मधेश सरकारका प्रेस सल्लाहकार सिताराम अग्रहरीले राजीनामा बुझाईयो
कमल साह
जनकपुरधाम, जेठ २० गते । जनता समाजवादी पार्टी नेतृत्वमा रहेको मधेस प्रदेश सरकारका प्रेस सल्लाहकार सीताराम अग्रहरीले विहिवार राजीनामा बुझाएका छन् ।
उहांले भन्नुभयो, ‘करिब १४ महिनापछि राजीनामा दिएर जनकपुर छाड्दैछु । आफैसँग खुसी छैन, दुःख लाग्दछ सोचेको केही हुन सकेन । मेरो क्षमताको एक अंश पनि उपयोग हुन सकेन ।’
गोरखापत्रका पूर्वप्रधान सम्पादक समेत रहिसक्नु भएका अग्रहरीले आफू यहाँ रहँदा सरकारले कुनै पनि सल्लाह नलिएको र आफूले दिँदा पनि त्यसको कुनै कार्यान्वयन नभएको उहाँले बताउनु भयो ।
उहाँले आफू सुरुमै त्यहाँबाट निस्कन चाहेको भए पनि जसपाका अध्यक्ष उपेन्द्र यादवले नछाड्न भनेका कारण बसेको जानकारी गराउनु भयो । तर, अहिले सरकारको रवैयाका कारण राजीनामा दिएर हिँडेको उहाँले बताउनु भयो ।
उहांले मधेस सरकारको नेतृत्व लगायत कोही पनि इमानदार नरहेको बताउँदै त्यहाँका सरकारी कर्मचारी पनि त्यस्तै रहेको टिप्पणी गरे ।
मधेसी जनताले गरेको अपेक्षाअनुसार सरकार र सरकारका मन्त्रीहरूले काम नगरेको बताउँदै अग्रहरीले त्यो दोषको भागिदार आफू बन्न नचाहेर राजीनामा दिएको बताउनु भयो । उहाँले भन्नुभयोे, ‘मैले सबैलाई नजिकबाट हेरेँ, त्यहाँ समर्पण र त्यागको कमी छ, बडो दुःख लाग्दो स्थिति छ ।’
उहाँले म क्षमा पनि चाहन्छु धेरै अपेक्षा राख्ने तमाम शुभचिंतकहरु शुभेच्छुहरुसंग।
उहाँले भन्नुभयो,‘जनकपुरलाई धेरै धेरै मिस गर्नेछु तथापि जनकपुर झनै मेरो मुटुको नजिक धडकन बनेर बस्ने छ ।’
मिथिला मेरो रगतमा रहेको बताउँदै उहाँले जनकपुरधामबाट मात्र २५ किलोमिटरमा मेरी माताको जन्मथलो थप्नुभयो ।
उहाँले जनकपुरधाम राजर्षि जनकको भूमि, याज्ञवल्क्य, अष्टाबक्र,सतानन्दको भूमि सबभन्दा माथि जनकपुर किशोरी जी को पावन भूमि हो बताउनु भयो । सीता महारानी ले नैै बोलाएर यस पुण्यभूमिमा शरण पाएको हुं बताउँदै उहाँले एकदम नजिकबाट बुझ्न पाएं जनकपुरलाई यसपालि थप्नुभयो।
उहाँले कमी कमजोरी र राजनीतिक कुरा नगरौं अहिले बताउँदै असल कमअसल मानिस मा त जहांपनि हुन्छन् थप्दै अगाडी भन्नुभयो, ‘ तडक भडकबाट टाढा एक बेग्लै प्रकारको सादगी, सरलता र निस्पृहता छ यहां रहेको पाएं। मेरो लागि जनकपुरधाम परम पवित्र जनक नगर हो ।’
उहाँले अगाडी भन्नुभयो,‘यस नगर संग जन्मौंको नाता भएझैं मलाई लाग्द छ । छोड्दा एक परिवारबाट छुटिरहेझैं लाग्छ । अधभुत पाइला पाइलामा यहां आत्मीयता–बोध हुनेछ । म नियुक्त हुंदा एअरपोर्टमै पुगेर अभूतपूर्व सदाशयता र आत्मीयता पस्कने अनुज श्यामसुंदर यादब सदैव मेरो मानस पटलमा रहिरहने छन् ।’
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
26 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
29 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
1 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
3 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
3 महीना पहिले
संवाददाता
