प्रकृति तथा संस्कृति संरक्षणमा स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन सक्रिय
मिथिला जागरण समाचारदाता
जनकपुरधाम, असोज २२ गते । प्रकृति तथा संस्कृति संरक्षणका लागि स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन नेपाल मधेश प्रदेश कार्य समितिले आज जनकपुरधाम स्थित रहेको एतिहासिक गंगा सागरलाई आज सरसफाई गरेका छन् ।
समितिले आयोजना गरेको उक्त कार्यक्रममा सेभ द हिस्टोरिकल जनकपुरधाम एवं गंगा सागर सरसफाई अभियानी राम अशिष यादवले मानव जिवनमा सरसफाईको प्रमुख भुमिका रहेको र यसको महत्व बुझेर संगठनले गरेको सरसफाई कार्यको प्रसंसा गर्नु भयो । उहाँले संगठनलाई प्रत्येक साता नभए महिनाको एक पटक सरसफाई जस्ता समाजिक कार्य गर्न संगठनका पदाधिकारीहरुलाई सुझाब दिनु भयो ।

संगठनका केन्द्रिय सचिब तथा मधेश प्रदेश समितिका महासचिब सुरेश कुमार रोहिताले आफुहरुको कर्मचारी संगठन कुनै पनि राजनितिक दल संग आबद्ध नरहेको र यस्ता समाजिक कार्यमा निरंतर लाग्ने प्रतिबद्धता ब्यक्त गनुभयो ।
सरसफाईमा सक्रिर रहेका आधा दर्जन कर्मचारीहरुलाई मनोबल बढाउँदै मधेश प्रदेश संगठनका अध्यक्ष तुला कृष्ण गोईतले दोसल्ला ओढाएर सम्मान गनुभएको थियो ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
17 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
21 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
1 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
2 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
3 महीना पहिले
संवाददाता
