मैथिली विकास कोषको निर्माणाधीन भवनका अवलोकन गर्दै ः मुख्यमन्त्री सतिशकुमार सिँह
मिथिला जागरण समाचारदाता
जनकपुरधाम, कार्तिक १ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले मैथिली विकास कोषको जनकपुरधाम उपमहानगरपालिका–८ स्थित निर्माणाधीन भवनको बिहीबार भ्रमण अवलोकन गरेका छन् ।
मुख्यमन्त्री सिँहलाई कोषका अध्यक्ष जीवनाथ चौधरी, नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री रामसरोज यादव, नेपाली काँग्रेस धनुषाका उपसभापति गणेश झा, प्रमोद चौधरी, श्याम शशिलगायतले स्वागत गरे ।
प्रदेश सरकारको सात करोड रूपैयाँको लगानीमा पाँच कट्ठा क्षेत्रफलभित्र निर्माण भइरहेको कोषको भवनमा साँस्कृतिक सङ्ग्रहालय, पुस्तकालय, मिथिला लोकचित्रकला प्रशिक्षण केन्द्र, कला प्रदर्शनी कक्ष, श्रव्यदृश्य कार्यसम्पादन कक्ष, सेमिनार हल लगायत रहनेछन् ।
तत्कालीन जिल्ला विकास समिति धनुषाले गत २०५८ सालमा स्थापना गरेको कोषले दुई वर्षको अन्तरालमा जनकपुर साहित्य महोत्सव तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवको आयोजना गर्दैआएको छ ।
कोषले गत तीन वर्षयता मासिक कथा एवम् कवि गोष्ठी आयोजना गरिरहेको छ ।
मैथिली भाषा एवम् साहित्यसँग सम्बन्धित एक दर्जनभन्दा बढी पुस्तक प्रकाशन गरिसकेको कोषले ५१–५१ हजार राशिको पुरस्कारसमेत स्थापना गरेको छ ।
कमेन्ट गर्नुहोस्
एड्स रोगको होमियो पैथिक औषधी क्यान्सर रोगीका लागि वरदान ..
कमल साह, जनकपुरधामसप्तरी, मंसिर १६ गते । सप्तरी जिल्लाका छिनमस्ता गाउँपालिकाको एक सामुदायिक विद्यालयमा कार्यरत ..
18 घन्टा पहिले
परियोजनाको लाभ लक्षित वर्गमा पुग्ने काम सुनिश्चित हुनु..
कमल साहजनकपुरधाम, मंसिर १६ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले आदिवासी जनजाति र स्थानीय समुदायका ..
19 घन्टा पहिले
मुख्यमन्त्री सिंहको कार्यशैली प्रति गठबन्धनमै असन्तुष..
कमल साहजनकपुरधाम, कार्तिक ३० गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको कार्यशैलीबाट सत्तारुढ गठबन्धन ..
16 दिन पहिले
बाह्रौ वनदेवी माई अध्यक्ष गोल्ड कप सम्पन्न ः जनसेबी युवा..
शर्मिला घिमिरे, महोत्तरी, बर्दिबास, कार्तिक २५ गते । वनदेवी माई युवा क्लब बटेश्वर , सीतापुरले आयोजना गरेको बाह्रौ ..
22 दिन पहिले
लोहरपट्टीका अवकाश प्राप्त कर्मचारीहरु सम्मानित
कैलास दास, जनकपुरधामजनकपुरधाम, कार्तिक १९ गते । महोत्तरीको लोहरपट्टी नगरपालिकाका अवकाश प्राप्त कर्मचारीहरुलाई ..
27 दिन पहिले