+977 9854027065 | akulpdsah@gmail.com

नेसपाको महाधिवेशन जनपुरधाममा मंसिर १ गते गर्ने – अध्यक्ष महतो

1 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

474 Views

मिथिला जागरण समाचारदाता
जनकपुरधाम, असोज ३० गते । नेपाल सद्भावना पार्टीको अध्यक्ष राम कुमार महतोले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी आउँदो मंसिर १,२ र ३ गते मधेस प्रदेशको राजधानी जनकपुरधामको महेन्द्र नारायण निधि, मिथिला संस्कृति केन्द्रको सभा हाँलमा सातौं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय भएको बताएका छन ।
जनकपुरधाममा हुने राष्ट्रिय महाधिवेशनमा सहभागि हुन सबै असन्तुष्ट नेताहरुलाई आग्रह गर्नु भयो । साथै सबै जनालाई निर्वाचनको प्रक्रियाबाट यथोचित स्थान पाएर काम गर्न तथा पार्टीलाई सबल बनाउनको लागि राष्ट्रिय महाधिवेशनलाई सफल पार्न आहवान गरेका छन ।
अध्यक्ष महतोले ०८१ साल आषाढ १४ गते विरगञ्जको निर्णय अनुसार नेसपाको राष्ट्रिय महाधिवेशन पूर्व शिक्षा मन्त्री रामचन्द्र कुशवाहाको संयोजकत्वमा ५९ सदस्यहरु सहितको महाधिवेशन आयोजक समिति गठन भई मंसिर १,२ र ३ गते विरगञ्जमा नै गर्ने महाधिवेशन गर्ने निर्णय गरेका थिए। त्यसपछि २०८१ साल असोज २२ गते जनकपुरधाममा बसेको कार्यकारिणी समितिको बैठकबाट राष्ट्रिय महाधिवेशनको स्थान विरगञ्ज लाई अहिले परिवर्तन गरी मधेस प्रदेशको राजधानी जनकपुरधामको महेन्द्र नारायण निधि,मिथिला संस्कृति केन्द्रको सभा हाँलमा सातौं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय भएको पत्रकार सम्मेलनमा बताएका छन। साथै सोहि बैठकबाट नेसपाको विधानमा महाधिवेशन प्रतिनिधि सम्बन्धी कुनै व्यवस्था नभएको कारण तथा प्रतिनिधिहरुको सामान्य काम ,कर्तव्य तथा अधिकार रहेकोले पूर्व शिक्षामन्त्री कुशवाहा,पूर्व राज्य मन्त्री गोविन्द चौधरी, वरिष्ठ नेता सरिता गिरी सहितको ५९ सदस्ययी महाधिवेशन आयोजक समिति समेत विघटन गर्नुका साथै गरिएका अन्य निर्णयहरु समेत सर्वसहमतिले बदर गरिएको बताउनुभयो ।
सोहि बैठकबाट नयाँ कार्यकारिणी समिति र कार्यसमिति निर्वाचित गर्नको लागि निर्वाचन अधिकृतको रुपमा अधिवक्ता रामचन्द्र महतो,सचिवको रुपमा ईन्दु सिंह र प्रवक्ताको रुपमा सुमन राई सहितको ३ सदस्ययी निर्वाचन समिति गठन गरीएको बताउनुभयो । यस निर्वाचन समितिबाट निर्वाचित सदस्यहरु नै अधिकारिक हुने तथा पुरानो २१ जनाको कार्यकारिणी समिति मध्ये ६ जनाले मात्र राजिनामा दिएको र बाँकी १५ जना अधिकारिक कार्यकारिणी सदस्यहरु जुन निर्वाचन आयोगमा समेत रहेको छ, हामीहरुको पक्षमा रहेकोले हामीहरु बहुमतले नभई सर्वसहमतिले अधिकारिक व्यक्ति रहेको अध्यक्ष महतोले दाबि गरेका बताउनु भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

धनकौलका उखु किसान धर्नामा

सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..

23 दिन पहिले

सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न

सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..

1 महीना पहिले

रमौलवाली रीना यादवको योगदानले मैथिली संस्कृतिमा नयाँ ऊ..

भागचरण यादब, जनकपुरधाम, जनकपुरधाम, कार्तिक १५ गते । रमौलवाली रीना यादव, जो बीस वर्षदेखि मैथिली कला र संस्कृतिसँग ..

1 महीना पहिले

जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..

कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..

5 महीना पहिले

नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न

सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..

5 महीना पहिले