुनाले असन्तुष्ट भई मञ्चमा नगएको एका थरीका नेताहरुको भनाई रहेछन । नेता निधीलाई प्रकाश शरण महत पछि आसन ग्रहणकालागि आमन्त्रण गरिएको थियो ।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजित समारोहलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अन्तर्घात गर्ने रोग रहेको बताउनु भयो । उहाँले कांग्रेसलाई अन्तर्घातको रोगबाट मुक्त बनाएर बहुमत पार्टीका रुपमा स्थापित गर्न आग्रह गर्नुभयोे ।
पूर्व प्रधानमंत्री अहिलेको बेला समानुपातिक समावेशी प्रणालीमा कसैको पनि बहुमत आउने सम्भावना कम हुन्छ बताउँदै अहिले हाम्रो सबै भन्दा ठूलो पार्टी भएको थप्नुभयो ।
भोलिको दिनमा पनि हाम्रो पार्टीलाई अन्तर्घात रोग लाग्नबाट जोगाएर बहुमत पार्टीको रुपमा स्थापित गर्न उहाँले अह्वान गर्नुभयो ।
मधेश प्रदेशबाट भविष्यमा मुलुक सुदृढीकरण, राजनीतिसँगै कांग्रेसलाई बलियो बनाउने काममा मद्दत पुग्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।
उपसभापति तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीयता मुलुकका लागि आवश्यक रहेको बताउँदै संघीयतालाई सशक्त बनाउनका लागि कानुन र नियमावली बनाएर अघि बढ्नुपर्ने जरुरी रहेकोले यसतर्फ हामी लागि परेको जानकारी गराउनु भयो ।
अर्का उपसभापति तथा कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुंगले कानुन कार्यान्वयनका लागि आवश्यक नियमावली नहुँदा संघीयतालगायतका मुद्दा विरोधी आवाजलाई छिट्टै नै शिथिल पारिने बताउनु भयो । उहाँले संघीयतासँग जोडिएका कानुन बनाउन ढिलाइ भएको खण्डमा अध्यादेशबाट पनि आवश्यक कानुनहरु ल्याउन सरकार तयार रहेको कुरा सार्वजनिक गर्नुभयो ।
त्यस्तै पार्टीका महामन्त्री गगन थापाले केही महिनामै कांग्रेसको नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभयो । उहाँले केही महिनामै कांग्रेसको प्रधानमन्त्री पनि बन्छ बताउँदै सिंगो देशको जिम्मा हामीले लिन्छौं थप्नुभयो ।
काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवले मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले कांग्रेसलाई बेवास्ता गर्दै एक्लौटी ढंगले सरकार संचालन गरिरहेको भन्दै यसका लागि खबरदारी गर्नुपर्ने बताउनुभयो ।
सो समारोहमा अर्थमन्त्री प्रकाशशरण महतले प्रदेश सरकारद्वारा गरिने विकास निर्माणको कार्यमा व्यापक भ्रष्टाचार भएको जनगुनासो आउन थालेकाले यसप्रति कांग्रेसले खबरदारी गर्नुपर्ने बिचार राख्नुभयो ।
मधेश प्रदेशका सभापतिसमेत रहेका मधेश सरकारका भौतिक विकास पूर्वाधार मन्त्री कृष्ण प्रसाद यादवको सभापतित्वमा भएको सम्मेलनमा ८ जिल्लाबाट ८ सय २५ प्रतिनिधि सहभागी भएका छन् ।
शुक्रबार हुने बन्दसत्रमा राजनीतिक, सांगठनिक तथा आर्थिक प्रतिवेदन संशोधनसहित पारित हुने मधेश प्रदेश सभापति यादवले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

उद्योग बाणिज्य संघ हरिवनको निर्माण हुन लागेको भवनको शिल..

सन्जु कर्ण, सर्लाही, सर्लाही, बैशाख १६ गते । उद्योग बाणिज्य संघ हरिवनको निर्माण हुन लागेको भवनको (शुक्रबार) शिलान्..

18 घन्टा पहिले

होटल होलिडे एण्ड गेष्ट हाउसमा एक महिला र पुरुष मृत भेटिए

मिथिला जागरण समाचारदाताजनकपुरधाम, बैशाख ११ गते । जनकपुरधाममा रहेको रामानन्दचोकको होटल होलिडे एण्ड गेष्ट हाउसमा..

5 दिन पहिले

मोटरसाइकल दुर्घटना हुँदा पत्रकार विनय कुमार यादवको मृत..

मिथिला जागरण समाचारदाताजनकपुरधाम, बैशाख ११ गते । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा पत्रकार विनय कुमार यादवको मृ..

5 दिन पहिले

कमिशनको मातमा रहेका प्रमुख महतो खुशीको जिवन बिताउनमा मस..

रंजित चौरसिया, वीरगंज ८ बैशाख । पर्सा जिल्लाको दोश्रो सदरमुकामको रुपमा चिनिने पोखरिया नगरपालिका भ्रष्टाचारजन्य..

8 दिन पहिले

कविता : स्वार्थ व्यवहार

       कविता स्वार्थ व्यवहार लेखक ः मनोज पण्डितबिदेह न.पा. ७,वेलापटटी, धनुषा     सोचु सोचु बाबु भैया बरहु अ..

15 दिन पहिले