+977 9854027065 | akulpdsah@gmail.com

‘राजनीतिबाट मात्र दलितको मुक्ति सम्भव’

2 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

564 Views

मिथिला जागरण समाचारदाता
जनकपुरधाम, असोज २० गते ।  । तत्मा कर्मचारी समाज धनुषाले विजयादशमी, शुभ दीपावली र छठ पर्वको उपलक्ष्यमा विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
समाजका अध्यक्ष रामबाबु दासको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य रामलखन दासले जबसम्म दलित समुदायहरु संगठित भई अगाडि आउँदैन तबसम्म दलित समुदायको अधिकार सुनिश्चित नहुने बताउनुभयो  ।
उहाँले भन्नुभयो, ‘सरकारको सबै निकायमा तथा पहुँच बढाउनका लागि तथा अधिकार छिन्नका लागि शिक्षित हुनु आवश्यक छ । शिक्षाबाट नै समृद्धि हुन्छ । शिक्षित भएर अधिकार माँगेमा कसैले अधिकारबाट वन्चित गरी राख्न सक्दैन । मधेश प्रदेशमा १८ प्रतिशत करीब दलित समुदाय हुन, तर राज्यको निकायमा भनौ वा राज्यको प्रतिनिधित्व गर्न सकिदैन ।’


उहाँले चुनावको बेला हामीले एकजुट भएर आफ्नो समुदायका उम्मेदवारलाई जिताउनको लागि काम गर्नुपर्छ । निर्वाचनको बेला जुन पार्टी भएपनि दलितलाई जिताउनु पर्छ र त्यसका लागि दलित समुदायमा शिक्षा लगायतको जनचेतना फैलाउनु पर्ने बताउनुभयो ।
“सरकारले जबसम्म दोहोरो शिक्षा प्रणाली लागू गर्दैन, तबसम्म दलित समुदायको शिक्षामा कल्याणको कुरा असंभव हुनेछ” उहाँले भन्नुभयो ‘ दलित अधिकारका लागि एकता र संघर्षको महत््वलाई जोड दिनुपर्छ ।’
त्यसैगरी कार्यक्रमका विशिष्टि अतिथि विदेह नगरपालिकाका मेयर बेचन दासले दलित समुदायलाई राजनीतिमा आउन सबैमा आग्रह गर्नुभयो । उहाँले दलित समुदायको मुक्ति राजनीतिबाट मात्र सम्भव छ । उहाँले भने, ‘आफू निकै गरीब परिवार राजनीतिमा आएको भन्दै उहाँले आज राजनीतिमा नआएको भए विदेह नगरपालिकाले दलितमाथि गर्व गरिने थिएन ।’


कार्यक्रममा मधेश प्रदेश पूर्व साँसद चमेली देवी दासले संविधान संशोधनको नाउँमा दलितको अधिकार कटौती गर्ने प्रयास भई रहेकोप्रति दलित समुदाय सचेत हुनुपर्नेमा जोड दिएका छन् । उहाँले भन्नुभयो, ‘संविधान संशोधनको नाउँमा समानुपातिक व्यवस्था हटाउने प्रयास भइ रहेको छ । त्यो सिस्टमको हामी विरोधी होइन, तर सो ठाउँमा दलित आरक्षण सिट दिनुपर्नेमा जोड दिएका छन् ।कार्यक्रममा मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलास दास, समाजका संस्थापक अध्यक्ष महावीर दास, तत्मा समाजका केन्द्रिय अध्यक्ष रामाशिष दास, पञ्चलाल दास सहितका व्यक्तिहरुले आफ्ना धारणा राखेका छन् । कार्यक्रमको सञ्चाल विनोद दासले गर्नु भएको थियो भने स्वागत मन्तव्य उपेन्द्र दासले गनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

9 घन्टा पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

1 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

2 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

2 महीना पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

2 महीना पहिले