+977 9854027065 | akulpdsah@gmail.com

मधेश सरकारका प्रेस सल्लाहकार सिताराम अग्रहरीले राजीनामा बुझाईयो

1 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

971 Views

कमल साह
जनकपुरधाम, जेठ २० गते । जनता समाजवादी पार्टी नेतृत्वमा रहेको मधेस प्रदेश सरकारका प्रेस सल्लाहकार सीताराम अग्रहरीले विहिवार राजीनामा बुझाएका छन् ।
उहांले भन्नुभयो, ‘करिब १४ महिनापछि राजीनामा दिएर जनकपुर छाड्दैछु । आफैसँग खुसी छैन, दुःख लाग्दछ सोचेको केही हुन सकेन । मेरो क्षमताको एक अंश पनि उपयोग हुन सकेन ।’
गोरखापत्रका पूर्वप्रधान सम्पादक समेत रहिसक्नु भएका अग्रहरीले आफू यहाँ रहँदा सरकारले कुनै पनि सल्लाह नलिएको र आफूले दिँदा पनि त्यसको कुनै कार्यान्वयन नभएको उहाँले बताउनु भयो ।
उहाँले आफू सुरुमै त्यहाँबाट निस्कन चाहेको भए पनि जसपाका अध्यक्ष उपेन्द्र यादवले नछाड्न भनेका कारण बसेको जानकारी गराउनु भयो । तर, अहिले सरकारको रवैयाका कारण राजीनामा दिएर हिँडेको उहाँले बताउनु भयो ।
उहांले मधेस सरकारको नेतृत्व लगायत कोही पनि इमानदार नरहेको बताउँदै त्यहाँका सरकारी कर्मचारी पनि त्यस्तै रहेको टिप्पणी गरे ।
मधेसी जनताले गरेको अपेक्षाअनुसार सरकार र सरकारका मन्त्रीहरूले काम नगरेको बताउँदै अग्रहरीले त्यो दोषको भागिदार आफू बन्न नचाहेर राजीनामा दिएको बताउनु भयो । उहाँले भन्नुभयोे, ‘मैले सबैलाई नजिकबाट हेरेँ, त्यहाँ समर्पण र त्यागको कमी छ, बडो दुःख लाग्दो स्थिति छ ।’
उहाँले म क्षमा पनि चाहन्छु धेरै अपेक्षा राख्ने तमाम शुभचिंतकहरु शुभेच्छुहरुसंग।
उहाँले भन्नुभयो,‘जनकपुरलाई धेरै धेरै मिस गर्नेछु तथापि जनकपुर झनै मेरो मुटुको नजिक धडकन बनेर बस्ने छ ।’
मिथिला मेरो रगतमा रहेको बताउँदै उहाँले जनकपुरधामबाट मात्र २५ किलोमिटरमा मेरी माताको जन्मथलो थप्नुभयो ।
उहाँले जनकपुरधाम राजर्षि जनकको भूमि, याज्ञवल्क्य, अष्टाबक्र,सतानन्दको भूमि सबभन्दा माथि जनकपुर किशोरी जी को पावन भूमि हो बताउनु भयो । सीता महारानी ले नैै बोलाएर यस पुण्यभूमिमा शरण पाएको हुं बताउँदै उहाँले एकदम नजिकबाट बुझ्न पाएं जनकपुरलाई यसपालि थप्नुभयो।
उहाँले कमी कमजोरी र राजनीतिक कुरा नगरौं अहिले बताउँदै असल कमअसल मानिस मा त जहांपनि हुन्छन् थप्दै अगाडी भन्नुभयो, ‘ तडक भडकबाट टाढा एक बेग्लै प्रकारको सादगी, सरलता र निस्पृहता छ यहां रहेको पाएं। मेरो लागि जनकपुरधाम परम पवित्र जनक नगर हो ।’
उहाँले अगाडी भन्नुभयो,‘यस नगर संग जन्मौंको नाता भएझैं मलाई लाग्द छ । छोड्दा एक परिवारबाट छुटिरहेझैं लाग्छ । अधभुत पाइला पाइलामा यहां आत्मीयता–बोध हुनेछ । म नियुक्त हुंदा एअरपोर्टमै पुगेर अभूतपूर्व सदाशयता र आत्मीयता पस्कने अनुज श्यामसुंदर यादब सदैव मेरो मानस पटलमा रहिरहने छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..

कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..

7 दिन पहिले

जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..

मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..

7 दिन पहिले

नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..

मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..

8 दिन पहिले

होटल व्यवसायीहरुको व्यवसायिक क्षमता अभिवृद्धि गर्ने प्..

नारायण घिमिरेमहोत्तरी, असार ८ गते । मधेस प्रदेशका होटल सञ्चालकहरुको व्यवसायिक क्षमता अभिवृद्धि तथा होटेलको स्त..

9 दिन पहिले

संघीय निजामती सेवा विधेयकमा मधेशी समुदायको समावेशीताको..

प्रेमचन्द्र झा, काठमाडौं, असार ०३ गते । संघीय निजामती सेवा विधेयक, २०८२ मा मधेशी समुदायको निष्पक्ष, समावेशी र न्या..

14 दिन पहिले