+977 9854027065 | akulpdsah@gmail.com

अख्तियारको टोलीद्धारा पोखरिया नगरपालिकाबाट कागजातहरु नियन्त्रणमा

2 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

772 Views

रंजित चौरसिया,वीरगंज २ जेष्ठ । पर्साको पोखरिया नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोली मंगलबार बिहान करिब १०ः३० बजे पुगेको छ । टोलीले कार्यालयमा पुग्दा निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव सहितका केही कर्मचारीहरु अनुपस्थित रहेकोमा हाजिरी समेत कटा गरेको स्रोतले जनाएको छ । निमित्त अधिकृत श्रीवास्तवले अनुपस्थित रहंदा अख्तियारका कर्मचारीले फोन गरी कार्यालयमा बोलाएको स्रोतको कथन रहेको छ ।
सो नगरपालिकामा नियुक्ती लगायत अन्य विषयमा भ्रष्टाचार भएको सन्दर्भमा यस अनलाईनमा समाचार प्रकाशन भए पछि अख्तियारले पत्र पठाई कागजातहरु माग गरेको स्रोतको भनाई रहेको छ ।
तर अधिकृत अजय कुमार श्रीवास्तवले अटेर गरी समयमै कागजात नपठाए पछि अनन्तः अख्तियारको टोलीले नै कार्यालयमा पुगी नियुक्ती, पोखरी लगायतका अन्य फाईलहरु आफ्नो नियन्त्रणमा लिई लगेको ती स्रोतले जनाएको छ । यस सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका प्रमुख उमाकान्त आचार्य सँग मोबाईल फोन गरी बुझ्दा वहाँले पोखरिया नगरपालिकामा पत्र पठाएर आवश्यक कागजात मागे पछि अटेर गरी नपठाएकोले केही कागजातहरु नियन्त्रणमा लिएको पुष्टि गरे ।
पोखरिया नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवको भ्रष्टाचार सँगै रासलिला काण्डले पोखरिया नगरपालिका गन्हाईसक्दा स्थानियवासीहरु आजित भएका छन् ।
भ्रष्टाचार गर्नमा सुक्ष्म अनुभव बटुलेका अधिकृत श्रीवास्तवले कार्यालयको कार्यभार सम्हाले देखि नै पोखरिया नगरपालिकालाई हरेक हिसाबले बदनाम गर्दै गराउदै आफ्नो दुनो सोझ्याउनमा माहिर रहेको उनका निकटवर्तीहरु बताउदंछन् ।
भौतिक पूर्वधार निर्माणको कार्यमा २० प्रतिशत र सामाजिक विकास तथा लक्षित वर्गको कार्यमा ३० प्रतिशत आन्तरिक कमिशन लिदै आएका अधिकृत श्रीवास्तवले अषाढ मसान्त नजिकन लाग्दा उनी आफ्ना दर रेटमा बढोत्तरी गरी २० प्रतिशतको ठाउँमा ३० प्रतिशत र ३० प्रतिशतको ठाउँमा ५० प्रतिशत लिने गरेको भुक्तभोगीहरु बताउंदछन् । हाल पोखरिया नगरपालिकाको विभिन्न वडामा तालिम नै सञ्चालन भईराखेको अवस्था छ भने मंगलबार कार्यालयमा नै स्वास्थ्य सम्बन्धि कार्यक्रम गरिएको थियो । बालुवामा पानी पटाए सरह भ्रष्ट अधिकृत श्रीवास्तवले कमिशनकै कारण तालिमलाई नै प्राथमिक्ता दिई राखेको स्थानियको आरोप रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

8 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

28 दिन पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

3 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले