+977 9854027065 | akulpdsah@gmail.com

अमर शहीद दुर्गानन्द झा को वलिदान दिवसमा विभिन्न कार्यक्रम

12 महीना पहिले प्रकाशित

Akul Prasad Sah

339 Views

कमल साह
जनकपुुरधाम,माघ १७ गते । अमर शहीद दुर्गानन्द झा को ६१ वलिदान दिवस उनको स्मारक स्थल लगायतका ठाउँमा सोमबार मनाईयो ।
सो कार्यक्रमका प्रमुख अतिथि जनकपुरधाम उपमहानगपालिका का मेयर मनोज साह ले शहीद दुर्गानन्द झा प्रति श्रद्धासुमन व्यक्त गर्दै भन्नुभयो राष्ट्रका लागि आफ्नो ज्यान हथेलीमा रोर शहीद हुनेलाई पार्टीगत विभाजन गर्नु हाम्रो मुर्खता ठहरने बताउनु भयो ।
उहाँले अमर शहीद दुर्गानन्द झा लाई २०७२ साल शहीद घोषणा राज्यले गरेको थियो । तर, २०५२ सालको बम काण्डको आरोपमा प्रहरीले घरबाट समातेर लगेको डा. लक्ष्मीनारायण झा, उहाँका कम्पाउण्डर सत्यनारायण साह,साकेत लामा लगायतको राज्य अहिल्येसम्म केहि बोल्न नसकेको बडो दुःख कुरा हो बताउनु भयो ।
उहाँले मुलुक गणतन्त्रमा गएको दुई दशक हुन लाग्दा पनि लाश र शासबारेमा राज्यले किन मुख बन्द गरेको हो बताउँदै नभए शहीद घोषणा गर्न मांग गर्नुभयो ।
सो कार्यक्रममा बरिष्ठ पत्रकार द्वय कमल साह र श्रीनारायण साह ले शहीद दुर्गानन्द झा प्रति श्रद्धासुमन व्यक्तगर्दै अमर शहीद दुर्गानन्द झा गणनान्त्रिक नेपालका लागि प्रथम शहीद हुनु भएको ले राज्यले राष्ट्रका चार शहीद झैं शहीद झा स्मारक निर्माण गर्नुपर्ने तर्क राख्नु भयो । उहाँहररुले बमकाण्डाको नाउमा वेपता परिएकाहरुको समेत शहीद घोषणा गर्न मांग गर्नुभयो ।
कार्यक्रमको आरम्भमा अवकाश प्राप्त शिक्षक चन्द्रशेखर राय चमन ले अमर शहीद दुर्गानन्द झा प्रति लेख्नु भएको कविता वाचन गर्नुभयो ।
नेका– २३ वाडा कमिटी सभापति एवं वडा अध्यक्ष राघवेन्द्र साह ले सो कार्यक्रमको अध्यक्षता गर्दै अमर शहीद दुर्गानन्द झा लगादत ले दिनु भएको वलिदानीलाई कदर गर्नु आवश्यकता रहेको बताउनु भयो ।
शहीद दुर्गानन्द झा स्मारक समितिको अध्यक्ष तथा वरिष्ठ पत्रकार राजेश्वर नेपालीको प्रयासबाट जनकपुरधाम उपमहानगरपालिका–२३ लादो गाउँको सोनामाई स्थान स्थित स्मारक निर्माण गरिएको हो । वडा नं. २३ का वडाअध्यक्ष राघवेन्द्र साह को अध्यक्षतामा त्यहाँ वलिदान दिवस मनाईयो ।
सो कार्यक्रममा लोसपाका राजकिशोर पंजिया,एमालेका विष्णुदेव साह, समाजसेवी योगेन्द्र साह,डा. शम्भु प्रसाद साह,सन्फुदिन राईन,सफिकुला राईन,रामनरेश साह,ई. मुकेश साह लालाबाबु साह लगायतका उपस्थित रहेको थियो ।
जटही–जनकपुर–ढल्केबर सिक्स लाईनसंग जोडिने जनकपुर– भिठामोड सडकमा गतवर्ष अर्थात शहीद दुर्गानन्द झा को ६० वलिदान दिवसको अवसरमा स्मारक शिलान्यास भएको थियो । र ३ महिनामा स्मारक निर्माण भएको थियो ।
अमर शहीद दुर्गानन्दा झा को स्मारक गणतन्त्र दिवसको अवसरमा स्मारक निर्माण समितिका अध्यक्ष राजेश्वर नेपाली द्वारा नै भएको थियो ।
तिक्ष्ण विचारका धनि तथा फुटवलका प्रमुख खेलाडी अमर शहीद दुर्गानन्द झा समातिएपछि उनलाई मान्सिक र शारीरिक यत्ना दिएको कुरा समेत वक्ताहरुले स्मरण गर्दैै श्रद्धसुमन व्यक्त गर्नुभयो ।
अमर शहीद दुर्गानन्द झा को स्मारक निर्माणका कार्यहरु पहिला जानकी मन्दिरको फुलवारीमा आरम्भ भएको थियो । तर, त्यहा मठाधिश लगायतका व्यक्तिहरुले विभिन्न किसिमबाट पु¥याएको वाधा अडचनले स्मारक त्यहाँ बन्न नसकेको थिएन ।
प्रेस स्वतन्त्रतता सेनानी वरिष्ट पत्रकार नेपाली को प्रयासबाट २०७४ सालमा शहीद दुर्गानन्द झा को स्मरणमा नेपाल सरकारबाट टिकट प्रकाशन भएको थियो । रु १० को हुलाक टिकट जारी हुनलाग्दा त्यसलाई रोक्ने प्रयास यहिका नेताहरुले समेत गर्नुभएको थियो ।
प्रथम गणतन्त्रवादी शहीद रहनु भएकोले नेपाल गणतन्त्र घोषणाको लगतै २०६५ अषाढ ९ गते जनकपुुर बौद्धिक समाजको एक भेलाले अमर शहीद दुर्गानन्द झा स्मारक निर्माण समिति गठन गरिएको थियो ।
धनुषाको जटही गाउँका देवनारायण झा र सुकमारी देवी झा को एका मात्र सन्तानको रुपमा रहनु भएको शहीद दुर्गानन्द झा को जन्म १९९९ साल वैशाख १४ गते भएको थियो । पं. भोलानाथ झा का तीन भाई छोराहरुमध्ये एक मात्र उतराधिकारी दुर्गानन्द झा को बाल्यकालमै पिताको मृत्यु भएको थियो ।
उनि गाउँबाट ३ कि.मी. दुरीमा रहेको भारतीय क्षेत्रका उमगांउ स्थित दिनदयाल हाई स्कूलमा झा अध्ययन गरिरहेको बेला काशी देवी संग विवाह सम्पन्न भयो । उनी १७ को हुँदा कुम्हरौडाकी १४ वर्षिया काशी देवीसंग विवाह सम्पन्न भएको थियो ।
उनी २०१८ साल माघ ९ गते का दिन राजा महेन्द्र माथि जनकपुरधामको ऐतिहासिक स्थल जानकी मन्दिरको प्रांगणमा बम प्रहार गरेको हुनाले नै उनको स्मारक मन्दिर परिसरमा बनाउने निर्णय भएको थियो ।
तत्कालीन पञ्चायती सरकारले दुर्गानन्द झालाई मृत्युदण्ड दिएको दिन । मुलुकमा लोकतान्त्रिक गणतन्त्र ल्याउने सपना देखेका दुर्गानन्द २१ वर्षको युवा रहेका बेला उनलाई मृत्युदण्ड दिइएको थियो ।
त्यस्तै मुरली चौक स्थितको दुर्गा मन्दिरको आंगनमा अनुसन्धान केन्द्रका अध्यक्ष पूर्व प्राध्यापक शम्भुनाथ झाको अध्यक्षतामा वलिदना दिवस मनाईया । सो कार्यक्रममा पूर्व सांसद स्मृतिनारायण चौधरी, मधेश प्रदेशका नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा. हरिवंश झा, पूर्व कृषि विज्ञ काशीकान्त झा, पूर्व प्रशासक जीवच्छ मिश्र, बरिष्ठ अधिवक्ता श्याम मिश्र, पत्रकारहरु अजय कुमार झा, धवेन्द्र झा, मधेश आन्दोलनका अगुवा ईन्द्र कुमार मधेशानन्द, काँग्रेसका यूवा नेता प्रवेश चौधरी सहितका वक्ताहरुले बोलेका थिए ।
यसैगरि प्रथम गणतान्त्रिक शहिद झाको पैतृक गाउँ जटहीमा निर्माण भएको स्मरकमा पुष्पगुच्छा अर्पण गरेर शहिद झा प्रति सम्मान गरिईएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

एभरेष्ट रिलिफ (यु एस ए नेपाल) फाउण्डेसनले राहत बितरण

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस ६ गते । सर्लाहीको हरिवनमा राहत सहयोग प्रदान गरिएको छ । एभरेष्ट रिलिफ (यु एस ए नेपा..

5 घन्टा पहिले

वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका तत्कालीन निर्देशक..

मिथिला जागरण समाचारदाताजनकपुरधाम, माघ १ गते । वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन निर्देशक ठाकुर पक..

5 दिन पहिले

मधेश प्रदेश सरकारले एक हजार छियासी शहीद परिवारको बिमा गर..

कमल साह जनकपुरधाम,पुस २५ गते । मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्रालयले मधेश प्रदेशमा विभिन्न आन्दोलनको क..

9 दिन पहिले

हिमाली इंग्लिस बोर्डिङ स्कूलद्वारा ३२ औं स्थापना दिवसम..

कमल साहजनकपुरधाम,पुस २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाममा संचालित हिमाली इंग्लिस बोर्डिङ स्कूलले दुईदिने..

13 दिन पहिले

मंसिर २८ गते सम्पन्न निर्वाचनमा पुर्ण रूपमा धाधली भएको भ..

रश्मि पटेल, रौतहटरौतहट, पुस २१ गते । उच्च अदालत जनकपुरधाम, अस्थाई बिरगंज अदालतले केन्द्र, प्रदेश र जिल्ला शाखाको न..

13 दिन पहिले