+977 9854027065 | akulpdsah@gmail.com

मुख्यमन्त्री सिंहको कार्यशैली प्रति गठबन्धनमै असन्तुष्टि

2 महीना पहिले प्रकाशित

Akul Prasad Sah

207 Views

कमल साह
जनकपुरधाम, कार्तिक ३० गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको कार्यशैलीबाट सत्तारुढ गठबन्धन घटक दलहरुको बिचबाट आएको असन्तुष्टिले कहिं सरकार खसाउने खेलको संकेत भईरहेका शंका उब्जन थालेको छ ।
संघीय सत्ता गठबन्धनमा रहेकै कारण मधेश प्रदेश सरकारको नेतृत्व जनमत पार्टीले पाएको हो । सोहि गठबन्धन दलबाट मधेश प्रदेश सरकारको कार्यशैलीमा असन्तुष्टि व्यक्त गर्दै आलोचना गर्न थालेबाट सत्ताको हेरफेर हुनसक्ने शंका हुन्छ ।
सत्ता गठबन्धनको विहिवार सम्पन्न बैठकमा मुख्यमन्त्री सिंह नेतृत्वको सरकारले बजेट खर्च गर्न नसकेको, प्रदेश सरकारको काम सन्तोषजनक नभएको, बयानबाजीमै सीमित रहेको लाञ्छना लगाउदै विभिन्न विषयहरुमाथि छलफल भएको नेकपा एमाले मधेश प्रदेशका संसदीय दलका नेता सरोजकुमार यादवले बताउनु भयो ।
मुख्यमन्त्री सिंह, प्रदेशका मन्त्रीहरु र गठबन्धन दलका नेताहरु बसेर बजेट खर्च हुन नसक्नुको कारण र प्रभावकारी ढंगले कामकाज हुन नसकेको भन्दै सिंह तिव्र आलोचना गरिएको उहाँले बताउनु भयो ।
भनिन्छ, मुख्यमन्त्री सिंहको जनमत पार्टीले समेत उनको आलोचना गरेका छन् ।
जनमत पार्टी मधेश प्रदेश संसदीय दलका नेता महेश प्रसाद यादवले प्रदेश सरकार सुस्त भएको, बजेट खर्च गर्न नसकेको, काम प्रभावकारी नभएको, जनतामा निराश छाएको, जनगुनासो बढ्दै गएको लगायतका आरोप लगाउँदै आलोचना गर्नुभयो ।
पूर्वमन्त्री समेत रहेका नेता यादवले भन्नुभयो, ‘प्रदेश सरकारले काम गर्न नसकेकाले जनतामा सरकार प्रति निकै निराशा छाएको छ, निकै गुनासाहरु छन्, विगतको सरकार भन्दा पनि खतम छन् भन्ने जस्ता टिप्पणी र नेतृत्वकर्ता दलको हैसियतले बदनामी हुन थालेको छ ।’
उहाँले जनमत संसदीय दलको आह्वानमै गठबन्धनको बैठक बसेर गम्भीर छलफल गरिएको बताउनु भयो ।
लोसपा मधेश प्रदेशका संसदीय दलका उपनेता उपेन्द्र महतोले सरकारको गतिविधि विषयमा गम्भीर समीक्षा गर्नु अति आवश्यक भएकोले हामीले दबाब दिएको जानकारी गराउनु भयो ।
चाडवाड सकिए लगत्तै मधेश सरकारको बारेमा सत्तासिन दलहरु एकठाउँमा बसेर आवश्यक विषयवस्तु माथि छलफल गरिएका घटक दलका नेताहरु बताउँछन् ।
प्रदेश सरकारलाई प्रभावकारी र सफल बनाउनका लागि सत्ता गठबन्धन दलको नियमित बैठक बस्नुपर्ने, कामलाई प्रभावकारी ढंगले अगाडि बढाउनु पर्ने जस्ता विषयवस्तुहरु माथि बैठकमा छलफल भएको बताइएको छ ।
सो बैठकमा मुख्यमन्त्री सिंहको आलोचना भए पछि नै अर्थ मन्त्रालयले बजेट रोक्का खुलाएको छ । सो बैठकमा मुख्यमन्त्री सतिश कुमार सिंहको उपस्थिति थिएन । उनी जनकपुरधाम बाहिरभएकोले बैठकमा सहभागिता नरहेको स्रोतले जनाएको छ ।
सत्ता गठबन्धनको बैठकमा नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णकुमार प्रसाद यादव, एमाले संसदीय दलका नेता सरोजकुमार यादव, जनमत पार्टीका प्रदेश सांसद सञ्जय यादव लगायतका सत्तागठबन्धन दलका नेताहरुको उपस्थिति रहेको नेका प्रचार प्रसार विभाग प्रमुख नितेशकुमार गुप्ताले जानकारी गराउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

एभरेष्ट रिलिफ (यु एस ए नेपाल) फाउण्डेसनले राहत बितरण

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस ६ गते । सर्लाहीको हरिवनमा राहत सहयोग प्रदान गरिएको छ । एभरेष्ट रिलिफ (यु एस ए नेपा..

6 घन्टा पहिले

वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका तत्कालीन निर्देशक..

मिथिला जागरण समाचारदाताजनकपुरधाम, माघ १ गते । वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन निर्देशक ठाकुर पक..

5 दिन पहिले

मधेश प्रदेश सरकारले एक हजार छियासी शहीद परिवारको बिमा गर..

कमल साह जनकपुरधाम,पुस २५ गते । मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्रालयले मधेश प्रदेशमा विभिन्न आन्दोलनको क..

10 दिन पहिले

हिमाली इंग्लिस बोर्डिङ स्कूलद्वारा ३२ औं स्थापना दिवसम..

कमल साहजनकपुरधाम,पुस २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाममा संचालित हिमाली इंग्लिस बोर्डिङ स्कूलले दुईदिने..

13 दिन पहिले

मंसिर २८ गते सम्पन्न निर्वाचनमा पुर्ण रूपमा धाधली भएको भ..

रश्मि पटेल, रौतहटरौतहट, पुस २१ गते । उच्च अदालत जनकपुरधाम, अस्थाई बिरगंज अदालतले केन्द्र, प्रदेश र जिल्ला शाखाको न..

13 दिन पहिले