+977 9854027065 | akulpdsah@gmail.com

कानु समाजको चौथो जिल्ला अधिवेशन सर्लाहीमा सम्पन्न

2 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

557 Views

कमल साह
जनकपुरधाम, माघ १४ गते । कानु समाज नेपाल सर्लाहीको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
जिल्ला कार्य समिति अध्यक्ष मनोज कुमार साह कानुको (हरिवन) अध्यक्षतामा नयाँ कार्यसमिति समेत सो अधिवेशनबाट चयन भएको छ ।
मलंगवा उद्योग वाणिज्य संघको सभाकक्षमा सम्पन्न अधिवेशनको प्रमुख अतिथि मधेस प्रदेश सभा सदस्य शोभा देवी कानु ले गर्नुभएको थियो ।
सो समारोहमा शुभकामना मन्तव्य दिनेहरुमा देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानु , सितामढी जिल्ला अध्यक्ष रामेश्वर प्रसाद गुप्ता, कानु समाज नेपालको वरिष्ठ उपाध्यक्ष द्वय राम सागर साह तथा राम प्रताप साह कानु, रौतहट जिल्ला सचिव राम बिलास साह ले राख्नु भयो । सो समारोहमा कोषाध्यक्ष राम विनय साह कानु, सदस्य अकलु साह कानु, वृज किशोर साह कानु, निवास साह कानु तथा राम विनोद साह कानु, महोत्तरी जिल्ला अध्यक्ष विन्देश्वर साह कानु, विशिष्ट अतिथिमा कानु कल्याण महासभा बिहार प्रदेशको अध्यक्ष मुनेश्वर साह कानु, मिडिया प्रभारी शंकर प्रसाद कानु र अरु पदाधिकारी गण साथै, प्रखण्ड पदाधिकारीको गरिमामय उपस्थिति रहेको थियो ।
उद्घाटन सत्र र बन्दसत्र को अध्यक्षता जिल्ला अध्यक्ष रामचन्द्र साह कानु ले गर्नुभएको थियो । उहाँले अन्तमा सर्वसमतिबाट चयन भएका पदाधिकारी तथा सदस्यहरुलाई बधाई दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

धनकौलका उखु किसान धर्नामा

सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..

23 दिन पहिले

सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न

सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..

1 महीना पहिले

रमौलवाली रीना यादवको योगदानले मैथिली संस्कृतिमा नयाँ ऊ..

भागचरण यादब, जनकपुरधाम, जनकपुरधाम, कार्तिक १५ गते । रमौलवाली रीना यादव, जो बीस वर्षदेखि मैथिली कला र संस्कृतिसँग ..

1 महीना पहिले

जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..

कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..

5 महीना पहिले

नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न

सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..

5 महीना पहिले