कानु समाजको चौथो जिल्ला अधिवेशन सर्लाहीमा सम्पन्न
कमल साह
जनकपुरधाम, माघ १४ गते । कानु समाज नेपाल सर्लाहीको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
जिल्ला कार्य समिति अध्यक्ष मनोज कुमार साह कानुको (हरिवन) अध्यक्षतामा नयाँ कार्यसमिति समेत सो अधिवेशनबाट चयन भएको छ ।
मलंगवा उद्योग वाणिज्य संघको सभाकक्षमा सम्पन्न अधिवेशनको प्रमुख अतिथि मधेस प्रदेश सभा सदस्य शोभा देवी कानु ले गर्नुभएको थियो ।
सो समारोहमा शुभकामना मन्तव्य दिनेहरुमा देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानु , सितामढी जिल्ला अध्यक्ष रामेश्वर प्रसाद गुप्ता, कानु समाज नेपालको वरिष्ठ उपाध्यक्ष द्वय राम सागर साह तथा राम प्रताप साह कानु, रौतहट जिल्ला सचिव राम बिलास साह ले राख्नु भयो । सो समारोहमा कोषाध्यक्ष राम विनय साह कानु, सदस्य अकलु साह कानु, वृज किशोर साह कानु, निवास साह कानु तथा राम विनोद साह कानु, महोत्तरी जिल्ला अध्यक्ष विन्देश्वर साह कानु, विशिष्ट अतिथिमा कानु कल्याण महासभा बिहार प्रदेशको अध्यक्ष मुनेश्वर साह कानु, मिडिया प्रभारी शंकर प्रसाद कानु र अरु पदाधिकारी गण साथै, प्रखण्ड पदाधिकारीको गरिमामय उपस्थिति रहेको थियो ।
उद्घाटन सत्र र बन्दसत्र को अध्यक्षता जिल्ला अध्यक्ष रामचन्द्र साह कानु ले गर्नुभएको थियो । उहाँले अन्तमा सर्वसमतिबाट चयन भएका पदाधिकारी तथा सदस्यहरुलाई बधाई दिनु भयो ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
11 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
1 महीना पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
3 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
